जन सम्बन्ध विस्तार अभियानको देशब्यापी उद्घाटन हुँदै

चैत्र ३, काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र ४ गते जन सम्बन्ध विस्तार अभियानको देशब्यापी उद्घाटन गर्दै छ । केन्द्रबाट ४ टोली निर्माण गरिएको छ । केन्द्रीय टोलीमा पाँचथरको चियोभन्ज्याङबाट उद्घाटन हुने टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, झापाको काँकडभिट्टाबाट उद्घाटन हुने टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिक , बैतडीको झुलाघाटबाट उद्घाटन हुने टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र कंचनपुरको गड्डाचौकीबाट उद्घाटन हुने टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले गर्दै हुनुहुन्छ । त्यसका अलाबा विभिन्न ब्युरोले आफ्ना ब्युरोमा बेग्लाबेग्लै उद्घाटन कार्यक्रम पनि बनाएका छन् ।

१ नम्बर ब्युरो
पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गरेको केन्द्रीय टोलीले चैत ४ गते कन्चनपुर जिल्लाको भारतीय सिमानासँग जोडिएको गड्डाचौकीबाट जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्नेछ । उक्त अभियानको बारेमा जानकारी गराउन चैत्र ३ गते महेन्द्रनगरमा उक्त टोलीले पत्रकार सम्मेलन सम्पन्न गरेकोछ ।
पार्टीका अर्का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले नेतृत्व गरेको अर्को केन्द्रीय टोलीले बैतडीको झुलाघाटबाट अभियानको उद्घाटन गरी अगाडि बढ्ने बताइएको छ । सुदर्शनले नेतृत्व गरेको टोली आज बैतडीको सदरमुकाम खलङ्गा पुगेको छ । गस टोलीले चैत्र ४ गते विहान ८ बजे सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गर्ने छ । दिउसो झुलाघाटमा अभियानको उद्घाटन पछि गोठालापानी आएर सभा गर्ने छ ।

२ नम्बर ब्युरो
दुई नम्बर ब्युरोका ईन्चार्ज महानले बताए अनुसार दुई नम्बर ब्युरोले बेग्लै उद्घाटन कार्यक्रम राखेको छैन । कन्चनपुरको गड्डाचौकीबाट सुरु हुने केन्द्रीय टोलीको उद्घाटनमा दुई नम्बर ब्युरोबाट सहभागी हुने कार्यक्रम बनाइएको छ ।

३ नम्बर ब्युरो
यस ब्युरो अन्तर्गतका बाँकेको नेपालगन्ज धम्बोजी चोक , बर्दियाको मैनापोखर ,सुर्खेतको बीरेन्द्रनगर, जाजरकोट र दैलेखमा अभियानको उद्घाटन हुने पार्टीका तीन नम्बर सेक्रेटरी दीपक शाहीले बताउनु भयो ।

४ नम्बर ब्युरो
यस ब्युरोले दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढमा एक सभा गरी जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गर्ने कार्यक्रम बनाएको ब्युरो सेक्रेटरी निरज केसीले बताउनु भयो ।

५ नम्बर ब्युरो
यस ब्यूरोले आफ्नो मातहतका जिल्लाहरूमा चैत्र ४ गते एकै चोटी फरक फरक कार्यक्रम गरेर जन सम्बन्ध विस्तार अभियान अगाडि बढाउने भएको छ । रुपन्देहीको हरैया बजारमा सभा गरी अभियानको उद्घाटन गरिने छ । त्यस सभालाई पार्टीका पोलिट्ब्युरो सदस्य प्रेम सुवेदी , जिल्ला सचिव लक्ष्मीकान्त पौडेल सहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अर्घाखाँचीमा पत्रकार सम्मेलन गरेर अभियानको थालनी गरिदैछ । पत्रकार सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले सम्बोधन गर्ने कार्यक्रम बनेको छ । गुल्मीको ठूलो लुम्पेक , कपिलवस्तुको गोरूसिङ्गे ,नवलपरासीको सुस्ताबाट अभियान सुरु हुनेछ ।

६ नम्बर ब्युरो
यस ब्युरोले अभियानको लागि आबश्यक तयारीमा गर्दैछ।

७ नम्बर ब्युरो
यश ब्युरोले कास्कीको पोखराको सृजना चोकमा सभा गरी अभियान थालनी गर्ने उओजना बनाएको ब्युरो ईन्चार्ज शेर कुमार खडकाले बताउनु भयो ।

८ नम्बर ब्यूरो
धादिङको गल्छीमा सभा गरि यस ब्यूरोले अभियानको थालनी गर्ने ब्युरो ईन्चार्ज भिमप्रशाद चापागाईले बताउनु भयो । केन्द्रिय अभियान टोली यस ब्युरोमा आउनु अघि र पछि गरी दुई चरणको कार्यक्रम यश ब्युरोले तय गरेकोछ ।

९ नम्बर ब्युरो
चैत ४ गते यस ब्युरोले जनसम्बन्ध बिस्तार अभियानको उद्घाटन ललितपुरको लगनखेलमा सम्पन्न गर्ने कार्यक्रम तय गरेकोछ ।

१० नम्बर ब्युरो
काभ्रेको पाँचखालमा सभा गरी यस ब्यूरोले अभियानको थालनी गर्ने ब्युरो ईन्चार्ज सुरेश श्रेष्ठले बताउनु भयो । ४ गते नै पाँचखालमा घर दैलो अभियान सन्चालन गर्ने , ५ गते अनेकोटमा साँस्कृतिक प्रतिरोध दिवस मनाउने समेत कार्यक्रम बनाइएको छ ।

११ नम्बर ब्युरो

यस व्युरो अन्तर्गत चितवनकोे पूर्वी भाग पिप्लेबाट, नवलपुरको गैडाकोटबाट र मकवानपुरको हेटौडाबाट अभियानको उद्घाटन हुन थालेको व्युरो सेक्रेटरी असोक लम्सालले बताउनु भयो ।

१२ नम्बर ब्युरो
यस ब्युरोल्रे बारा जिल्लाबाट जन सम्बन्ध विस्तार अभियानको थालनी गर्ने जनाएकोछ ।

१३ नम्बर ब्युरो
यस ब्युरो अन्तर्गत धनुषाको नगरायण र सिराहाको गोलबजारबाट अभियानको थालनी हुने बताइएकोछ ।

१४ नम्बर ब्युरो
यस ब्युरोले ओखलढुंगाको रामपुर र उदयपुरको गाईघाटमा अभियानको उद्धाटन गर्ने कार्यक्रम तय गरिएको ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठले बताउनु भयो ।

१५ नम्बर ब्युरो
यस ब्युरोले बेग्लै उद्घाटन कार्यक्रम राखेको छैन । झापाबाट सुरु हुने केन्द्रीय टोलीको उद्घाटनमा १५ नम्बर ब्युरोबाट सहभागी हुने कार्यक्रम बनाइएको र चैत्र ११ गते केन्द्रीय टोलीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको ब्युरो इन्चार्ज सिताराम बुढाथोकीले बताउनु भयो ।

१६ नम्बर ब्युरो
यस ब्युरोमा पार्टीका स्थायी समिति सदस्य राम सिंह श्रीसको नेतृत्वको केन्द्रीय टोलीले आज पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापकहरू सित छलफल गर्नुका साथै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू सित पनि छलफल कार्यक्रम आयोजना गरेको टोलीका सदस्य सुरेन्द्र भण्डारीले बताउनु भयो । आजै टोली पाँचथरको च्याङ्थापु पुगेकोछ र भोली दिउँसो पाँचथरकै चियोभन्ज्याङबाट अभियानको उद्घाटन गर्ने छ । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल नेतृत्वको अर्को केन्द्रीय टोली आज झापाको सालबाडी पुगेकोछ । यस टोलीले चैत्र ४ गते झापाको कांकडभिट्टा बजारमा अभियानको उद्घाटन गर्ने छ ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित