काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १३ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं १
अभियान टोलीले बिहान मकवापुर जिल्लाको बकैया गा.पा. १२ हिंगनमा भित्तेलेखन र पर्चा वितरण गरेको छ । मकवापुर जिल्लाको बकैया गा पा १२ हिंगनमा मकवानपुर जिल्ला सचिव सद्दाम हुसेनले जनसम्वन्ध विस्तार अभियानको केन्द्रीय टोलीलाई ललितपुर जिल्ला सचिव जगदिश्वर महर्जनलाई हस्तान्तरण गर्ने काम भयो ।
कोण सभा
बागमती गा.पा.भट्टेडाँडा छवेनीमा कोणसभा सम्पन्न भयो । सम्वोधन पिवीएम फुर्नाम्गेल मोक्तानले गर्नु भयो । संचालन ललितपुर जिल्ला सचिव जगदिश्वर महर्जनले गर्नु भयो ।आजै ललितपुर जिल्लाको छवेनी, भटटेडाँडा, यकुडोल, भकारी डाँडा, बुखेल र छोसिन्डोलमा जाने काम भयो । गएका प्राय सबै ठाँउमा पर्चा वितरणर भित्तेलेखन भयो ।
टोली नम्बर २
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ७, मेलचौरमा पिँढी सभा गरिएको छ । सभामा शिव श्रेष्ठ र सोमान सिंह तामाङले विषय राख्नुभएको हो । सिन्धुपाल्चोक जिल्लाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला सचिव धन गोलेले गर्नुभएको हो । पार्टीको स्थायी कमिटी सदस्य तथा अभियान टोली प्रमुख सन्त बहादुर नेपालीले रातो तुल काटेर ब्यानर खोलेर कार्यालय उद्घाटन गर्नुभएको हो । अभियानबारे एवम् पार्टीको नीति अवधारणाबारे प्रमुख अतिथिले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको हो । कार्यालय उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन अर्पणा श्रेष्ठले गर्नुभएको हो । तेस्रो कार्यक्रम चौतारा बजारमा कोणसभा गरिएको छ । कोणसभाको संचालन जिल्ला सचिव धन गोलेले गर्नुभएको छ । जनसम्बन्ध अभियान बारे पार्टीको नीति तथा कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्नुभएको हो ।
काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका दोलालघाटमा अभियान टोलीलाई भव्इ स्वागत गरेको छ । सिन्धुपाल्चोक जिल्लाका सचिव धन गोलेले काभ्रे जिल्ला कमिटीलाई पार्टीको झण्डा हस्तान्तरण गरेर काभ्रे जिल्लामा खादा लगाएर भव्य स्वागत गरेको छ । स्वागत पश्चात् कोणसभा गरिएको हो । सभाको संचालन काभ्रे जिल्ला सचिव ढोग प्रसाद अधिकारीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले गर्नुभएको हो । दोस्रो कोणसभा धुलिखेल नगरपालिका वडा नम्बर ७, सरस्वती बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचिव ढोग प्रसाद अधिकारीले गर्नुभएको हो । सभामा अभियानबारे पार्टीको नीति तथा कार्यक्रमबारे १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो ।
टोली नम्बर ३
गोरखा नगरपालिका –१० छेपेटार बाट अभियान टोली गोरखा जिल्लाको सदरमुकाम गोरखा निस्कनु भन्दा पहिले संविधान सभा सदस्य ज्ञानेन्द्र कुमाल सँग भेटघाट भयो र देशको समसामयिक विषयमा छलफल भएको थियो।
गोरखा बजारमा पुगेपछि जिल्ला समन्वय समिति गोरखा कि उप– प्रमुख लिला परियार र नेकपा (माओवादी केन्द्र ) की केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभासद् शुसिला सिम्खडा सँग भेटघाट गर्यो र देशको तात्कालीन राजनैतिक परिस्थितिको बारेमा छलफल र पार्टीको जनसम्बन्ध विस्तार अभियानको बारेमा जानकारी गराइएको थियो।
गोरखाका पुराना कम्युनिष्ट नेता राम प्रशाद अर्याल ( ८२ वर्षिय ) सँग उहाँको निवासमा भेटघाट भयो। उच्च रक्तचापको कारणले पक्षघात भई असक्त अवस्थामा रहनु भएका रामप्रसाद अर्याल प्रति अभियान टोली प्रमुख कृष्णराज पौडलले स्वास्थ्य लाभको कामना गर्दै उहाँको परिवारसँग उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो। राष्ट्रिय जनमोर्चा प्रति आस्थावान राम प्रशाद अर्याल अहिले हिडडुल र बोलचाल समेत गर्न न सक्ने अवस्थामा हुनु हुन्छ।
अभियान टोलीले गोरखामा रहेको गोरखा दरबार संग्रहालय र गोरखा दरबार क्षेत्रको अध्ययन अवलोकन गरेको थियो।
त्यसपछि अभियान टोलीले गोरखा नगरपालिका वार्ड नं –६ को हरमटारी चोकमा कोणसभा सम्पन्न गर्यो। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो।ूअहिले देशमा सबै क्षेत्रमा आन्दोलन छ। डाक्टरहरु आफ्नो माग राख्दै आन्दोलित छन् । शिक्षकहरू लामो समयदेखि आन्दोलित छन् । सरकार कानमा तेल हालेर बसेको छ । यो देशमा किसानहरुको समस्या जस्ता कै त्यस्तै छ। युवाहरु रोजगारको अभावले ठुलो संख्यामा विदेश पलायन भैरहेको अवस्था छ । महिलाहरु असुरक्षित छन्। दलित समुदाय माथि विभेदै विभेद छ। होइन सरकार सञ्चालकहरु के हेरेर बसेका छ्न् यिनीहरू को काम के हो ? उहाँको गम्भीर प्रश्न थियो। के नेपाल जनता यस्तै सहेरै बस्ने हो त ? उहाँको थप जोड थियो अब फेरि नेपाली जनताले आन्दोलनको आँधिबेहरी ल्याउन जरुरी छ र त्यो आन्दोलनको नेतृत्व जनताको पक्षबाट हामीले गर्न तयार छौ भन्नु भएको थियो । कोणसभालाई सञ्चालन ७ नम्बर व्यूरो सचिव नारायण अधिकारीले गर्नु भएको थियो।
लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय नेता भक्ति प्रशाद लामिछाने सित पनि भेटघाट भयो। उहाँसँगको भेटघाट तथा छलफलमा अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो। जनसम्बन्ध विस्तार अभियान ठीक भएको, जनताको घरदैलोमा पुगेर नेपाली जनताको जीवनस्तर र वर्तमान देशको अवस्थालाई ग्राउण्ड लेबलमा पुगेर बुझ्ने कुरा ठीक भएको उहाँको भनाइ थियो।
सुधारवाद र सुधार गर्ने बिषय फरक भएको वताउदै उहाँले अहिले जनतन्त्रका लागि केही काम भएता पनि राष्ट्रियता र जनजीविकाको लागि केही हुन नसकेको बताउनु भयो। देशको अवस्था बरबाद भएकोमा आफुलाई दुःख लागेको बताउनु भयो। जनयुद्धमा शुरु देखि नै सहभागी हुनुभएका भक्ति प्रशाद लामिछानेको, जनयुद्धका महत्त्वपूर्ण योगदान र केही सकरात्मक उपलब्धि पनि रहेको र केही कम्जोरी र गल्ती रहेको भन्दै यसको विषयमा गम्भीर तरिकाले समीक्षा गर्न सकिएन भने यसको जग्गामा आगामी दिनमा आन्दोलन वा संघर्षको उठान गर्न न सकिने बताउनु भयो। २०८४ को निर्वाचनमा दल दर्ता गरेर निर्बाचनमा जाने सोच बनाउनुभएको भक्ति प्रशाद लामिछाने अहिले आफु कुनै पार्टीमा नरहेको बताउँदै आफु स्वतन्त्रता वामपन्थी नेता भन्न रुचाउने बताउनु भयो।
