चैत्र ५,काठमाडौं । प्रगतिशील साहित्यकारहरुको कविता वाचन सहित सांस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । इच्छुक प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवहाक महासचिव सीपी गजुरेल गौरवले सहिदहरुको सपना पूरा गर्न क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा सो पार्टीका पोलिट्व्यूरो सदस्य तथा ९ नं. व्यूरो इन्चार्ज दिनेश शर्मा, पोलिट्व्यूरो सदस्य तथा ९ नं. व्यूरो सचिव चिन्तामणि पौडेलको आतिथ्यता थियो । कार्यक्रम इन्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता, संचालन गौरी देवकोटाले गर्नु भएको थियो ।
शुसेला सांस्कृतिक समूहले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगतिशील लेखक तथा नाटककार खेम थपलिया, लेखक संगीत स्रोतालाई पनि अतिथि आसन ग्रहण गराइएको थियो ।
साहित्यकार मोदनाथ मरहठ्ठा, डा. नन्दिश अधिकारी, अग्निराज, मधु श्रेष्ठ, पुण्य आचार्य, बलराम तिमल्सिना, रामबहादुर बुढा, शीला योगी, विष्णु भण्डारी, संगीत स्रोता, मित्रलाल पंगेनी, गौरी देवकोटा लगायतले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी काभ्रेको अनेकोट स्थित सहिद स्तम्भमा अनेकोट हत्याकाण्डका महान सहिदहरु च्याङ्वा लामा, चिनीमाया लामा, गुम्बसिंह लामा, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा र मञ्जु बमको शालिकमा माल्र्यापणसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० नं. ब्यूरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो । १० नं. जनसम्बन्ध विस्तार अभियान दलका नेता सुरेश श्रेष्ठसहितका नेताहरुले देशमा जनगणतन्त्रको स्थापना गरेर मात्रै अनेकोटका महान सहिदहरु लगायत आमूल परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदानमाथि न्याय गर्न सकिने बताउनु भयो ।
प्राप्त समाचार अनुसार चारवटै केन्द्रीय अभियान टोली र व्यूरोहरुमा सञ्चालित अभियान टोलीहरुले पनि आज विभिन्न कार्यक्रम गरी अनेकोट हत्याकाण्डका महान सहिदहरुको उच्च बलिदानलाई सगर्व स्मरण गरेका छन् ।
फोटो ः जय दाहाल