– रामबहादुर बुढा
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँले आफ्नो समसामयिक प्रकाशन “आवाज” गत २०७८ चैत्रमा प्रकाशन गरेको छ । २०७९ बैशाख ३ गते दमौलीमा एक समारोहका बीच राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलले उक्त प्रकाशनको विमोचन गर्नु भयो । विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले उक्त प्रकाशनको महत्व, कम्युनिस्ट आन्दोलनको भबिष्य, इतिहासमाथि चर्चा गर्दै आफ्ना मन्तब्यहरु राखेका थिए । डिमाईसाइजमा २२८ पृष्ठ रहेको यस पुस्तक पठनीय र सङ्ग्रहणीय पुस्तक हो । इतिहास, दर्शन, राष्ट्रियता र जनतन्त्र लगायतका विषय यस पुस्तकमा समेटिएकोछ । यस पुस्तकमा २२ जना लेखकहरुले लेख लेख्नु भएको छ । २ वटा लेख संयुक्त लेख हो भने बाँकी सबै एक जना कै छ । २२ जना मध्ये ३ जना महिला लेखिका हुनुहुन्छ । पुस्तकको प्रारम्भमा दुई वटा पृष्ठमा दुई जना मृतक कामरेडहरुको फोटो सहित श्रद्धान्जली अर्पण गरिएको छ । नरबहादुर बिक र क्षेत्र बहादुर केसी । बि.क. जी राष्ट्रिय जनमोर्चा तनहुँका कोषाध्यक्ष र अखिल नेपाल युवक संघका केन्द्रीय बैकल्पिक सदस्य हुनुहुन्थ्यो । २०७८ जेष्ठ १६ गते अल्पायुमै उहाँ कोरोना भाइरसको संक्रमणबाट बिमार भई यो संसारबाट बिदा हुनु भएको थियो । क्षेत्रबहादुर के.सी. राष्ट्रिय जनमोर्चा तनहुँका सचिब हुनुहुन्थ्यो । २०६६ मङ्सिर ८ गते उहाँको मृत्यु भएको थियो । यो पुस्तकको एउटा महत्वपूर्ण पाटो के हो भने यस पुस्तकमा तनहुँ जिल्लामा कम्युनिस्ट आन्दोलनको इतिहासलाई उत्खनन गर्ने कोशिस गरिएको छ । रामबहादुर बुढा र पुष्पलाल श्रेष्ठको संयुक्त लेख “राष्ट्रिय जनमोर्चा तनहँुको इतिहास” राखिएको छ । ३३ पृष्ठको यो लामो लेखमा केवल राष्ट्रिय जनमोर्चा तनहुँको इतिहास मात्र दिइएको छैन कि अझ त्यसको पृष्ठभूमिमा रहेको नेपाल कम्युनिष्ट पार्टीको प्रारम्भिक काललाई छर्लङ्ग्याउने कोशिस गरिएकोछ । चौथो महाधिवेशन÷मसाल धारको विगतलाई उधिन्ने कार्य भएको छ र राष्ट्रिय जनमोर्चा तनहुँको बिगतलाई पाठक सामु राख्ने कार्य भएको छ ।

२०१० सालमा प्युठानमा, २०२१ सालमा बागलुङमा, २०१५÷१६ तिर गुल्मी– अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो तर यहाँ त २००८ सालमै कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । २०१० सालको प्रथम महाधिवेशनमा तुल्सी प्रसाद श्रेष्ठ तनहुँबाट एक्लै हिड्दै हिड्दै काठमाडांै पुगेका थिए । नेपाली कम्युनिस्ट आन्दोलनका केन्द्रीय तहमा रही काम गरेका एकदेब आले र लक्ष्मी भक्त उपाध्याय तनहुँ जिल्लाकै हुनुहुन्थ्यो । तनहँु जिल्लामा २०३२ साल माघ २२ गते चौथो महाधिवेसन धार÷मशाल धारको स्थापना केन्द्रीय नेता खम्बा सिंह कुँवरको उपस्थितिमा भएको थियो । पछिल्लो कालमा तनहुँको हरेक आन्दोलनमा राष्ट्रिय जनमोर्चाको नेतृत्वदायी भूमिका रहने गरेको छ । सन्त बहादुर नेपालीले “सही कार्यदिशाको खोजी” शीर्षकमा लेख लेख्नु भएको छ । अहिले वर्तमान अबस्थामा कम्युनिस्ट आन्दोलनको दिशानिर्देश के हुन सक्छ ? यसमाथि उहाँले चर्चा गर्नु भएको छ । उहाँले लेख्नु भएको छ “वस्तुगत अवस्था नयाँ जनवादी क्रान्तिका लागि उपयुक्त भए पनि कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा छ । कम्युनिस्ट क्रान्तिकारीहरु विभिन्न दल वा संगठनहरुमा छरिएर आफ्नो आस्थालाई बचाइरहेका छन् । कम्युनिस्ट क्रान्तिकारीहरुलाई सहकार्य, धु्रवीकारण तथा एकीकरणको माध्यमबाट, जे सम्मव छ, एकताको प्रक्रियामा जानु अनिवार्य छ । अहिलेको मुख्य जिम्मेवारी भनेको क्रान्तिकारी विचारको रक्षा र पार्टीको पुनर्निर्माण हो ।
क्रान्तिकारी विचारको जगमा टेकेर मात्र पार्टीको पुनर्निर्माण हुन सक्दछ । पार्टीको पुनर्निर्माण भनेको नयाँ समितिहरुको निर्माण मात्र होइन । जनता क्रान्तिकारी आन्दोलनबाट परिवर्तनको आशा गर्दागर्दै कम्युनिस्ट आन्दोलन कि दक्षिणपन्थी संशोधनवादतर्फ छलाङ मार्दैछ ? यो विषयमा गह अध्ययन गरेर बिहर्गम समिक्षा हुनुपर्दछ । हाम्रो विचार, अध्ययन, संगठन, कार्यशैली, प्रवृत्ति, बानी ब्यहोरा, दृष्टिकोण, प्रशिक्षण कार्यकर्ताको छनौट आदिमा कहाँ नेर त्रुटी भयो ? त्यो खोज्नु पर्छ र संगठन, कार्यशैली, दृष्टिकोण व्यवहार आनीबानी आदिमा निर्ममतापूर्वक सच्चाउनु पर्छ । नयाँ ढंगको पार्टी निर्माणका लागि सोच्नु पर्छ । “राष्ट्रियता सम्बन्धि तीन वटा लेख राखिएकोछ । “एमसीसी सम्झौता खारेजीका लागि संघर्षको प्रश्न” शीर्षकमा कृष्ण पौडेलको,“एम सी सी सम्झौता र राष्ट्रिय आत्मसमर्पणवाद” शीर्षकमा देव गुरुङको र “चर्चामा रहेको लिम्पियाधुरा ः भारतले किन आफ्नो नक्सामा राख्यो” शीर्षकमा रतन भण्डारीको लेख यस प्रकाशनमा राखिएको छ । “सङ्गठनात्मक कार्य” शीर्षकमा विमल शर्माको लेख रहेको छ । यस लेखमा सङ्गठन सित जोडिएको जनवादी केन्द्रीयताको सिद्धान्त, आलोचना– आत्मालोचना, सदस्यता वितरण, समिति गठन पुनर्गठन, जनताको काम, आर्थिक ब्यबस्थापन लगायतका बिषयलाई मसिनोसँग शर्माले प्रष्ट पार्नु भएको छ । “नेपालको कम्युनिस्ट आन्दोलन र संसदीय ब्यबस्था”शीर्षक मा रामबहादुर बुढा लिखित लेख एउटा राजनीतिक लेख हो । जीवन शर्माको लेख “प्राकृतिक र मानव नीर्मित सुन्दरता” र मनु बिकको लेख “मानव चिन्तनको विकास” दर्शन सित सम्बन्धित लेख हुन् । जीवन शर्माको लेखमा एक ठाउँ भनिएको छ,“समुद्री ज्वारभाटाहरू टाढाबाट हेर्दा अत्यन्तै सुन्दर देखिन सक्छन् । तर त्यसको वेगबाट उत्पन्न हुने परिणाम कति प्रलयकारी हुन्छ त्यसको कल्पना गर्दा आङ सिरिङ्ग हुन्छ । समुद्री आँधीपछि समुद्रका किनारहरूमा संरचनाको दूरावस्थाले जोकोहीको मन पनि उराठलाग्दो र विदीर्ण हुन्छ । प्रकृति हेर्दा सामान्यतया जति सुन्दर देखिन्छ, कहिले काही त्यसको स्वभाव अत्यन्तै उदण्ड र ध्वंसात्मक हुन्छ ।”
दृश्यावलोकनकालागि प्रकृतिभित्र गहनतम आनन्ददायक गुण अन्तर्निहित हुन्छ, जसका कारणले मानिसहरू त्यसप्रति अत्यन्तै आकर्षित हुन्छन्, नजिकिन्छन् र आ¥लादित हुन्छन् तर त्यसको ध्वंसात्मक चरित्र भयावह हुन्छ । विभत्सिकरण ज्वारभाटाको चरित्र हो आफ्नो स्वभाव अनुसासार सुनामील प्राकृतिक वा मानव निर्मित संरचनाहरू ध्वस्त पार्छ । त्यही ध्वंसात्मक चरित्रभित्र उसको सुन्दरता छिपेको हुन्छ । प्रकृतिको आँखाबाट हेर्दा जुन सुनामीबाट सबैभन्दा बढी भौतिक संरचनाहरू ध्वस्त हुन्छन सायद त्यही सुनामी नै अति सुन्दर मानिन्छ । आकाशबाट उत्पन्न हुने चट्याङबाट मानिसमाथि पर्ने बज्रपात कति भयावह हुन्छ तर त्यसको त्यो स्वभावका कारणले उसको सौन्दर्यात्मक मुल्य नस्ट हुँदैन । आफू सुरक्षित ठाउँमा बसेर ती प्राकृतिक गतिविधि नियाल्दा मानिसलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । तर प्रकृतिबाट यथेष्ट मात्रामा यस्तो प्रकारको आनन्द प्राप्त गर्न मानिस मानसिक तनावबाट मुक्त हुनु जरुरी हुन्छ । मानसिकरूपबाट तनावमुक्त हुन मानिसका न्युनतम आधारभूत आवश्यकताहरू पूरा हुनु जरुरी हुन्छ । यस अर्थमा प्रकृतिबाट प्राप्त हुने आनन्दसँग पनि मानिसको वर्गीय स्थिति जोडिन पुग्छ ।यस लेखमा तनहुँ जिल्लामा जनस्तरबाट उठेका संघर्षका सम्बन्धमा दुई वटा लेख राखिएको छ । अब्यबस्थित बसोबासीहरुको बारेमा श्रीकुमार श्रेष्ठको र चुन उद्योगको प्रदुषणका सम्बन्धमा भरत बहादुर घर्तिको लेख रहेको छ ।
