माघ ६ गते , काठमाडौं । क्रन्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ । लिम्पियाधुराको विषयमा भारत–चीन बीच भएको द्धिपक्षीय सहमति खारेज गर्न,लिम्पियाधुरामा त्रिपक्षीय सहमति कायम गर्न,संविधान संशोधन होइन खारेज गर्न,एमसीसी सम्झौता खारेज गर्न, भ्रष्टाचारको विरोध गर्न सो कार्यक्रम गरिएको त्यस पार्टीले जनाएको छ । विरोध सभालाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरव,केन्द्रीय सदस्यहरु राम सिंह श्रीस,हरिभक्त कँडेल, सिताराम तामाङ र राम बहादुर बुढाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले र सन्चालन केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले गर्नु भएको थियो। दिउँसो १२ बजे शान्तिबाटिकाबाट जुलुस शुरु गरी शहिद गेट,न्युरोड,भूगोल पार्क हुँदै जनबहाल चोकमा गई विरोध सभा गरिएको थियो । प्रदर्शनका क्रममा लिपु लेक हाम्रो हो , भारत – चीन बीचको लिपु लेक सम्बन्धी गरिएको सम्झौता खारेज गर, एम सी सी सम्झौता खारेज गर , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद , मार्क्सवाद– लेनिनवाद – माओवाद जिन्दावाद, दलाल संसदीय ब्यबस्था मूर्दावाद लगायतका नारा लगाइएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्धारा २०८१ माघ ५ गते बेलुकी नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्बन्धमा भारत –चीनले गरेको सहमति तथा उनीहरुको मिचाहा प्रवृत्तिका विरुद्ध
मशाल जुलुश असन देखि भेडा सिङ हुँदै नरदेवी चोक सम्म गरिएको थियो ।
फोटो– टेकहरी न्यौपाने