९ नं व्यूरोले मनायो ‘जातीय भेदभाव उन्मूलन दिवस’

 

काठमाडौं । क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ९ नं ब्यूरोले ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी ६० औं जातीय भेदभाव उन्मूलन दिवस भव्य रुपमा मनाएको छ । एकीकृत दलित मुक्ति मोर्चाको ब्यूरो संयोजक रोशन विसँखेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा पार्टीका ब्यूरो इन्चार्ज दिनेश शर्माले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा ब्यूरो सचिव चिन्तामणी पौडेलको समेत आतिथ्यता रहेको थियो ।

वेदराज दियालीले संचालन गरेको उक्त कार्यक्रममा वक्ताहरूले जातीय भेदभाव उन्मूलनको महासन्धिको ६० बर्षमा पनि समस्या ज्यूँका त्युँ रहेकोले चर्चा गर्दै जातीय भेदभावको समस्या सम्पूर्ण रूपमा उन्मूलन गर्न पुनः संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

कार्यक्रममा पार्टीका केस कगेन्द्र, केस तथा ललितपुर इन्चार्ज श्याम केसी, ललितपुर सेक्रेटरी जगदिश्वा महर्जन, काठमाडौं सेक्रेटरी केदार खतिवडा, नमराज ढकाल लगायत नेताहरूको उपस्थिति रहेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित