-अपत्य शर्मा
नेपालमा विभिन्न खाले समाजवादी दलहरु छन् । आपूmलाई समाजवादी भन्ने दलहरुमा नेपाली कांग्रेसदेखि कम्युनिस्टको लोगो भिर्नेहरुले पनि समाजवाद, वैज्ञानिक समाजवाद, नयाँ जनवाद हुँदै समाजवाद र साम्यवाद भन्ने दलहरु पनि छन् । कसैले कम्युनिस्ट पार्टीलाई मजदुर किसानको पार्टी भनेर समाजवादको वकालत पनि गरेका छन् । माक्र्सवादी–लेनिनवादका प्रारम्भिक शिक्षामा नै कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी भनेर प्रष्टसँग भनिएको छ । कम्युिनस्ट पार्टीको घोषणापत्रको सर्वहारा र कम्युनिस्ट शीर्षक अन्तर्गत कम्युनिस्ट मजदुर वर्गको अरु पार्टीहरुको तुलनामा आफ्नो कुनै छुट्टै पार्टी बनाउँदैनन् । समग्र रुपले सर्वहारावर्गको स्वार्थहरु बाहेक अरु कुनै स्वार्थ छैन । कृत्रिम बौद्धिकता तथा ज्ञान विज्ञानमा भएका उथल पुथलकारी यान्त्रिक प्रगति (रोबोट) ले गर्दा धेरै आफूलाई कम्युनिस्ट घोषणा गर्ने कम्युनिस्ट घटकहरुले माक्र्सवाद–लेनिनवादलाई पनि त्यही अनुरुप परिमार्जन गर्नुपर्छ भन्दै सर्वहारावर्गको सत्ता कायम हुन सक्दैन भन्दछन् । यसकारण माक्र्सवाद लेनिनवादको मूल सिद्धान्त भनेको नै सर्वहारावर्गको अधिनायकत्व हो । सर्वहारावर्गको सत्ताविना सर्वहारा वर्गको पुँजीवादी दासता, अपमान र दैनिक ज्यालादारीको पासो कहिल्यै पनि हट्दैन । सर्वहारा विशेष गरेर नेपालको सम्बन्धमा औद्योगिक सर्वहारा वर्गको संख्या विश्व बैंकले जम्मा गरेको विकासका सूचकांकहरु अनुसार २०२२ मा १७.४६ प्रतिशत छ । निर्माण सेवा क्षेत्रहरु र कृषि मजदुरहरुको संख्या ठूलो छ । विश्व बैंकले आधिकारिक स्रोतहरुबाट संकलन गरेको रिपोर्ट अनुसार नेपालमा कुल मजदुर ८९,३७,२२८ छन् । अनौपचारिक क्षेत्रहरुमा काम गर्नेहरुको संख्या कति छ त्यो यकिन छैन ।
सर्वहारावर्ग जुन मुलुकमा काम गर्छ त्यहाँ उ राष्ट्रवादी हुन्छ भने विदेशको सम्बन्धमा सर्वहारा अन्तर्राष्ट्रवादी हुन्छ । तर नेपालका आफूलाई माक्र्सवादी–लेनिनवादी तथा माओवादी भन्ने समूहले प्रतिक्रियावादी संकीर्ण जातिवादी, क्षेत्रीयतावादी नारा दिएको मात्र नभएर जातीय आत्मनिर्णयको अधिकारको विषवृक्षको विउ छरेको थियो । जस अन्तर्गत, तमुवान, खम्बुवान, लिम्वुवान, ताम्सालिङ तथा नेवा मण्डल आदि । साम्राज्यवादी तथा विकसित पुँजीवादी (यूरोपेली मुलुकहरु) मुलुकहरु पनि नेपालमा जातीय संघर्ष गराउने पक्षमा भएकाले एनजिओ, आइएनजिओमार्फत् मोटो रकम खर्च गरिरहेछन् । अर्थ मन्त्रालयको डाटा अनुसार अन्तर्राष्ट्रिय गैर सरकारी संगठनहरु (आइएनजिओ) ले वार्षिक २१.२५ अरब रुपियाँ खर्च गरेका छन् । हालैको तथ्यांकअनुसार नेपालमा गैर सरकारी संगठन करिब ४०,००० छन् जुन १९९० मा २२० थिए । आइएनजिओ २०४ वटाले नेपालमा काम गरिरहेछन् । यस्ता आइएनजिओले आफ्ना संख्या र गतिविधिहरु बढाउँदै लगेका छन् । हालैको बंगलादेशको जनआन्दोलनमा एनजिओले पनि ठूलो भूमिका खेलेको टिप्पणी गरिएको छ । किनभने बंगलादेशमा विश्वको सबैभन्दा धेरै एनजिओ छन् ।
कम्युनिस्ट फोवियाले त्रसित साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरु एनजिओ, आइएनजिओद्वारा शासनसत्तामा समेत प्रभाव पार्छन भने वैचारिक रुपले पनि वर्गसंघर्षलाई ओझेलमा पार्न र वाम तथा कम्युनिस्ट विचारधारालाई निस्तेज पार्न राजनीतिकशास्त्र (अर्थशास्त्र), समाजशास्त्र, शिक्षाशास्त्र आदिको पनि प्रयोग गर्दै आइरहेछन् । यस बाहेक अत्याधुनिक प्रविधि र कृत्रिम बौद्धिताको पनि प्रयोग गर्दैछन् । बौद्धिक जगतलाई प्रभावित पार्न र कम्युनिस्ट विचारधारालाई निस्तेज पार्न प्रसिद्ध लेखक जेरेमी रिफ्किनले “शुन्य सीमान्त लागतमा आधारित सहयोगी समाज” नामक कृति प्रकाशित छ । जिरेमीबारे सानो परिचय गरौं ।
जेरेमी रिफ्किन प्रसिद्ध सामाजिक विचारक मानिन्छन् । रिफ्किनका २३ वटा कितावहरु प्रकाशित छन् । जसमध्ये “तेस्रो औद्योगिक क्रान्ति” र “सुन्य सीमान्त लगायतमा आधारित सहयोगी र सहयोग समाज” प्रसिद्ध छन् । उनका २१ वटा कृति राम्रो बिक्री भएका पुस्तकहरुमा पर्छन् । रिप्mिकन अमेरिकी हुन् र सरकारका सल्लाहकार पनि हुन् । यहाँ चर्चा गर्न लागिएको पुस्तक सून्य सीमान्त मूल्य र समाज (द. जिरो मार्जिनल कष्ट सोसाइटी) हो । जेरेमीले पुँजीवाद कसरी ढल्दै छ लाई केन्द्र विन्दुमा राखेर अबको समाज पुँजीवादी नहुने बताउँदै पुँजीवाद कसरी ढल्छ भन्ने बारेमा आफ्ना मुख्य तर्कहरु पेश गरेका छन् । जुन तर्कहरु आर्थिक इतिहास भविष्यमा सुन्य सीमान्त लागतमा आधारित छ । जुन विल्कुलै गलत हो । उनका तर्कहरु ः
“(१) एकाधिकारवादीसँग उत्पादकत्व बढाउन, मूल्य घटाउन र प्रतिस्पर्धी रहनका लागि नयाँ श्रम वचत गर्ने प्रविधिहरु ल्याउने आवश्यकता वा झुकाव कम हुन्छ । हामीले इतिहासभरी थोरै समयका लागि मात्र भए पनि बारम्बार यस्तो भएको देखेका छौं ।
“(२) प्रतिस्पर्धी प्रक्रियाले “चरम उत्पादकत्व” तिर लैजान्छ, जसलाई अर्थशास्त्रीहरुले “उच्चतम सामान्य कल्याण” भन्दछन् । यो अन्तिम खेलमा तीव्र प्रतिस्पर्धाले चुस्त प्रविधि ल्याउन बाध्य बनाउँदछ, जसबाट उत्पादकत्व उच्चतम विन्दुमा पुग्दछ र बिक्रीका लागि प्रस्तुत गरिएको प्रत्येक अतिरिक्त एकाई “शुन्य सीमान्त लागत मूल्य” मा पुग्दछ । अर्को शब्दमा वास्तवमा प्रत्येक अतिरिक्त इकाईको उत्पादन लागत (यदि निश्चित लागत गणना गरिएको छैन भने । अनिवार्य रुपमा शुन्य हुन्छ । त्यसले उत्पादन लगभग निशुल्क बनाउँदछ । यदि त्यसो भयो भने नाफा समाप्त हुनेछ, जुन पुँजीवादको प्राण हो ।
(३) शायद नाफा भनेको शोषण हो भन्ने सिद्धान्तलाई गलत देखाउन माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तलाई असान्दर्भिक देखाउन ले. जेरेमीले “बजार विनिमय अर्थव्यवस्थामा लाभ सीमान्त लागतबाट प्राप्त हुन्छ भन्दै एउटा लेखकले आफ्नो रचना प्रकाशकलाई बेच्न र भविष्यमा रोयल्टी प्राप्त हुन्छ । त्यो पुस्तक सम्पादक, कम्पोजिटर, प्रिन्टर, थोक व्यापारी, वितरक र खुद्रा बिक्रेताहरुद्वारा अन्तिममा क्रेतामा जान्छ ।
यस प्रक्रियामा प्रत्येक पक्षले आप्mनो सहभागिता सिद्ध गर्न ट्रान्जेक्सन मूल्य जोड्छ । तर यो लामो प्रक्रियालाई नअपनाएर सोभैm थोरै मूल्यमा अथवा निःशुल्क इन्टरेनटमा उपलब्ध गराएमा प्रत्येक प्रतिको लागत लगभग निःशुल्क हुन्छ । यसमा लागत मात्र वस्तुको पुस्तकको उत्पादनको खर्च भनेको समय राशि, कम्प्यूटिङ र अनलाइन जडानको खर्च मात्र हो । ई. बुकको उत्पादन वितरण शुल्य सीमान्त लागतमा गर्न सकिन्छ ।” पृ १३
एकाधिकारवादीहरु आफ्नो एकाधिकार कायम राख्न प्रतिस्पर्धीलाई हराउन र नयाँ श्रम वचत गर्ने प्रविधिहरु ल्याउन सधै प्रत्यनशील हुन्छ । जब कि पँुजीपतिको नाफाको भोक कहिल्यै पूर्ति हुँदैन । जेरेमीको नयाँ श्रम वचत गर्ने प्रविधिहरु ल्याउने आवश्यकता वा झुकाव कम हुन्छ भन्ने दावी गलत देखिन्छ । अवश्य पनि नाफा कम लागत बढी हुने भएमा आप्mना लगानी बन्द गर्छ । उत्पादन बन्द गरेर अभाव सिर्जना गरेर चोर बाटो लिन पनि पछि पर्दैन । जेरेमी रिफ्किन आफ्नो निःशुल्क उत्पादनलाई सिद्ध गर्न “प्रतिस्पर्धी प्रक्रियाले “चरम उत्पादकत्व” तिर लैजान्छ, जसलाई अर्थशास्त्रीहरुले उच्चतम “सामान्य कल्याण” भन्दछन् भन्दै अन्तिम खेलमा तीव्र प्रतिस्पर्धाले चुस्त प्रविधि ल्याउन बाध्य बनाउँदछ, जसबाट उत्पादकत्व उच्चतम विन्दुमा पुग्दछ र बिक्रीका लागि प्रस्तुत गरिएको वस्तुको प्रत्येक अतिरिक्त इकाई “शून्य सीमान्त लागत मूल्य” मा पुग्दछ ।” पृ. १२
जब कि एकाधिकारवादीले सकेसम्म बढी नाफा लिन्छ र माल उत्पादन अत्यधिक भएमा थोरै मूल्य लिएर बेच्छ निःशुल्क बाँड्दैन । विश्व आर्थिक मन्दीको समयमा पुँजीपतिहरुले समुद्रमा खाद्य पदार्थहरु फ्याँके र नष्ट गरे तर भोकाहरुलाई निःशुल्क बाँडेनन् । यसले के छर्लङ हुन्छ भने पुँजीपति वर्ग कति क्रुर र बर्बर हुन्छ । स्वयं लेखक के स्वीकार्दछन् भने “नाफा पुँजीपतिको प्राण” हो । यसकारण पुँजीपतिले नाफा नहुने क्षेत्रमा लगानी नै गर्दैन । शायद नाफा भनेको शोषण हो भन्ने सिद्धान्तलाई गलत देखाउन माक्र्सको अतिरिक्त मूल्य सिद्धान्तको सिद्धान्तलाई गलत र असान्दर्भिक देखाउन लेखक जेरेमीले बजार विनिमय जुनसुकै मानव, लेखक, कलाकार तथा सर्वहारावर्गको पेट हुन्छ । भोको पेट, विना श्रमशक्ति कुनै पनि सिर्जना तथा उत्पादन हुन सक्दैन । यसकारण शारीरिक वा मानसिक जे भए पनि श्रम मूल्य दक्ष श्रम लागत तथा अदक्ष कम श्रम लागत आवश्यक हुन्छ र त्यसको श्रममूल्य पुँजीपति वर्गले सामाजिक परिवेश, सामाजिक मूल्य मान्यता अनुसार निर्धारित गर्छ । त्यतिमा मात्र सीमित नभएर कुनै पनि उत्पादनका लागि आवश्यक यान्त्रिक उपकरणहरु, भूमि तथा पुँजी, कच्चा पदार्थ आदिको आवश्यक प्रबन्ध चाहिन्छ । तर लेखक जेरेमी शुन्य सीमान्त लागतमा उत्पादन हुने भनेर ग्रीन विद्युत उत्पादनलाई देखाएका छन् । जुन कुरा सत्य सावित हुन सक्दैन । ग्रीन विद्युत उत्पादनमा सोलार, हावा, पानी आदिलाई औल्याइएको छ । जब कि सोलार वा हावाका लागि पनि कुनै न कुनै रुपमा भौतिक उपकरणहरुको आवश्यकता हुन्छ । ती भौतिक उपकरणहरुको जडानका लागि दक्ष प्राविधिकको आवश्यकता हुन्छ । ती भौतिक उपकरणहरु शुन्य मूल्यमा निःशुल्क कुनै पनि विक्रेताले दिंदैन । यसकारण शून्य सीमान्त लागतमा विद्युत उपभोग गर्ने कुरा सही ठहर्दैन । कुनै पनि उपकरण क्षयीकरण हुन्छ ।
लेखक जेरेमीले पुँजीवादी प्रणालीको मृत्युका बारेमा के तर्क प्रस्तुत गर्छन् भने अत्यधिक उत्पादनशीलतालाई औंल्याएका छन् । उनी भन्छन्, “शून्य सीमान्त लागत र लगभग निःशुल्क वस्तुहरु र सेवाहरुको नजिक पुग्नु उत्पादकत्वको प्रगति हो । उत्पादकत्व “उत्पादक क्षमताको मात्रा हो, जुन उत्पादित मात्रा र उत्पादन गर्न आवश्यक मात्राको अनुपातको रुपमा गणना गरिन्छ ।” यदि कुनै अतिरिक्त वस्तु वा सेवाको उत्पादन लागत लगभग शून्य छ भने त्यो उत्पादकत्वको अधिकतम स्तर हुन्छ । पुँजीवादको मुटुमा हुने अन्तिम विरोधाभाससँग आमनेसामने छौं । यो प्रणालीको चालक शक्ति अधिक उत्पादकत्व हो, जुन बढ्दो थर्मोड्रायनामिक प्रभावकारिताले ल्याएको हो । यो प्रक्रिया नयाँ, अधिक प्रविधिहरु ल्याउने निर्मम प्रतिस्पर्धाको रुपमा आइरहेको छ, जसले आप्mना वस्तुहरु र सेवाहरुको उत्पादन लागत र मूल्य ग्राहकहरुलाई लोभ्याउने गरी घटाउने छन् । यो अन्तिम रेखामा पुग्न नसक्दासम्म प्रतिस्पर्धाले गति लिने कार्य जारी राख्दछ, जहाँ अधिकतम दक्षता प्राप्त हुन्छ र उत्पादकत्व शिखरमा पुग्दछ । त्यो अन्तिम रेखामा प्रत्येक अतिरिक्त इकाई उत्पादनको सीमान्त लागत लगभग शून्य हुन्छ । जब त्यो अन्तिम रेखा पार हुन्छ, वस्तुहरु र सेवाहरु लगभग निःशुल्क हुन्छन्, नाफा सुक्छ, बजारमा सम्पत्तिको आदान प्रदान बन्द हुन्छ र पुँजीवादी प्रणालीको मृत्यु हुन्छ । पे. ९९
जेरेमीले पुँजीवादी प्रणालीको मृत्यु अर्थात् “पुँजीवादको अन्त्यको लागि अत्यधिक उत्पादनशीलतालाई औंल्याएका छन् । उनको मतमा अत्यधिक उत्पादन भएपछि उत्पादकत्व शिखरमा पुग्दछ । त्यो अन्तिम रेखामा प्रत्येक अतिरिक्त इकाई उत्पादनको सीमान्त लागत लगभग सून्य हुन्छ । जब त्यो अन्तिम रेखा पार हुन्छ वस्तुहरु र सेवाहरु लगभग निःशुल्क हुन्छन्, नाफा सुक्छ, बजारमा सम्पत्तिको आदानप्रदान बन्द हुन्छ र पुँजीवादी प्रणालीको मृत्यु हुन्छ । पुँजीवादी व्यवस्था आफै मर्दैन । किनभने अत्यधिक उत्पादन भएर माल सामान नविक्ने भएपछि पुँजीपतिले आफ्ना उत्पादनहरु बन्द गर्छ । मजदुरहरु कामबाट निकालिन्छन् । आर्थिक संकट उत्पन्न हुन्छ । यदि आर्थिक संकटले ठूला बैंकहरु बन्द हुने अवस्था आयो भने पुँजीवादी सरकारले राष्ट्रिय बैंकबाट अनुदान दिएर आर्थिक कारोबारलाई चालु गराउँछ । आर्थिक मन्दीले गर्दा सर्वहारावर्ग र अन्य श्रमजीवी वर्ग भोकभोकै मर्छन, काम पाए पनि एक छाक खान पनि नपुग्ने ज्याला पाउँछन् । पुँजीवादी सत्तालाई सर्वहारावर्गले बलपूर्वक प्रहार गरेर आफ्नो हातमा सत्ता लिएर पुँजीपतिवर्गको सम्पूर्ण कलकारखाना, बैंकहरु, वित्तिय संस्थाहरुमाथि अधिकार जमाएर सर्वहारा (वर्गीय) समाजवाद र साम्यवादी समाजको स्थापना गरेपछि मात्र पुँजीवादी व्यवस्थाको अन्त्य हुन्छ । अर्को शब्दमा भन्दा पुँजीको दासता, अपमान, असमानता तथा गरिबी, रोगभोक आदिबाट मुक्त समाजको स्थापना हुन्छ । पुँजीवादी व्यवस्थामा मावनको श्रमशक्ति, प्रत्येक अंगप्रत्यंग सबै विकाउ माल हुन्छन् । निजी धन सम्पत्तिमा आधारित, व्यक्तिवादिता, व्यक्ति प्रधान हुन्छ । यसकारण सम्पूर्ण अन्याय, अत्याचार तथा सम्पूर्ण अपराधको मुख्य स्रोत नै व्यक्तिगत धन सम्पत्ति हो । पुँजीवादी व्यवस्थाले शताब्दीऔंदेखि मानव मस्तिष्कमा पुँजीवादी शिक्षा, संस्कृति, दृष्टिकोण, व्यक्तिवादिता, सामूहिकताको स्थानमा पृथक व्यक्ति प्रधानता, (म,मेरो, हामी, हाम्रो होइन) ले प्रश्रय पायो । आधुनिक पुँजीवादी व्यवस्थाका विशेषताहरुमा उत्पादन र माल सामानहरुको व्यापार र सेवाहरु स्वतन्त्र बजारमा गरिन्छ जहाँ उत्पादनका साधनहरु निजी हुन्छन् । जहाँ ज्यालादारीमा मालहरुको उत्पादन र सेवाहरु हुन्छन् र अनियन्त्रित व्यापार र उदार आर्थिक सत्ताहरु हुन्छन् । जब आर्थिक सत्ता र आर्थिक आधार पुँजीवादी भएपछि राजनीतिक पनि स्वतः पुँजीवादी हुन्छ । जेरेमीले सुक्ष्म सूचना उत्पादनलाई महत्व दिएका छन् र नयाँ तेस्रो औद्योगिक क्रान्तिको उद्घोष गरेका छन् । उनी भन्छन्, “नयाँ तेस्रो औद्योगिक क्रान्तिको निर्माण मोडेलले सार्वजनिक मञ्चलाई कब्जा गरेको छ र यो वस्तुहरुको इन्टरनेट पूर्वाधारका अन्य संघटकहरुको साथ तीव्र रुपमा बढ्दैछ । अहिले सयौं कम्पनीहरुले त्यसैगरी भौतिक उत्पादनहरु गरिरहेका छन् , जसरी सफ््टवेयरले भिडियो, अडियो र पाठको रुपमा सूचना उत्पादन गर्दछ । यसलाई ३ डी प्रिन्टिङ भनिन्छ र यो वस्तुहरुको इन्टरनेटको अर्थ व्यवस्थामा उत्पादन मोडेल हो । सफ्टवेयरले (जुन अक्सर खुला स्रोत हो) तह तह गरेर भौतिक वस्तुहरु उत्पादन गर्नको लागि पग्लेको प्लाष्टिक, पग्लेको धातु वा प्रिन्टर भित्रका अन्य फिड स्टकहरुलाई निर्देशित गर्दछ र पूर्ण रुपले तयारी वस्तु सिर्जना गर्छ, जसमा चलायमान भागहरु पनि हुन्छन् जुन त्यसपछि प्रिन्टरबाट बाहिर निस्कन्छन् । स्टारटे«क टेलिभिजन श्रृंखलाको प्रतिलिपि जस्तै प्रिन्टरमा असीमित विविध प्रकारका उत्पादनहरुका प्रोग्राम बनाउन सकिन्छ । प्रिन्टरहरुले पहिले नै गहना र हवाईजहाजका पार्टहरुदेखि कृत्रिम मानव अंगहरुसम्म उत्पादन गरिसकेका छन् । यस्ता प्रिन्टरहरु शौकिनहरुले खरिद गरिरहेका छन्, जो आफ्ना अंगहरु र उत्पादनहरु प्रिन्ट गर्नमा रुची राख्दछन् । उपभोक्ताले उत्पादकलाई स्थान छाड्न थालेको छ, किनभने बढ्दो संख्यामा मानिसहरु उत्पादनका उत्पादक र उपभोक्ता दुवै भएका छन् । पृ. १२५
३ डि प्रिन्टरका महत्वपूर्ण दुरगामी “बेफाइदाहरु धेरै छन्ः (१) प्लाष्टिक पघाल्दा घातक दुषित रसायन धुँवाका रुपमा निस्कन्छ र वातावरणलाई नै दुषित पार्छ । (२) ठूलो परिणाममा उत्पादन गर्न सक्दैन (३) प्रिन्टरबाट उत्पादित माल रिसाइकल गर्न हुँदैन । (४) ३ डी प्रिन्टरले सीमित रुपमा नै उत्पादन गर्छ (५) धातु, सिमेन्ट, प्लाष्टिक आदिका पातला तहहरु मिलाउँदैमा धेरै समय लाग्छ जसबाट ठूलो परिमाणमा उत्पादन गर्न उपयुक्त हुँदैन । “समुदायको सुखान्तः शीर्षक अन्तर्गत जेरेमी हार्दिनको समुदायहरुको दुःखान्त थेसिसमाथि रोजको सशक्त आक्रमण र त्यसैगरी समुदायहरुको सुखान्तको जीवन्त प्रतिरक्षाको ठीक चार वर्षपछि एलिनोर ओस्ट्रमको ‘द गभर्निङ अफ द कमन्स’ आयो । ओस्ट्रोमको कृतिमा एक हजार वर्षको अवधि समेटिएको थियो । उनले इन्डियाना युनिभर्सिटी र एरिजोना स्टेट युनिभर्सिटी दुवैमा काम गरेकी थिइन, समुदायहरुको इतिहासमाथि पहिलो सर्वाङगिण आर्थिक तथा मानवशास्त्रीय विश्लेषण गरेकी थिइन । ओस्ट्रोमले विगतमा समुदायको शासन किन सफल भयो । र किन अफल भयो भन्ने कुराको गहन विश्लेषण र भविष्यमा समुदायको व्यवस्थापनको सफलता सुनिश्चित गर्नको लागि उनको व्यवहारिक निर्देशनले उनलाई सन् २००९ मा नोबेल पुरस्कार प्राप्त गराए, जसबाट उनी त्यो पुरस्कार प्राप्त गर्ने प्रथम महिला बनिन् । पृ. २१८
जेरेमीले ओस्ट्रमद्वारा सामुदायिकताको दुहाई दिए र समुदायले समाजलाई ठीक बाटोमा डो¥याउने छ भनेर सिद्ध गर्न खोजेका छन् । उनी भन्छन्ः ओस्ट्रोमले भेट्टाएको कुरा के हो भने साझा पोखरी, जनावर चराउने चरन, माछा पोखरी, सिंचाई प्रणाली, जंगल इत्यादि जस्ता स्रोतहरुको व्यवस्थापनमा व्यक्तिहरुले निजी स्वार्थ भन्दा अगाडि समुदायको स्वार्थलाई राख्दछन् र साझा स्रोतको दीर्घकालीन संरक्षणलाई व्यक्तिको तत्कालीन परिवेश भन्दामाथि राख्दछन् चाहे जतिसुकै संकट किन नहोस् ।
हरेक उदाहरणमा समुदायलाई जोडेर राख्ने तत्व सर्वस्वीकृत स्वःव्यवस्थापनको विधान थियो, जुन सबै सदस्यहरुको प्रजातान्त्रिक सहभागिताद्वारा स्वेच्छिक रुपमा प्रवेश भएको थियो । निरन्तरको सहकार्य र त्यसको प्रतिफलले नै पुस्तौं पुस्तासम्म सामाजिक विश्वासको सम्बन्ध सिर्जना गरेको थियो । त्यही सामाजिक बन्धनले समुदायलाई जड हुनबाट र विखण्डित हुनबाट रोकेको थियो । प्रतिकुल समयमा सामाजिक पुँजी त्यस्तो केन्द्रीय सम्पदासिद्ध भयो जसले समुदायलाई एक जुट हुन सम्भव बनायो ।” पृ. २१९
ओस्ट्रोमले आफ्नो समुदायले संचालन गरेको सफलतालाई स्वीजरल्याण्डको ६०० जनसंख्या भएको टोरबेल गाउँलाई देखाएकी छिन् । उनी उदाहरणको रुपमा पेश गर्दै “८०० वर्ष भन्दा पहिलेदेखि जीवित रहेको” किसान परिवारहरुले आफ्नो निजी जमीनमा खेती गर्दछन्, जहाँ तरकारी, अनाज, फलफूल र हिउँदमा गाइहरुलाई खुवाउने पराल उत्पादन हुन्छ । स्थानीय गोठालाहरुले वर्षा ऋतु (रितु) मा अल्याइन समुदायको स्वामित्वमा रहेका चौरहरुमा आफ्ना गाईहरु चराउँछन् । गाईहरुबाट चिज उत्पादन हुन्छ, जुन स्थानीय अर्थतन्त्रको एउटा प्रमुख हिस्सा हो । शताब्दीऔंदेखि बारम्बार परिमार्जित सन् १४८३ मा भएको टोरबेल सम्झौतापत्रले अल्याइन चरन मैदान, जंगल बाँझो जमिन, सिंचाई प्रणाली र बाटो तथा सडकलाई कायम राख्नको लागि बनेको व्यवस्थापन नियमको वर्णन गर्दछ, जसले निजी र सामुदायिक स्वामित्वमा रहेका सम्पदाहरुलाई जोड्दछ । पृ.२२०
स्वीजरल्याण्ड विश्वका राजा महाराजादेखि अनेकौं अवैध कारोबार गरेर कमाएका कालो धन राखेर मोटो आम्दानी गर्ने स्वीस बैंक भएतापनि आप्mनो स्वीस बैंकमा कसको कति रकम छ सो गोप्य राख्ने गरेको छ । ओस्ट्रोमले साझा पोखरी, साझा चरिचरन, माछा पोखरी, सिंचाई आदिको व्यवस्थापन सामुदायिक भएतिर औल्याउँदै हरेक उदाहरणमा समुदायलाई जोडेर राख्ने तत्व सर्वस्वीकृत स्वःव्यवस्थापनको विधानलाई मान्नु भनेकी छिन् ।
नेपालका आदिवासी, जनजातिहरुमा अझै पनि सामूहिक कुवा चरिचरन, पोखरी आदिका अवशेष बाँकी छन् । तर क्रमशः यसमा क्षयीकरण हुँदैछ । गुठीप्रथा, पर्मा सामूहिक स्वार्थसँग जोडिएका सामुदायिक काममा आम जनताले श्रमदान गर्ने प्रचलन पनि कम हुन थालेको छ । नेपालका तथाकथित साम्यवादीहरु जो सामूहिकताको वकालत गर्छन् । उनीहरुले सर्वहारा, मजदुरवर्गको साटो गरी खाने , भुँँईमान्छे श्रमजीवी शब्द प्रयोग गर्न थालेका छन् । त्यति मात्र होइन, आफ्ना पार्टीका नेता वा कार्यकर्ताहरुलाई आफ्नो घर परिवारका बीचमा नलागेर मोटेल होटेल आदिमा राख्ने गर्न थालेका छन् । यहाँ यो उल्लेख गर्नुको तात्पर्य पुँजीवादी व्यक्तिवादीताको प्रभाव पुँजीवादी शिक्षादिक्षाको देन हो । ओस्ट्रोमले सामुदाय संचालन गरेको स्वीजरल्याण्डको ६०० मात्र जनसंख्या भएको टोरबेल गाउँलाई नमुनाको रुपमा प्रस्तुत गरिएको छ । त्यसमा पनि सामुदायिकताभित्र निजी जमिन पनि भएको र त्यहाँ खेतीपाती गरेर व्यक्तिगत निजी सम्पत्ति पनि रहेको प्रष्ट उल्लेख छ । ओस्ट्रमले सामुहिकताको वकालत गरे पनि जेरेमीको शून्य सीमान्त लागतको उत्पादनको पुष्टि गर्दैन । किनभने जब व्यक्तिगत सम्पत्ति र व्यक्तिगत नाफा वा लाभ रहन्छ तब असमानता र शोषण पनि कायम रहन्छ चाहे सामूूहिक किन नहोस् ।
(जेरेमीको पुस्तकको नेपालीमा अनुवाद (सम्पादन रमेश सुनुवार र राजकुमार श्रेष्ठका हुन)