डढेलोबाट बच्न सतर्कता आवश्यक

अब गर्मीको मौसम शुरु भएको छ । गर्मीको मौसम भनेको डढेलो र आगलागी हुने समय हो । अहिलेको मौसम सुख्खा यामको समय हो । सुख्खा याममा वातावरण तातेको र सुख्खा रहेको हुन्छ । यो मौसममा सानो झिल्को आगोले पनि तत्कालै आगो सल्किने सम्भावना रहेको हुन्छ । अहिले मौसम सुख्खा हुनुका साथै हावाहुरीको पनि मौसम हो ।यो बेला हावाले उडाएर आगोलाई एक स्थानबाट अर्को स्थानमा तत्कालै पु¥याउन सक्दछ र आगलागी हुन सक्दछ । आगो सल्की सकेपछि सबै सखाप पार्ने गर्दछ । आगो र पानीसँग कसैको केही लाग्दैन । मानवजीवनमा आगो नभैपनि हुँदैन । तर सल्किन पाए केही पनि छोड्दैन । जंगलमा डढेलो लागेपछि रुख पात पतिङगर जल्नु , विरुवाहरु नष्ट हुनु ,जीवजनावरहरु नस्ट हुनु सामान्य नै हुन्छ । कहिलेकाही जंगलमा लागेको डढेलो गाउँतिर पनि सल्किने गर्दछ ।अहिले पनि देशका कैयौं भूभागमा डढेलो लागेको, आगलागी भैरहेको समाचारहरु आईरहेका छन् । वातावरणमा ठूलो प्रभाव परिरहेको छ ,यसले वायू प्रदूषण बढेको छ । वायू प्रदूषणले मानव स्वास्थ्यमा नकरात्मक असर परिरहेको छ ।

मान्छे कै गतिवधिको र बेहोसीको कारण आगलागी तथा डढेलो जस्ता घटनाहरु हुने गर्दछन् । मान्छेको सानो कमजोरीको कारणले पनि आगलागी हुने गर्दछ । आगलागी र डढेलो प्रकृतिमा आउने ज्वालामुखी विस्फोट जस्ता कारणहरुले पनि हुने गर्दछ ।तर नेपालमा त्यो भएको भन्ने अहिले सम्म रहेको छैन ।डढेलोको कारण विगतमा पनि धेरै जंगल डढेर सखाप भएको थियो। आगलागीको कारण धेरै धन जनको क्षति भएको थियो । जंगलमा आफसेआफ पनि आगलागीहुने सम्भावना हुन्छ । हावाहुरीले गर्दा जंगलका रुखहरु आपसमा ठोक्किएर वा अन्य कारणले घर्षण भएर तथा जङ्गालका ढुङ्गाहरू ठोक्किएर पनि आगलागी हुन्छ ।

यदि शहरमा आगलागी भएको छ भने त्यसले धेरै घरहरुमा क्षति पु¥याउन सक्छ । गाउँहरुमा पनि धेरै घरहरु जोडिएर बनेको रहेछ भने धेरै क्षति पु¥याउने सम्भावना रहेको हुन्छ । आगलागी हुँदा आगो सानो छ भने सामानहरु निकाल्ने वा मानवीय उद्धारको कामलाई निकै सचेतता पूर्वक गर्नु पर्दछ । नत्र मानवीय क्षति धेरै हुन सक्दछ । जो जो अग्नि नियन्त्रणमा लाग्ने हुन उनीहरुलाई राम्रो तालिम पनि दिनु पर्दछ । आगो नियन्त्रण गर्दै गर्दा आफू तिरै आगो सल्किने , अग्नि नियन्त्रणमा संलग्नहरु नै धूवाँले निस्सासिने सम्भावना रहन्छ ।

आगलागी भैसकेपछि जति गर्दा पनि क्षतिलाई रोक्न सक्ने सम्भावना भनेको निकै कम हुन्छ । त्यो भन्दा पनि पहिला घरमा वा मानवनिर्मित संरचनाहरुमा आगलागी हुन नदिनको लागि मान्छेले निकै सचेतता आपनाउनु पर्दछ । मान्छेहरुले बलिरहेको सलाईको काँटी जहाँ पायो त्यही फाल्नु हुँदैन । सलाई लाईटर जस्ता आगलागी हुने वस्तुहरु बच्चाहरुले नभेटाउने स्थानमा राख्नु पर्दछ । आगो बालीसकेपछि राम्रोसंग निभाएर मात्रै छोडनु पर्दछ । आगोलाई सुरक्षित तरिकाले हिँडाउनु पर्दछ र चुरोट बिँडी खाईसकेपछि आगो सल्किरहेको अवस्थामा जहाँ पायो त्यही फाल्ने गर्नु हुँदैन। राम्रो संग निभाएर मात्रै फाल्नु पर्दछ । जंगलमा कही आगो बालेको रहेछ भने त्यसलाई राम्रोसंग निभाएर मात्रै छोडनु पर्दछ । पाखाबारीमा रहेका पात पतिङ्गरलाई जलाउनु परेको छ भने हावा नचलेको बेलामा जलाउनु पर्दछ र त्यसलाई राम्रोसंग निभाउनु पर्दछ ।

सरकारी स्तरबाट पनि आगलागि हुन नदिन जनचेतना जगाउन पर्दछ ।सर्वसाधारणलाई आगलागीका विषयमा राम्रो संग सिकाउनु पर्दछ ।आगलागी भैसकेका त्यसबाट थप जिउधनको क्षति नहोस भन्नेमा सतर्कता अपनाउन , र आगो जताततै फैलिन नदिनलाई प्रभावकारी कदम चाल्नु पर्दछ । त्यसकोलागि अग्नि नियन्त्रणको लागि चाहिने साधनहरु सूचारुरपमा राख्नु पर्दछ । नियन्त्रणमा सहभागी हुनेहरुलाई सतर्क र तालिमप्राप्त स्थितिमा राख्नु पर्दछ । आगलागी भैसकेको अवस्थामा जतिसक्दो चाँडो त्यसलाई नियन्त्रण गर्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित