४४ औं दिनमा ४ वटै टोली काठमाडौ प्रवेश

काठमाडौ । जनसम्बन्ध विस्तार अभियानका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गठन गरेको ४ वटै टोली ४४ औं दिनमा काठमाडौ प्रवेश गरेका छन् । पाँचथरको चियोभन्ज्याङ , झापाको काँकडभिट्टा , कन्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाटबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेका ४ टोलीले ५७ जिल्लामा कार्यक्रम गर्दै वैशाख १६ गते काठमाडौं भित्रिएका हुन् ।

स्थायी समिति सदस्य राम सिंह श्रीसले नेतृत्व गरेको टोली नम्बर १ लाई ललितपुर कुपोन्डोल स्थित पार्टीको केन्द्रीय कार्यालयमा कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले स्वागत गर्नु भएको थियो ।

अर्का स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले नेतृत्व गर्नु भएको टोली नम्बर २ लाई काठमाडौको शङ्खरापुर नगरपलिका वडा नम्बर ३ को कात्तिकेमा पार्टीका काठमाडौ जिल्ला सचिव केदार खतिवडाले गुलाबको फूल दिएर स्वागत गर्नु भएको थियो ।

स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गर्नु भएको टोली नम्बर ३ लाई त्वखा नगरपालिकाकोको झोरमा पार्टीको काठमाडौ महानगर सचिव तथा केन्द्रीय सदस्य पेशल दाहाल सहितको टोलीले स्वागत गरेको थियो ।

स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले नेतृत्व गरेको टोली नम्बर ४ राती १० बजे मात्र धादिङबाट काठमाडौं प्रबेश गरेको थियो । टोली नम्बर ४ लाई वैशाख १७ गते दिनमा काठमाडौ जिल्ला पार्टीले थानकोटमा स्वागत गर्दै छ ।

 

दर्जनौं पत्रकार सम्मेलन, दर्जनौं अन्तरक्रिया, सयौं कोण सभा, हजारौं भित्तेलेखन, लाखौं जनता सित भेटघाट गर्दै टोलीहरु काठमाडौं आइपुगेका हुन् ।

वैशाख १७ गते काठमाडौंका विभिन्न ठाउँमा कोण सभा गर्ने र वैशाख १८ गते दिउँसो असनमा जम्मा भइ भूगोल पार्क गएर मई दिवस मनाउँदै जन सम्बन्ध विस्तार अभियान समापन गरिने बताइएकोछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित