छापामार युद्ध

(कलास नोट)
लेनिन
छापामार युद्ध भन्ने लेख लेनिनले १९०६मा लेख्नु भएको हो । रूसमा सशस्त्र विद्रोह डिसेम्बर १९०५ देखि सुरु भएको थियो । त्यसबेला रुसमा रुसी कम्युनिस्ट पार्टी जसलाई त्यतिबेला रुसी सामाजिक जनवादी पार्टी भनिन्थ्यो । रुसी सामाजिक जनवादी पार्टीको नेतृत्वमा छपामार युद्ध चलाइएको थियो। त्यस छापामार युद्धको विषयमा विभिन्न विचारहरू आएका थिए । छापामार युद्धलाई मार्क्सवादीहरूले कुन रुपमा लिनु पर्दछ भन्ने विषयमा लेनिनले यस लेखमा चर्चा गर्नु भएको छ ।यस लेखमा लेनिनले छापामार युद्धको बारेमा मात्र नभएर संघर्ष सम्बन्धी मार्क्सवादी दृष्टिकोणको गहिरोरुपमा व्याख्या र संघर्ष सम्बन्धी आधारभूत सैद्धान्तिक प्रस्थापनाहरूको बारेमा उल्लेख गर्नु भएको छ । यसकारण मार्क्सवाद लेनिनवादमा विश्वास राख्ने सबै क्रान्तिकारीले यस लेखलाई अध्ययन गर्न आवश्यक छ ।

१. लेनिनले संघर्षबारे मार्क्सवादी दृष्टिकोणको आधारभूत सैद्धान्तिक प्रस्थापनाहरूलाई यसरी प्रस्तुत गर्नु भएको छ कि मार्क्सवाद समाजवादको तमाम अपरिस्कृत रूपहरूबाट यस कुरामा भिन्न छ कि त्यसले आन्दोलनको संघर्षलाई कुनै एक विशेष रूपमा बाँध्दैन । मार्क्सवादले संघर्षलाई सर्वथा विविधरूपमा मान्यता दिन्छ । यसको अलावा मार्क्सवादले ती क्रान्तिकारी वर्ग संघर्षहरूको रूपहरूको सामान्यीकरण गर्ने, त्यसलाई संगठित गर्ने र त्यसको सचेत अभिव्यक्ति दिने काम गर्दछ। जसले आन्दोलनको समयमा स्वयंले जन्म लिन्छ। यसरी मार्क्सवादले संघर्षलाई विद्यमान रुपसम्म सीमित गर्दैन । त्यसले जुन सम्बद्ध काल र अवधिमा कार्यकर्ताहरूलाई ज्ञान नभएका संघर्षका नयाँ रुपहरूलाई पनि स्वीकार गर्छ जुन संघर्षको सामाजिक परिस्थितिमा परिवर्तनको लागि अनिवार्य हुन्छ भनेर लेनिनले लेख्नु भएको छ । लेनिनले लेख्नु भएकोछ, “सम्बन्धित आन्दोलनको सम्बन्धित चरणमा त्यस आन्दोलनको ठोस स्थितिमाथि विचारै नगरी संघर्षको कुनै खास साधनको बारेमा हुन्छ वा हुन्न भनेर उत्तर दिने कोशिश गर्नु मार्क्सवादी स्थितिको पूर्ण तिलान्जली दिनु हो ।”

२. लेनिनले संघर्ष सम्बन्धी मार्क्सवादकोआधारभूत सैद्धान्तिक प्रस्तावनाहरू बारे विचार गरेपछि रुसको संघर्षको ऐतिहासिक विकासको बारेमा चर्चा गर्नु भएकोछ। त्यहाँको क्रान्तिकारी आन्दोलनको ऐतिहासिक विकास यस प्रकार छ –
क .मजदुरहरूको आर्थिक हडताल १८९६ देखि १९०० सम्म ।
ख. मजदुर तथा विद्यार्थीको राजनीतिक प्रदर्शन १९०१–१९०२
ग. किसान विद्रोह १९०२
घ .रुसमा आम हड्ताल १९०५
ङ. बैरिकेड लडाई तथा सशस्त्र विद्रोह १९०५ सितम्बर
च. आंशिक फौजी विद्रोह १९०५ जुन
छ . आंशिक फौजी विद्रोह १९०६ जुलाई
ज. शान्तिपूर्ण संसदीय संघर्ष १९०६ अप्रिल ,जुन
झ. आंशिक किसान विद्रोह १९०५
ञ. शरदकाल १९०६
प्रतिक्रियावादी एकतन्त्रद्वारा जवाफी कारबाही गरिएको थियो । प्रतिक्रियावादी जवाफी कार्बाहीमा हजारौं जनतालाई कत्लेआम गरिएको थियो ।

३. रुसको संघर्षको उपरोक्त पृष्ठभूमिमा विशेष गरेर १९०५ को डिसेम्बर सशस्त्र विद्रोह पछि त्यहाँ छापामार युद्धहरू चलाइएको थियोे ।त्यो छापामार युद्धमा दुई प्रकारका प्रवृतिहरू देखा परे ।एकातिर आवारा तत्वहरू, लम्पट सर्वहारा र अराजकतावादी ग्रुपहरूले छापामार युद्धलाई सामाजिक संघर्षको एक मात्र रुपमा ग्रहण गरे । अर्कोतिर छापामार युद्धलाई अराजकतावाद, ब्लाङ्कीवाद,पुरानो आतङ्कवाद र जनसाधारणबाट अलग एक दुई व्यक्तिले गरेको संघर्षबाट क्रान्तिलाई हानी हुन्छ भन्ने प्रवृति पनि देखा प¥यो । उक्त विचारहरूलाई लेनिनले स्पष्ट गर्ने काम गर्नु भयो। रुसमा पुरानो आतंकवाद वुद्धिजीवीहरूको षडयन्त्रकारी काम थियो भने १९०६ को छापामार युद्ध आम नियमको रुपमा मजदुर तथा बेरोजगारहरूले भाग लिएको संघर्ष थियो । लेनिनले भन्नु भएको छ कि जब जन आन्दोलन लगभग विद्रोहको अवस्थामा पुगेको हुन्छ त्यति बेला छापामार युद्ध अनिवार्य बन्न जान्छ ।
लेनिनले छापामार युद्धको भ्रष्टिकरणका बारेमा लेख्नु भएकोछ, सर्वहारा वर्गको पार्टीले छापामार युद्धलाई कहिलै पनि संघर्षको एक मात्र मुख्य साधन मान्न सक्दैन। यस साधनलाई अन्य साधनको मातहत राखिनु पर्दछ । यदि यसो नगरिएमा छापामार युद्धको भ्रष्टिकरण हुन्छ ।ूछापामार युद्ध मात्र होइन संघर्षका अन्य रूपहरू जस्तै हड्ताल,संसद,अखबार ,सबै भ्रष्ट बन्दछन। त्यसैले लेनिनले विभिन्न अवधिमा विभिन्न साधनलाई प्रयोगमा ल्याउनु पर्ने र ती साधनलाई प्रयोगमा ल्याउँदा कडाईपूर्वक निर्धारित विचारधारात्मक र संगठनातमक शर्तहरूको मातहत राख्नु पर्दछ भन्नुभयो ।

४. लेनिनले वर्ग संघर्षको विकासको क्रममा राजनीतिक हड्तालको अवधिमा विद्रोह धेरै कम समय र थोरै स्थानमा सीमित रहने स्थिति नरहन सक्ने कुरा उल्लेख गर्नु भएको छ । यस प्रकारको भीषण युद्धमा ठूलो संख्यामा साना ठूला मुठभेडहरू हुने कुराको पनि लेनिनले चर्चा गर्नु भएको छ । यस प्रकारको युद्धमा छापामार युद्धको आवश्यकता र अनिवार्यता हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित