चैत्र – ७,काठमाडौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि गठन गरेको ४ वटै टोलीले निरन्तर कार्यक्रम अगाडि बढाइरहेको छ ।
चियोभञ्ज्याङबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोली तेहथुमको सदरमुकाम म्याङलङ बजार आइपुगेको छ । आठराई सक्रान्ति बजारमा कार्यक्रम सम्पन्न गरी हिजो बेलुकी नौ बजे यो टोली म्याङलुङ आई पुगेको हो। पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले नेतृत्व गरेको यो टोलीले आज म्याङलुङ बजारमा जनभेटघाट कार्यक्रम गर्ने छ ।
काँकडभिट्टाबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले झापाको कमल गाउँपालिकाको केरखा, पाडाजुमी,र दमक बजारमा कार्यक्रम गर्ने छ । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेतृत्व गरेको यो टोलीले बेलुकी झापाबाट मोरङ जिल्ला प्रवेश गर्ने छ ।
झुलाघाटबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ६गते बेलुकी डडेल्धुरा प्रवेश गरेको हो ।आज यस टोलीले डडेल्धुराको अजेमेरु गाउँपालिकाको चमडा र भद्रपुरमा कार्यक्रम गर्नेछ ।
गड्डाचौकीबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ७ गते कञ्चनपुरकोे टनकपुर ब्यारेज अध्ययन अवलोकन गरी ब्रह्मदेव वजारमा कार्यक्रम गर्दै छ । पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गरेको यो टोलीले हिजो आरक्ष पीडितहरु सित छलफल गरेको थियो ।