काठमाडौ । बृटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले १२ दिने कार्यक्रम सम्पन्न गरेकोछ । २०८१ माघ १३ देखि २४ सम्म हस्ताक्षर अभियान, शान्तिपूर्ण लालटिन जुलुस, मोटर साइकल ¥याली,कोण सभा सहित आज भव्य जुलुस र सभा गरी कार्यक्रम सम्पन्न गरेको हो ।
सर्बोच्च अदालतले २०७९ माघ २४ गते भूतपूर्व गोर्खा सैनिकहरूको समस्या समाधन गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । बिगेसोले विगत देखि नै हरेक वर्ष माघ २४ लाई विशेष दिन मान्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । यस पटक पनि बिगेसोले निम्न कार्यक्रम सम्पन्न ग¥यो –
१. २०८१ माघ १३ गते देखि२२ गते सम्म माइतीघर मण्डलामा विभिन्न संघ संस्था,पार्टी ,बुद्धिजीवी,समाजसेवीहरूलाई बिगेसोको अभियानमा ऐक्यबद्धता सहित हस्ताक्षर संकलनका लागि आह्वान गर्दै मन्तव्य,कविता वाचन,गीत संगीत सहितको कार्यक्रम ।
२. २०८१ माघ २२ गते दिउँसो १ बजे देखि शान्तिपूर्ण लालटिन जुलुस माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेर पुनः माइतीघर मण्डलामा पुगेर कोण सभा ।
३. २०८१ माघ २३ गते ११ बजे माइतीघर मण्डलामा भेला भइ मण्डलाबाट भद्रकाली,सहिद गेट, न्युरोड गेट,शन्तिबाटिका,भद्रकाली,शहीदगेट ,त्रिपुरेश्वर,
थापाथली,माइतीघर मण्डला सम्म पुगेर मोटरसाइकल र्याली र त्यस पछि मण्डलामा कोणसभा ।
४. २०८१ माघ २४ गते माइतीघर मण्डलामा विहान ११ बजे भेला भइ मण्डलाबाट नयाँ बानेश्वर हुँदै माइतीघर मण्डला सम्म शान्तिपूर्ण र्याली र मण्डलामा पुगे पछि र्याली कोणसभामा परिणत ।
बिगेसोका सल्लाहकार तथा समापन कार्यक्रमका प्रमुख अतिथि परी थापा , बिगेसोका सल्लाहकार तथा अर्थशास्त्री सीताराम तामाङ, बिगेसोका सल्लाहकार तथा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ ,बिगेसोका सल्लाहकार ,लेखक तथा अधिवक्ता रतन भण्डारी, अधिबक्ता लाल बहादुर जाग्री, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी महिला संगठनका सहसंयोजक शारदा महतले भूतपूर्व गोर्खा सैनिकहरूको अधिकारका पक्षमा मन्तव्य राख्नु भएकोथियो । समापन कार्यक्रमको अध्यक्षता बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु , सन्चालन बिगेसो सिङ्गापुर शाखाका सचिव ज्ञान बहादुर गुरुङ र स्वागत बिगेसो सिङ्गापुर शाखाका महिला विभाग संयोजक सुलोचना गुरुङले गर्नु भएकोथियो ।स्वागत गीत मनु नेम्वाङले गाउनु भएकोथियो ।बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले हाँक सित कुरा गर्दै यो चरणको कार्यक्रम समापन भएपनि आगामी दिनमा दवावमूलक कार्यक्रम जारी रहने बताउनु भयो ।
भूपु सैनिकहरुले आज काठमाडौंको माईतिघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि संघर्षको मैदानमा छ ।
यस भर्तिको विरुद्धमा खोलिएका संगठनहरु अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पदम सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्समा पुगेको छ । उसले कुटनीतक, राजनीति पहल हुँदै, सडकदेखि सर्बोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
बिगेसोले अदालतमा लडेको कानुनी लडाईले ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।
सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरुप निरन्तर संघर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग बार्ता पनि गर्न थालेको उनिहरु बताउँछन् । सरकारले बार्ता गरे पनि कर्मकाण्ड चलाएको भन्दै आन्दोलन चर्काउँदै लगेका छन् । फोटो – जय दाहाल