लुम्बिनीः खतराको सूचीमा पर्ने चेतावनी ⁄

संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले खराब भौतिक अवस्थाको कारणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा राख्न सकिने भनेर चेतावनी दिएको छ ।
गत जुलाईमा भारतको दिल्लीमा भएको विश्व सम्पदा समितिको बैठकमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको थियो। तर त्यसलाई तत्कालका लागि थाँती राख्दै युनेस्कोले नेपाल सरकारलाई २०२५ फेब्रुअरीसम्म भैतिक अवस्थामा सुधार गर्न समय सीमा दिएको छ । समयसीमा सकिन केही सातामात्र बाँकी रहँदा नेपाल सरकारले नयाँ कार्ययोजना अनुरूप काम भइरहेको र खतराको सूचीमा पर्न नदिने बताएको छ ।
लुम्बिनीलाई खतराको सूचीमा पर्न नदिन नेपाल सरकार, लुम्बिनी विकास कोष र सबै सम्बन्धित निकायहरुले ध्यान दिन जरुरी छ ।
विश्व सम्पदा महासन्धि १९७२ बाट विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक र प्राकृतिक सम्पदाहरु खतरामा परेको,नपरेकोबारे मूल्यांकन गर्ने कमिटी बनेको थियो । त्यस कमिटीले विश्वभरीका सम्पदा सूचीमा रहेको सम्पदाहरुको अध्ययन मूल्याङकन गर्ने र खतरामा पर्न नदिन सचेत गराउने र खतरामा परेको भनेर सूचीकृत समेत गर्ने पर्दछ । सशस्त्र विद्रोह, भूकम्प र अन्य प्राकृतिक विपत्ति, प्रदुषण अनियन्त्रित शहरीकरण, संरक्षण र व्यवस्थापनको अभाव वा लापरवाहीका कारण पनि सूचीकृत सम्पदाहरु खतरामा पर्नु सक्दछन् । यसपटक युनेस्कोले लुम्बिनीलाई संरक्षण र व्यवस्थापनमाथि उचित ध्यान नपु¥याएको भनेर खतरामा पर्न सक्ने चेतावनी दिएको हो । त्यो चेतावनी प्रति गम्भीर बन्दै सम्बन्धित पक्षले बेलैमा संरक्षण र व्यवस्थापनको पाटोलाई ध्यान दिन जरुरी छ ।
मायादेवी मन्दिर वरपरको बगैंचाको अवस्था बिग्रँदै गएको,काठको साँघुरो पैदल मार्ग, उकुसमुकुसपूर्ण वातावरण,मायादेवी मन्दिरको छानोबाट पानी चुहावट र मन्दिर वरपर पानी जम्ने अवस्था, प्राचीन इँटामा लागेका हरियो ढुसी, बुद्ध जन्मस्थलको गर्भगृहको अवस्थालाई अवलोकन गरेर खतराको सूचीमा राख्ने चेतावनी दिइएको हो ।
विश्व सम्पदा सूचीको सम्बन्धमा १९७८ मा नेपाल पक्ष राष्ट्र बनेको थियो । विश्व सांस्कृतिक सम्पदा सूचीमा परेका ८ क्षेत्र पशुपतिक्षेत्र, काठमाडौं दरवार, पाटन कृष्ण मन्दिर , हनुमान ढोका, बौद्धनाथ, चाँगुनारायण, स्वयम्भुनाथ, लुम्बिनी हुन् भने प्राकृतिक सम्पदा सूचीमा परेका सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज हुन् । विश्वका करिव ६३० सम्पदा सूची मध्ये नेपालमा १० वटा सम्पदा छन् ।
पर्यटकीय क्षेत्र लुम्बिनी भित्रका मायादेवी मन्दिर, अशोक स्तम्भ, त्यस वरपरका पुष्टकरि तलाउ, विहारहरुका संरचनालाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । अझैसम्म पनि लुम्बिनीसँगै सम्बन्धित कपिलवस्तुको तिलौराकोट दरबारक्षेत्र, बुद्धको मावली गाउँ रुपन्देहीको देवदह, विश्व सम्पदा सूचीमा सूचीकृत छैनन् । नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नु पर्ने कैयौं प्राकृतिक र सांस्कृतिक सम्पदाहरु छन् । सरकारको पहलमा निश्चित प्रक्रिया पूरा गरेपछि सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृतगर्न सकिन्छ । तसर्थ एकातर्फ सूचीकृत सम्पदाहरुको संरक्षण गर्न र अर्कोतर्फ नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्न जरुरी छ ।
विश्व सम्पदामा सूचीकृत लुम्बिनी वरपर अव्यवस्थित रुपमा शहरीकरण बढ्दै जानु, त्यस वरपर उद्योगहरुखोल्न दिनु जस्ता कार्यबाट सूचीकृत लुम्बिनी क्षेत्र खतरामा पर्न सक्छ । त्यसतर्फ ध्यान दिनु जरुरी छ । सम्पदाहरु मानव जातिका साझा सम्पदा हुन् । सम्पदाहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित