धनगढी। नेपाल कम्युनिष्ट पार्टी (मशाल)सुदूरपश्चिम प्रदेश व्युरोको आयोजनामा २०८० चैत्र १५ गते कैलालीको धनगढीमा नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष (हिरक वर्ष)को सन्दर्भमा प्रशिक्षण कार्यक्रम नेकपा(मशाल) कैलाली जिल्लाका जिल्ला सचिव नरेश झुकालको अध्यक्षता, तारा प्रशाद धिक्तको संचालन, नेकपा(मशाल) डडेल्धुरा जिल्ला प्रवक्ता प्रकाश ऐरको स्वागतमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अथिति नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपाली, अथितिमा नेकपा(मशाल)का केन्द्रिय सदस्य लालबहादुर जाग्री रहेका थिए ।
महासचिव नेपालीले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यको क्रममा नेपालीले नेपालमा ठुलो वामपन्थी जनमत निर्माण भएको र मात्रात्मकरुपमा परिवर्तन भइ संसदीय गणतन्त्र आएको भन्दै लोकतात्रिक गणतन्त्र नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको परिणति हो भनी वताए ।
साथै उनले कम्युनिष्ट पार्टीको नेतृत्व गरेका केशरजङ्ग राइमाझी राजावादी भए, मदन भण्डारी, प्रचण्ड ,मोहनविक्रम सिंहले दक्षिणपन्थी राजनीतिक लाइन लिएका छन। अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थीहरुको दवदवा भए पनि यो लामो समय टिक्ने छैन । क्रान्तिकारीहरुले नयाँ जनवादी तथा समाजवादी क्रान्तिको नेतृत्व गरेर क्रान्ति सम्पन्न गर्न सक्नेछन । त्यसैले सवै क्रान्तिकारीहरु एउटै ठाउँमा गोलवन्द हुनु आजको आवश्यकता हो भने । प्रशिक्षणमा महासचिव नेपालीले राजनितिक कार्यदिशा, तत्कालीन राजनीतिक परिस्थिति, पार्टी एकता र पार्टीका तत्कालिन कार्यक्रमका विषयवस्तुमा प्रशिक्षण दिएका थिए । अर्का अथिति केन्द्रिय सदस्य लालबहादुर जाग्रीले समाजको वर्ग (विश्लेषण, राजनितिक पार्टीको विश्लेषण, पार्टी सदस्यता र सँगठन परिचालन, जनवादी –केन्द्रियताका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका सहभागीहरुले उठाएको जिज्ञाशा र प्रश्नहरुको जवाफ महासचिव नेपालीले दिएपछि अध्यक्षबाट कार्यक्रमको समापन भएको थियो ।