बिचौलियाहरुले बजार नियन्त्रण गरेका छन्

–रुपलाल बुढा-
प्यूठानको नौ बहिनी गाउ“पालिका स्याउलीवाङमा जन्मनु भएका रुपलाल बुढाले नेपाल प्रहरी सेवाको जागिरबाट निवृत्त भएपछि घोराही उपमहानगरपालिका ३ मा एउटा कृषि फर्म संचालन गर्नु भएको छ ः प्रस्तुत छ उहा“स“ग भएका कुराकानीका अंशहरुः
० देशका किसानहरुको अवस्था कस्तो छ ?
–नेपालको परम्परागत कृषि व्यवस्था क्रमशः समाप्त हुँदै गएको छ । निर्वाहमुखी कृषिमा दुःख धेरै छ । फाइदा अत्यन्त कम छ । यस्तो प्रकारको कृषिले घर व्यवहार चल्दैन । नेपालका ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । तिनीहरुको अवस्था अत्यन्त दयनीय छ । कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न आवश्यक छ । यो देशमा सबभन्दा दुःखी किसानहरु नै छन् ।
० कृषि व्यावसायिकरण हुन थालेको पनि देखिन्छ होइन र ?
–सामान्य जागिरबाट रिटायर्ड भएका र विदेशमा हन्डर ठक्कर खाएर फर्केका तथा कतिपय जागरुक युवाहरुले व्यवशायिक कृषिमा हात हालेका छन् । तिनीहरुमा आप्mनै देशमा केही गरौं भन्ने भावना जागृत अवस्थामा छ । तर व्यवशायिक खेतीको उत्पादन र वितरण तथा मूल्य निर्धारण ठूलो व्यवस्था छ ।
० यी समस्याहरुलाई थप प्रकाश पार्नुस् न त ?
–समयमा मल बीउ पाइँदैन । राज्य किसानका समस्याका विषयमा कति पनि गम्भीर छैन । साना व्यावशायिक किसानका समस्या थप जटिल छन् । धेरै स्थानहरुमा सिंचाईकै राम्रो प्रबन्ध छैन । किसानले उत्पादन गरेको पैदावारको बजार व्यवस्था छैन । उत्पादित पैदावार विक्री गर्ने अवस्थामा भारतको उत्पादनले नेपालको बजार कब्जा गर्दछ । हामीले भारतको विशाल पैमानामा उत्पादित कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसपछि हाम्रो तरकारी फलफूल त्यतिकै खेर जान्छ । भर्खरै चितवनमा किसानहरुले ट्रकका ट्रक तरकारी सडकमा फालेको हजुरलाई थाहै छ ।
० नेपालको खाद्य तथा कृषि व्यवस्था कसको हातमा छ ?
–नेपालको कृषि उत्पादनको क्रय विक्रयको प्रणाली दलाल तथा विचौलियाहरुको हातमा छ । बजारलाई तिनीहरुले नै कब्जा गरेका छन् । दलालहरुलाई नाफा भए पुग्दोरहेछ । तिनीहरुमा राष्ट्रिय उत्पादनमा कुनै गर्न छैन । राष्ट्रलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउन पर्दछ भन्ने कुनै राष्ट्रिय चिन्तन नै छैन । नाफा हसुर्न पाए भयो । आफ्नो देशको उत्पादन हुँदा हुँदै नाफा कमाउनका निम्ति तिनीहरुले भारतबाट आयात गर्दछन् । हाम्रो उत्पादन थला पर्दछ । कृषि पेशामा असफल भएपछि नेपाली युवाहरु आफ्नो गन्तव्य खाडी तथा अन्य देश बनाउन विवश छन् ।
० राज्यको भूमिका कस्तो छ ?
–यो व्यवस्थाको सरकार नै दलाल तथा नोकरशाही पुँजीपतिको सरकार हो । किसानको हितमा छैन । किसानले केही सुविधा पाउँदैनन् । सरकारबाट साना किसानले केही अनुदान पाउँदैनन् । मैले त अहिलेसम्म केही पाएको छैन । ऋण मै चलेको छु । कहिलेकाही के काम गर्न लागेछु भन्ने लाग्दछ भन्ने लाग्दछ । सरकारलाई त दलालहरु भए भैहाल्छ । समग्रमा यो व्यवस्था र सरकार किसानप्रिय देखिन्न । सरकारी सहयोग शहर वा अनुदान वास्तविक किसानले पाउँदैन ।
० पशुपंक्षीपालनतिर अलि राम्रो छ कि ?
–अवस्था त्यस्तै हो । केही वर्ष अगाडि चितवनमा किसानहरुले सडकमा दूध पोखेको यहाँलाई थाहै छ । नेपाल मासु र दूधमा आत्मनिर्भर हुन खोजेको थियो । बर्ड फ्लु आदिको हल्ला गरेर उत्पादन तहसनहस पारिन्छ । भारतबाट अण्डा, कुखुरा आउन थालेपछि सबै सकिन्छ । दूधमा पनि त्यस्तै षडयन्त्रहरु भइरहन्छन् । लिजमा जग्गा लिएर १–२ विघामा खेती गर्ने किसानको हालत झन खराब छ । हरेक कुरामा राजनीतिक पहुँच चाहिन्छ । हाम्रो केही छैन ।
समग्रमा किसानको अवस्था निकै दयनीय छ । त्यसमा सबभन्दा पीडित त सोझा र राजनीतिक पहुँच नभएका किसानहरु छन् । नेपालको कृषि नीति राम्रो देखिन्छ । त्यो हेर्दा मात्र हो तर व्यवहारमा त्यो कृषि नीति किसानको हितमा छैन ।
० थप केही छ कि ?
–हाँक साप्ताहिक मेरो युवाकालबाट कै प्रिय पत्रिका हो म पाठक पनि हुँ । दुई शब्द राख्ने मौका दिनुभयो । म आभारी छु ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित