कोप सम्मेलनमा नेपालले राख्नु पर्ने कुरा

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन यही नोभेम्बर ११ –२२ सम्म अर्थात कार्तिक २६ मंसिर ७ गतेसम्म युरोपेली देश अजरवैजानको बाकुमा सम्पन्न हुँदैछ । यो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल सम्मेलन स्थलमा पुगिसकेको छ । यस सम्मेलनमा विश्वका १९८देशका नेताहरु , विशषज्ञहरुको उपस्थित रहेका छन् ।
कोप सम्मेलनमा हरेक वर्ष जसो जलवायु परिवर्तन,कार्वन उत्सर्जनको विषय प्रमुखताका साथ उठ्ने गर्दछ । विश्वमा तापमान वृद्धि, त्यसले गर्दा देखिएको जलवायु परिवर्तन र त्यसको पृथ्वीमा देखिएको गम्भीर प्रकारको असरको बारेमा पटक पटकका सम्मेलनहरुमा छलफल हुने गरेका हुन् । पृथ्वीमा बढ्दै गइरहेको तापमान वृद्धिको कारण विश्वमा धनी राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनलाई मानिन्छ र पटक पटक कार्वन उत्सर्जन कम गर्ने प्रतिबद्धता पनि आउने गरेका छन् । तर व्यवहारमा भने कार्वन उत्सर्जनमा कमी हुन सकिरहेको छैन । पृथ्वीमा तापमान बढिरहेको छ । तापमान बढेका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, जैविक प्रणालीमा गम्भीर असर परिरहेको छ । समयमा पानी नपर्ने ,परेमा अत्यधिक पानी पर्ने , हिमालहरु पग्लिँदै जाने , हिमपहिरोको जोखिम बढिरहने , खाद्यान्न उत्पादनमा असर पर्ने जस्ता समस्याहरु देखिएका छन् । विश्वबाट सिमसारको क्षेत्र नासिँदै गइरहेका छन् । पृथ्वीमा रहेका कैंयौं जीवहरु संकटापन्न अवस्थामा रहेका छन् भने कैयौं लोप भएका छन् । जलवायु परिवर्तनले पृथ्वीमा सबै जीवहरुको अस्तित्व संकटमा परेको छ । जलवायु परिवर्तनले कम विकसित देशहरु निकै प्रभावित भएका छन् । कम विकसित देशमा रहेका आम सर्वसाधारण नागरिकको जीवन निकै कष्टकर बन्दै गइरहेको छ । प्राकृतिक स्रोत साधनहरुको लोप हुँदै गइरहेको छ ।
जलवायु परिवर्तनको असर नेपालमा अझै बढी मात्रामा देखिन थालेको छ । पृथ्वीमा तापमान वृद्धिले यहाँका सदावहार टल्किने हिमालहरु दिनानुदिन पग्लिरहेका छन् । हिमालहरु काला पत्थरमा परिणत हुँदै छन् । हिमतालहरु फुट्ने जोखिममा छन् र फुटिरहेका छन् । समय अनुसार मौसममा व्यापक मात्रामा परिवर्तन आएको छ । अत्यधिक वर्षा ,समयमा पानी नपर्ने, बाढी ,पहिरा,े डुबान जस्ता समस्याहरु बढ्दै छन् । नेपालको भौगर्भिक अवस्थिति अनुसार सबै क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइरहेको छ ।
यो अवस्थामा नेपालले कोप–२९ मा आफ्ना विषयहरुलाई गम्भीरतापूर्वक राख्नु जरुरी रहेको छ । विश्वका धनी देशहरुले उत्सर्जन गरेको कार्बनको असर नेपालमा देखिएको हो ।
अहिलेको कोप –२९ सम्मेलन जलवायु वित्तमा केन्द्रित हुने भन्ने छ । यो सम्मेलनको मुख्य नारा “न्यू कलेक्टिभ क्वान्टिफाइड गोल” भन्ने रहेको छ । विगतका सम्मेलनहरुमा वित्तको व्यवस्थापन कसरी गर्ने भन्ने हुन्थ्यो । कोषको प्रभावकारिता कति हुने भन्ने जस्ता कुराहरु रहेका छन् । वित्त व्यवस्थापन कसरी गर्ने र कहाँ खर्च गर्ने भन्ने रहेको छ ।
कोप –२९मा विश्वभरबाट उच्च पदस्थ नेताहरुको सहभागिता रहेको छ ।यो उपस्थितिमा जलवायु परिवर्तनबाट भोग्नु परिरहेका समस्या र चुनौतीहरुको बारेमा स्पष्ट धारणा राख्न सक्नु पर्दछ । नेपालले विश्वका विकसित देशहरुले उत्सर्जन गरेको कार्बनले पारेको अवसरको बारेमा धारणा राख्न सक्नु पर्दछ । विगतमा पनि कोप सम्मेलनहरुमा विकसित देशहरुले कार्वन उत्सर्जन कम गर्ने प्रतिबद्धता जनाएपनि त्यो व्यवहारमा लागू हुन नसकेको कुरा नेपालले स्पष्टसाथ राख्नु पर्दछ ।
नेपालको नेतृत्वमा उच्च स्तरीय राउण्ड टेबल डायलग हुँदैछ ।यस डायलगमा नेपालले भोग्नु परिरहेका चुनौतीहरु र पाउनु पर्ने सुविधाहरुको बारेमा बताउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित