नेपालको राजनीतिक परिवर्तनको इतिहासमा वामपन्थी आन्दोलनको महत्वपूर्ण स्थान रहेको छ । गणतन्त्रको नारासहित उर्लेको वाम आन्दोलनको प्रवाह र तात्कालीन राजा ज्ञानेन्द्रको अनुदारवादी चरित्रको कारण गिरिजाप्रसाद कोईराला नेतृत्वको नेपाली कांग्रेस गणतन्त्रको नारामा सहमत भएको थियो पटक पटक राजदरबारबाट धोका खाँदा पनि संवैधानिक राजतन्त्रको पक्षमा उभिँदै आएको नेपाली कांग्रेस गणतन्त्रको पक्षमा उभिन पुग्नु नेपाली कांग्रेस पार्टी जीवनको महत्वपूर्ण आईस ब्रेक थियो । नेपाली कांग्रेसलाई आईस ब्रेकको स्थानमा पु¥याउने मूल कारण वाम आन्दोलनको प्रवाह नै हो । त्यसकारण नेपालमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा वाम आन्दोलनको महत्वपूर्ण देन रहेको छ । तर आजको यो दलाल पूँजीवादी लोकतान्त्रिक गणतन्त्र कम्युनिष्टहरुको गणतन्त्र होइन । अब सच्चा कम्युनिष्टहरुको मुख्य दायित्व यो व्यवस्थालाई भत्काएर जनवादी गणतन्त्र स्थापना गर्दै वैज्ञानिक समाजवादी दिशामा अगाडि बढ्नु हो ।
तर पूँजीवादी लोकतान्त्रिक व्यवस्थाको संसदीय सरकारमा गएपछि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह दक्षिणपन्थी संशोधनवादको शिकार मात्र भएन निकै गम्भीर ढङगले मूल्य विघटन र भ्रष्टीकरणको दिशामा गयो । यस्तो परिदृश्यले सच्चा कम्युनिष्ट कार्यकर्तालाई निकै लज्जाको अवस्था सिर्जना भएको छ । त्यसकारण क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन नयाँ ढंगले कामको थालनी गरेर अगाडि बढ्न पर्ने परिस्थिति आएको छ । यो ऐतिहासिक अविभारा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काँधमा आएको छ । आज नेपाल भूमण्डलीय राजनीतिको सरोकारको विन्दुमा परिणत भएको छ । विश्व साम्राज्यवादले नेपाललाई आफ्नो स्वार्थको सामाजिक क्षेत्र बनाउने प्रयास गरिरहेको छ । नेपालको दलाल पूजीवादी सरकार तिनीसँग एक वा अर्को सम्झौता गरेर शासन गरिरहेको छन् । सरकारको हातमा राज्यसत्ता छैन । शासनसत्ता मात्र छ । कम्युनिष्ट आन्दोलनको शिविरमा दक्षिणपन्थी शोधनवादीको बेजोड प्रभाव छ । क्रान्तिकारीहरुलाई देशको राज्यसत्ता सित मात्र होइन भूमण्डलीकृत पुँजीवाद भारतीय विस्तारवाद, दक्षिणपन्थी संशोधनवादका विरुद्धमा नलडिकन जनवादी क्रान्तिको कार्यभार पूर्ण हुँदैन ।
यस्ता यावत समस्याहरुसित जुध्न सही सिद्धान्त सही कार्यदिशा, सही दार्शनिक वैचारिक समझदारीको आवश्यकता पर्दछ । त्यसकालागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई एकता, संघर्ष र रुपान्तरणको द्वन्द्ववादी प्रक्रियाबाट अगाडि बढाउन आवश्यक छ । अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकताको प्रकृया पूरा गरेको छ । एकता महाधिवेशनको तयारीमा जुटेको छ । यस शिलशिलामा अब क्रान्तिकारी कम्युनिष्ट पार्टी छलफल , बहस र अन्तरक्रियामा क्रियाशील छ । पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनलाई अनुसन्धानको महाधिवेशन गराउने निर्णय समेत गरेको छ । एकता महाधिवेशनको पूर्व सन्ध्यासम्म वैचारिक छलफल र बहसको समय हो । र यो संघर्षको समय पनि हो । वैचारिक छलफललाई मैत्रीपूर्ण ढङगले अगाडि बढाएर नयाँ संश्लेषण सहित पार्टीलाई रुपान्तरण गर्नु छ । एकता संघर्ष र रुपान्तरणको विधि नै द्वन्द्वात्मक विधि हो । यही वैज्ञानिक विधिबाट अगाडि बढ्यो भने मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इतिहासले सुम्पेको कार्यभार पूरा गर्ने छ । त्यसकालागि सहमति र जनवादी केन्द्रीयताको विधिमा टेकेर अगाडि बढ्नु पर्ने आवश्यकता पनि छँदैछ ।
एकता महाधिवेशनको दौडानमा हुने छलफल , बहस र अन्तरसङघर्षको चरमा पसेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता र विकास हुँदै गएको भावनात्मक सम्बन्धलाई भाड्नकालागि सम्पूर्ण प्रतिक्रियावादी तथा संशोधनवादीहरु दाउ हेरेर बसिरहेका छन्। किनभने ऐतिहासिक पार्टीएकता र क्रमशः विकास हुँदै गएको आन्तरिक मित्रवत भावनात्मक सम्बन्ध तिनीहरुलाई पाच्य भैरहेको छैन । त्यसकारण पार्टी एकतालाई सुदृढ र मजबुत बनाउन पार्टीका सबै नेता कार्यकर्ता छलफलमा स्वतन्त्रता र कार्यमा एकताको लेनिनवादी विधि मार्फत अगाडि बढ्न जरुरी छ । यो एकतालाई कुनै पनि शर्तमा बलियो बनाएर अगाडि जान आवश्यक छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको मजबुद एकतामा मात्र भावी क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्य निर्भर रहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता खलबलियो भने नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुग्ने छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्रको एकतालाई मजबुद बनाएर अगाडि बढने प्रश्नमा केही चुनौतीहरु छन् । ती चुनौतीलाई सामना गर्न धेरै मेहनत गर्नु पर्नेछ । साथसाथै यो एकता मजबुद भएर गयो भने नेपाली का्रन्तिकारी कम्युनिष्ट आन्दोलनका अगाडि असिम सम्भावनाहरु पनि छन् । चुनौतीको सामना गर्दै र सम्भावनाहरुलाई पक्रदै अगाडि बढ्नुको विकल्प देखिन्न । यही नै आज इतिहासले सुम्पेको कार्यभार हो ।
इतिहासले सुम्पेको कार्यभार

Comments