पाठ्यक्रम विकास केन्द्रले आगामी पाँच वर्षभित्र विद्यालय तहको सबै कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आगामी नयाँ शैक्षिक सत्रमा क्रमशः लागू गर्ने गरी बालविकास तहदेखि कक्षा १२ सम्मको पाठ्यपुस्तक परिमार्जनको तयारी पाठ्यक्रम विकास केन्द्रले गरेको छ ।
०८५ सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भईसक्ने केही विषय र कक्षामा ०८२ देखि नै नयाँ पाठ्यक्रम लागू हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । पाठ्यक्रम समययानुकूल परिमार्जन हुने गर्दछ । पाठ्यक्रम विकास केन्द्रले भर्खर भाषा र अक्षर सिक्ने उमेरदेखि दिएर उच्च शिक्षाको जग बसाल्ने नयाँ पाठ्यक्रम निर्माण गर्न गैरहेको छ । बच्चा जन्मेपछि औपचारिक शिक्षाको शुरु भएको समय हिसाब गर्दा पनि १५ –१६ वर्षको उमेर सम्म विद्यार्थीले विद्यालय तहको पढाईमा समय लगाएको हुन्छ । विद्यालय तहको पढाई भनेको घरको जग भए जस्तै जीवनको जग पनि हो । विद्यालय तहमा आर्जन गरेको ज्ञानमा विद्यार्थीले जीविकोपार्जन गर्ने आधारभूत ज्ञानको विकास गर्न सक्नु पर्दछ । अहिलेसम्म पनि हाम्रो देशको शिक्षा भनेको सैद्धान्तिक रुपका मात्र रहेका छन् । जति धेरै नै पढेको भनेपनि सानो भन्दासानो कामका लागि पनि अरुको नै भर पर्नु पर्ने ,व्यवहारिक ज्ञानको ज्ञानको अभाव रहेको छ ।माध्यमिक शिक्षामा जति नै धेरै अंक ल्याएर उतीर्ण भएको भएपनि व्यवहारिक रुपमा केही गर्न नसक्ने जनशक्ति निर्माण भएको भन्दै शिक्षा क्षेत्रको आलोचना हुने गरेको छ । यहाँको परिक्षा प्रणाली पनि लिखित वा मौखिक मात्रै हुने गरेका छन् व्यवहारिक ज्ञानको परिक्षण छैन ।
समयको माग र आवश्यकता अनुसार पाठ्यक्रमको विकास गर्न नसकेका कारण शिक्षा लिएका देशका नागरिकलाई काम लगाउन नसकिने ,वषौं लगाएर अध्ययन गरेपछि पनि रोजगारी पाउन नसकेर देश, विदेशमा भौंतारिनु पर्ने ,देशले सोचेको जनशक्तिको उत्पादन हुन नसक्ने ,देश भित्रै केही गर्न सक्ने नबन्ने ,देशमा शिक्षित वेरोजगारको संख्या बढिरहने तर समयानुकुल चाहिने जनशक्ति देशले अन्य देशबाट भित्र्याउनु पर्ने स्थिति अहिलेको यथार्थ हो ।
अहिले आफूले केही गर्न नखोज्ने, श्रम प्रति आस्था विश्वास नहुने उत्पादनको काममा ध्यान नदिने खालको जनशक्ति तयार भैरहेको छ । चिन्तन, प्रविधि र विकास अरुले नै गरिदिनु पर्ने भएको छ । भरसक आयातित कुराहरुमा ध्यान दिने,आफ्नो देशमा केही उत्पादन नगर्ने चाल चलनको विकास भैरहेको छ । आफ्नो देश के हो? आफ्नो देशको श्रम सीप केहो ? त्यो सबै हराउँदै गईरहेको छ । देशमा केही हुँदैन, देशको केही काम छैन, देशले केही दिन सकेन भन्दै देशलाई सराप्ने संस्कारको विकास भैरहेको छ । विद्यालय तहको शिक्षा आर्जन गरेपछि देश छाडेर विदेश जाने र देशमा केही नगर्ने चलनको विकास भैरहको छ ।
यस्तो नागरिक देशमा उत्पादन भएमा देशले केही गर्न सक्दैन । देश विकास हुन सक्दैन ।आजका बालबालिका भोलिका देशका कर्णधार हुन् १०–१५ वर्षको पछिको देशलाई चलाउने जनशक्ति परनिर्भर मानसिकताको भएमा ,आफूले केही गर्न नसक्ने भएमा देशले र स्वयम उत्पादित जनशक्तिले धेरै समस्या भोग्नु पर्ने हुन्छ ।
हाम्रो देश भनेको ज्ञानको खानी भएको देश हो । हिमाल ,पहाड र तराइँको हावा पानी माटो सुहाउँदो खालको ज्ञान ,सीप र प्रविधिको विकास हुनु पर्दछ ।स्थानीयस्तरमा हाम्रो विभिन्न प्रकारको परम्परागत ज्ञान ,सीप तथा कला रहेको छ ।यहाँको भौगोलिक बनौट प्राकृतिक सुन्दरताको फाईदा लिन सक्नु पर्दछ ।यहाँको खोला नाला ,वनजंगल ,जडीबुटी ,जल, जमिनबाट दिगो रुपमा फाईदा लिन सक्नु पर्दछ । यहाँ खेर गैरहेको साधनस्रोतको उपयोग गर्न जान्ने र सक्ने हुनु आवश्यक छ ।
विद्यालय तहमा यी विषयहरुमा राम्रो ज्ञान दिन सकेमा देशकोलागि चाहिने राम्रो जनशक्ति उत्पादन गर्न सकिन्छ ।पाठ्यक्रममा यहाँको स्थानीय प्रविधिलाई समेट्नु पर्छ । परम्परागत ज्ञानको संरक्षण तथा नवप्रर्वद्धनलाई जोड दिने खालको हुनु पर्छ । जग नै विद्यालय तह भएकाले बालबालिकाको सर्वाङिगण विकास गर्ने खालको शिक्षा हुनु आवश्यक छ । त्यही अनुसारको पाठ्यक्रम निर्माण हुनु आवश्यक छ । त्यसमा सबैले ध्यान दिनु पर्दछ ।
यस्तो हुनु पर्छ विद्यायल तहको पाठ्यक्रम
Comments