तनहुँ जिल्लाको दमौलीको देउराली नगरमा लामो समयदेखि अब्यबस्थित बसोबासीहरुले संघर्ष गर्दै आएका थिए । त्यो संघर्षमा राष्ट्रिय जनमोर्चाको महत्वपूर्ण भूमिका थियो र जिबिस ले अव्यवस्थित बसोबासीहरुको जग्गा नापी गर्न सम्म बाध्य भएकोछ । मूल पानी स्थित चुन उद्योगको प्रदुष बिरुद्ध जनताको संघर्ष पनि आङ्शिक रुपमा सफल भएकोछ । उल्लेखित दुई संघर्ष जनताले संघर्ष गरेमा सफलता पनि मिल्छ भन्ने उदाहरण हो । पुष्पलाल श्रेष्ठ र श्रीकुमार श्रेष्ठको संयुक्त लेखनमा सहिद बुद्धिमान श्रेष्ठको जीबनी दिइएको छ । सहिद बुद्धिमान तनहुँका हुनुहुन्थ्यो र राष्ट्रघाती टनकपुर सन्धिका बिरुद्ध आन्दोलनका क्रममा २०५० श्रावणमा चितवनको नारयणगढमा प्रहरीको गोली लागि गम्भीर घाइते भै उहाँको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पेरुको कम्युनिस्ट आन्दोलन र गोन्जालो बारे शशिधर भण्डारीको लेख यश पुस्तकमा राखिएको छ ।
ट्रेड युनियन बारे नारायण सापकोटा, कम्युनिस्ट नैतिकता बारे गौरीलाल कार्की, न्यु लिबरलाइजेशनबारे दिवस पौडेल, युबाको दायित्व बारे नरबहादुर बिक, खेलकुदको महत्वबारे महादेव रानाभाट, बालबच्चाको द्वन्द्वात्मक चिन्तन बिकासबारे अर्जुन शर्मा, “तरमारा” शीर्षकमा समावेशीता बारे निष्नु थिङ, महिलाको अवस्थाबारे प्राप्ति सुनार र महिला हिंसा बारे सन्जु सुन्दास परियार, डिजिटल साक्षरता र साइबर सुरक्षा बारे सुदिप पौडेलको लेख राखिएकोछ । समकालीन जीवन सित जोडिएका यी लेखहरु पाठकहरुका लागि अबश्य पनि लाभप्रद हुनछन भन्ने आशा गर्न सकिन्छ । साहित्य सम्बन्धी एउटा मात्र रचना आविस्कार कलाको कविता “गोप्य …..हरुलाई” यहाँ दिइएको छ । यस प्रकाशनमा राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको अन्तर्वार्ता र पार्टी नेता नरबहादुर थापाको जीवनी पनि दिइएको छ । “जनताको आवाज” शीर्षकमा सम्पादकीय, तनहुँ जिल्लाको सङ्क्षिप्त परिचय, केही शब्दार्थ र राजमो तनहुँकू नामावली पनि दिइएको छ । यस पुस्तकमा पछाडि पट्टि संगठन र आन्दोलन सित सम्बन्धित १७ वटा फोटाहरु राखिएको छ । यी फोटाहरुले गतिविधिलाई नजिकबाट बुझ्न मद्दत पु¥याउनेछ । आधिकारिक दस्तबेजका रुपमा परिशिष्टमा १ पर्चा, ३ वटा ज्ञापन पत्र, १० वटा प्रेस बक्तब्य पनि दिइएको छ।सहयोगदाता साथीहरुको सहयोग, बिज्ञापन उपलब्ध गराउने संघ सङ्स्थाको सहयोगमा यो पुस्तक प्रकाशित भएको छ । पुस्तकको साजसज्जा ,टाइपिङ,कभर डिजाइनमा अथक मिहिनेत गरेर गोबिन्द शर्मा र प्रगती शर्माले पुस्तकलाई आकर्षक बनाउनु भएको छ । सहयोग रु ५०० राखिएकोछ । यो पुस्तक दीर्घकालसम्म पनि आबश्यक पुस्तक भएकाले पछिसम्म किन्न – बेच्न मिल्ने गरी मूल्य राखिएको छ भन्दा अन्यथा हँुदैन । यो पुस्तक शोधकर्ता, अनुसन्धाता, अध्ययता, आम पाठक सबैको लागि उपयोगी हुनेछ । गरी खाने वर्गको जय होस ! इतिश्री !