लागूऔषध नियन्त्रणमा सबैको ध्यान जान आवश्यक

अहिले समाजमा लागूऔषधको कूलत मौलाउँदो छ । ठूलो संख्यामा युवाहरु लागू औषध कूलतमा लागेका छन् । गाउँ,के शहर लागू औषधको दूव्यर्सनीमा लागेका युवाहरु भेटिन्छन्। नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार १,३०,४२४ जना लागूऔषध प्रयोगकर्ताहरु रहेका छन् भने प्रयोग कर्ताहरुको वार्षिक वृद्धिदर ५.६प्रतिशत रहेको छ ।लागूऔषध प्रयोगको कुलतमा लागि सकेपछि उनीहरुलाई नत देश ,समाज, घरको चिन्ता हुन्छ नत आफ्नो नै चिन्ता हुन्छ ।उनीहरु बेहोसमा डुलिरहेका हुन्छन् । लागू औषधले शारीरिक ,मानसिक र पारिवारिक रुपमा अत्यधिक असर गर्दछ । लागूऔषध प्रयोगकर्ताहरुलाई विभिन्न प्रकारको सरुवा रोगहरु लाग्न सक्दछन् जस्तै एचआइभी, हेपाटाइटिस बी ।
अहिले गाउँका जंगलहरुमा बिनासंकोच घास दाउरा गर्न जान समेत नसकिने अवस्था छ । नशा लिएर लठ्ठिएका युवाहरुबाट असुरक्षा बढिरहेको छ । वनजंगल ,खोला ,किनार, चौपारी गल्ली जहाँसुकै लागू औषधको दूव्यर्सनीमा परेका युवाहरुको उपस्थिति देखिने क्रम बढिरहेको छ । लागूऔषधको दूव्यर्सनीमा पर्ने युवाहरुमा महिला पुरुष दुवै छन्। लागूऔषधको सेवनले मानिसको दिमागलाई नै लठ्याउने भएकाले उनीहरु केही सोच्न समेत नसक्ने भएर झुम्म र लठ्न पर्छन् । नशालागेको समयमा त्यसै हुन्छ छोडेमा फेरि प्रयोग गर्न मन लागिहाल्छ र फेरि प्रयोग गर्छन् फेरि नशामा लठिन्छन्।
लागूऔषध प्रयोग गर्ने बानी परिसकेपछि छोड्न निकै गाह्रो छ । दिमागलाई लठ्याउनकोलागि पहिला प्रयोग गरेको मात्राले पुग्दैन र दिन दिनै मात्रालाई बढाउँदै लैजानु पर्दछ जसको खोजीमा सबै समय लगाउँदा पनि उसले जीवनभर पूरा मात्रा प्राप्त गर्न सक्दैन । जब जीवन सकिन्छ तब मात्रै कुलतको मात्राले छोड्ने गर्दछ ।
युवाहरुद्वारा लागू औषधको प्रयोग बढेसंगै कारोबार पनि बढेकोछ । दिनहुँजसो गाँजा, चरेस, हिरोइन सहित युवाहरु समातिएका समाचार आइरहेका छन्। अनेकौं उपायहरु अपनाउँदै लुकाएर ढुवानी गर्ने क्रम पनि बढिरहेको छ । २०८१ पौष १९ गते प्रहरीले १३ जना युवाहरुलाई सुदूरपश्चिमको तीन जिल्ला कैलालीबाट १० जना, कञ्चनपुरबाट १ जना र डडेलधुराबाट २ जना गरी १३ जनालाई एकै दिन लागूऔषधसहित पक्राउ गरी सार्वजनिक ग¥यो ।एकै दिन यति ठूलो संख्यामा युवाहरु पक्राउ पर्नु राम्रो संकेत होइन । देशैभरिको अवस्था कति भयावह होला ? लागू औषधको कूलतमा लागेपछि केही गर्न नसकेर जीवन बर्बाद भइरहेको हुन्छ । लागूऔषध प्रयोग कर्ताहरुले देशलाई कारोबार गर्ने नाकाको रुपमा समेत प्रयोग गरिरहेका छन्।
भनिन्छ कुनै देशको अवस्थालाई बिगार्नु छ भने त्यो देशका युवाहरुलाई बिगार्नु पर्दछ । युवाहरुको काँधमा नै त्यो देशको भविष्य लुकेको हुन्छ । तर युवाहरु बिग्रेपछि देश बिग्रन समय लाग्दैन । आज युवाहरु लागू औषधमा झुमिँदा भोलि देशको भविष्य कुन अवस्था हुने हो सबैको चिन्ताको विषय छ ।
लागूऔषधको प्रयोगलाई नियन्त्रण गर्न सबैको ध्यान जानु पर्ने आवश्यकता छ । परिवार, समाज र देशले लागूऔषध प्रयोगलाई नियन्त्रण गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर कार्यान्वयन गर्नु पर्दछ । अल्पकालीनरुपमा जो जो कुलतमा लागिसकेका छन् उनीहरुलाई छुटाउन उचित उपायहरु अपनाउनु पर्दछ । उनीहरुको पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउनु पर्दछ । परिवारका सदस्यहरुलाई लागूऔषधको नकरात्मक असरको विषयमा सिकाउनु पर्दछ । कुलतमा लाग्न सक्ने खतराहरु के के हुन ?तिनीहरुको बारेमा जानकारी गराउनु पर्दछ । लागिसके पछि गर्ने असरहरुको बारेमा जानकारी गराई प्रभावकारी तरिकाले कार्यान्वयन भएको छ कि छैन भन्नेमा ध्यान दिनु पर्दछ । युवाहरुलाई रोजगारीको व्यवस्था ,मनोरञ्जन तथा सिर्जनात्मक काममा लाग्ने व्यवस्था हुनु पर्दछ ।
समाजका सबै मिलेर लागूऔषध नियन्त्रणकोलागि सचेतना अपनाउनु पर्दछ । परिवारमा कसैले लागूऔषध प्रयोग गरेको थाहा पाएमा उचित तरिकाले उपचारको विधि अपनाउनु पर्दछ । देशले लागूऔषध के के हुन् ? तिनीहरुको बिक्री वितरण हुने स्थानहरुको निगरानी गर्ने, नियन्त्रण गर्न कानुनी प्रक्रियाहरु अवलम्बन गर्ने कामलाई प्रभावकारी बनाउनु पर्दछ । नाकाको रुपमा लागूऔषध बिक्री वितरण हुनबाट रोक्न प्रभावकारी कदम चाल्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित