चैत्र ४, ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले ललितपुर लगनखेलमा ९ नम्बर ब्युरोको जनसम्बन्ध विस्तार अभियान उद्घाटन गर्नु भएको छ । ९ नम्बर ब्युरोमा ब्युरो ईन्चार्ज दिनेश शर्मा र ब्यूरो सेक्रेटरी चिन्तामणी पौडेलको नेतृत्वमा दुई वटा अभियान टोली बनेको छ । कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महासचिव गौरवले दुबै टोलीका नेता शर्मा र पौडेललाई कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नु भयो ।
९ नम्बर ब्युरो ईन्चार्ज दिनेश शर्मा ,क्रान्तिकारी किसान महासंघ नेपालकाका
अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ ,वुद्धिजीबी मोर्चाका प्राध्यापक डाक्टर जगदिश चन्द्र भण्डारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) केन्द्रीय संयोजक महेश श्रेष्ठ , महिला नेतृ सपना राजथला लगायतले मन्तब्य राख्नु भएको थियो ।
अध्यक्षता पार्टीको पि बि एम तथा ब्युरो सेक्रेटरी चिन्तामणी पौडेल , स्वागत बैकल्पिक के स सुरेश अधिकारी र सन्चालन के स श्याम केसीले गर्नु भएको थियो ।
अन्त्यमा निम्न नारा लगाइएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल – जिन्दावाद
मार्क्सवाद, लेनिनवाद, माओवाद –जिन्दावाद
नयाँ जनवाद – बैज्ञानिक समाजवाद – जिन्दावाद
सबैखाले साम्राज्यवाद – मूर्दावाद
दलाल संसदीय व्यवस्था – मूर्दावाद
असमान सन्धि सम्झौता– खारेज गर
वीर सहिदहरू – लाल सलाम
सम्पूर्ण राजवन्दीहरू– रिहाई गर ।