अभियान टोलीको चिया गफको बेलामा नेकपा ( एमाले ) गण्डकी प्रदेश सदस्य बाबुराम थापासँग पनि भेट भएको थियो। देशको समसामयिक राजनैतिक अवस्थाको बारेमा अभियान टोलीको छलफल भयो। वर्तमान राजनैतिक परिस्थिति तयार हुनुमा उहाँको धारणा थियो । १० सत्ताको वरिपरि रहेर सेवा सुविधा प्राप्त गरेकाहरुमा चरम प्रकारको घमण्ड र दम्भको विकास भएर गयो भने नपाउनेहरुमा घोर निराश र कुण्ठाले काम गर्यो। २० गणतन्त्र सापेक्षिक शिक्षाको विकास गर्न सकिएन। पञ्चायतले सुधारिएको शिक्षा नीति ल्यायो। कमसेकम पाठ्यक्रममा राणाहरूको कर्तुत ,कोतपर्व, भण्डारखाल पर्व जस्ता विषयमा पढायो। तर हामीले पञ्चायती व्यवस्थाको निरङ्कुशता र राजा महाराजाहरूको कर्तुतका बारेमा पाठ्यक्रम पनि बनाएनौ र नयाँ पुस्तालाई पढाउने काम पनि गरेनौ। जसले गर्दा अहिलेको यो अवस्था सिर्जना भयो। ३० विद्यालयलाई शान्ति क्षेत्रको नाममा राजनैतिक चेतनाबाट वञ्चित बनाउने काम भयो। जसले गर्दा पछिल्लो युवा पुस्तामा राजनीतिक चेतनाको अभाव देखियो। राजनीतिक देखि चरम वितृष्णा पैदा भयो। उनीहरूको मानसिकतामा विदेश जाने बाहेक अरु विकल्प नरहेको शिक्षा प्रदान गरियो।
गोरखा बजार क्षेत्रमा अभियान टोलीले पर्चा वितरण र विहान देखि साँझ सम्ममा भेटघाटमा व्यस्त रह्यो। साँझको बास गोरखा बजारमै गरेर अभियान टोली १४ गते नुवाकोट प्रस्थान गर्नेछ ।
टोली नं ४
यो अभियान टोलीले चितवन जिल्लामा ६ वटा कोण सभा सम्पन्न गरेको छ ।
प्रथम कोण सभा
चितवन जिल्ला भरतपुर महानगरपालिकाको नारायणगढ बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ।कोण सभाका संचालक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य नवीन खड्का हुनुहुन्थ्यो ।
दोस्रो कोण सभा
चितवन जिल्लाको भरतपुर महानगरपालिकाको २४ कोटे बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो । संचालक दिनेश थापा (केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज) हुनुहुन्थ्यो र कोणसभाका वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य धनेस्वर पोखरेल हुनुहुन्थ्यो ।
तेस्रो कोण सभा
चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा कोणसभा सम्पन्न भएको छ । कोण सभाको संचालक दिनेश थापा र वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज होम बहादुर खड्का हुकुम हुनुहुन्थ्यो ।
तेस्रो कोण सभा
चितवन जिल्लाको भरतपुर महानगरपालिकाको रामपुर बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो ।कोण सभाका संचालक दिनेश थापा र वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य विकास सापकोटा हुनुहुन्थ्यो ।
चौथो कोण सभा
चितवन जिल्लाका भरतपुर महानगरपालिकाको बिजयनगर बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो । कोण सभाका संचालक दिनेश थापा रक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा चितवन जिल्ला सचिव विकास सापकोटा हुनुहुन्थ्यो ।
पाँचौ कोण सभा
चितवन जिल्ला भरतपुर महानगरपालिकाको चनौली बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो । कोण सभा संचालन दिनेश थापा ९केन्द्रीय समिति सदस्य तथा कैलाली इन्चार्ज सम्बोधन हेमन्त प्रकाश ओली सुदर्शन स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख ले गर्नु भयो ।
छैठौं कोण सभा
चितवन जिल्लाको भरतपुर नगरपालिकाको पर्साढाप बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । कोण सभाको संचालक दिनेश थापा ( कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य )रवक्ता नवीन खड्का ( केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य) हुनुहुन्थ्यो ।चितवन जिल्लामा व्यापक पर्चा वितरण गरिएकोछ ।
व्यापक नारा लेख्ने काम पनि सम्पन्न भएको छ ।