१३६ औं मजदुर दिवस मनाउँदै जनसम्बन्ध विस्तार अभियानको समापन

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले १३६ औं मई दिवस मनाउँदै जनसम्बन्ध विस्तार अभियान समापन गरेको छ । गत चैत्र ४ गते शुरु भएको पार्टीको जनसम्बन्ध विस्तार अभियान ४६ औं दिनमा समापन गरिएको हो ।
केन्द्रीय अभियान टोलीको समापन कुपण्डोलस्थित पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा भव्य समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । जनसम्बन्ध विस्तार अभियानको समापन र १३६ औं मई दिवस समारोहको सभापति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहाक महासचिव सीपी गजुरेल गौरवले गर्नु भएको थियो । अध्यक्षको आसनबाट बौल्दै गौरवले डेढ महिना भन्दा बढी लामो समय अभियानको नेतृत्व गर्ने अभियान टोलीका प्रमुखहरु, अभियान टोलीका सदस्यहरु ,अभियान सफल पार्न योगदान पु¥याउने व्यूरो ,जिल्ला पार्टी ,सम्पूर्ण पार्टी कमिटीर पार्टी सदस्यहरु ,अभियान सफल पार्न सहयोग गर्ने समर्थक शुभचिन्तकहरु सबैलाई बधाई र धन्यवाद दिनु भयो । गौरवले अर्को प्रसंगमा राजतन्त्र भन्दा लोकतान्त्रिक गणतन्त्र तुलनात्मक रुपले प्रगतिशील भएको भए पनि लोकतान्त्रिक गणतन्त्र पनि प्रतिक्रियावादी गणतन्त्र हो, त्यसैले लोकतान्त्रिक गणतन्त्रबाट देश र जनताको मुक्ति नहुने हुँदा देश र जनताको मुक्तिकोलागि जनगणतन्त्र आवश्यक भएको बताउनु भयो । जनसम्बन्ध विस्तार अभियानको समीक्षा गरेर पार्टीले छिट्टै जनतामा जाने गरी कार्यक्रम पनि तय गर्ने गौरवले बताउनु भयो ।


कार्यक्रमको संचालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदीले र स्वागत स्थायी समिति सदस्य इन्द्र मोहन सिग्देल वसन्तले गर्नु भएको थियो।
पार्टीको स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नं २ का प्रमुख सन्तबहादुर नेपालीले यो अभियानले जनताका बीचमा गएर शोषित पीडित जनतालाई संगठित गर्नु पर्दछ र गर्न सकिन्छ भन्ने शिक्षा दिएको बताउनु भयो । उहाँले मजदुर दिवसका सन्दर्भमा बोल्दै भन्नु भयो “ कानुनमा ८ घण्टा कार्य दिवस बताइए पनि ज्याला थोरै दिएर मजदुरलाई ओ.टि. ( ओभर टाइम) को लोभ देखाएर पुँजीवादीहरुले शोषण गरेको १५÷ २० घण्टा मजदुरलाई कज्याएका छन् । नयाँ जनवाद – समाजवाद नल्याई मजदुरहरको मुक्ति हुन्न ”
पार्टीका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नं १ का प्रमुख रामसिङ श्रीसले जनाका बीचमा जाँदा सरकारले भन्दा पनि यहााका पार्टीका गलत नीति हो । किनकि पार्टीको नीति सरकारले लागू गर्ने हो । भन्ने कुरा जनतामा लगेको कुरा सुनाउनु भयो।
पार्टीको स्थायी समिति सदस्य तथा टोली नं ३ का प्रमुख कृष्णराज पौडेलले टोलीले आरक्ष पीडित ,सहकारी पीडित ,मिटरव्याज र लघुवित्त पीडितका बीचमा पुगेको र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी सित छलफल चलाएको सुनाउनु भयो ।४८ करोड बजेट भएको पालिकामा जम्मा ६ करोड मात्र विकास र निर्माणमा खर्च भएको बाँकी जनप्रतिनिधि र कर्मचारीलाई खर्च भएको , देशभरी यही अनुपातमा रकम वितरण भएको समेत उहाँले सुनाउनु भयो ।
पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली नं ४ का प्रमुख हेमन्तप्रकाश ओली सुदर्शनले यस अभियानबाट तीन वटा पार्टीका बीचमा भएको एकताको सन्देश दिन नवगठित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई जनतामा स्थापित गर्न सफल भएको बताउनु भयो । नेपाली समाजको चरित्र नवऔपनिवेशिक भएको कुरा जनतामा पु¥यायौं। यो अभियानले हामीले आफूले आफैलाई परीक्षणको शुरुवात पनि हो ।भन्नु भयो । क्रान्तिकालागि नयाँ ढंगले अगाडि जानु पर्दछ ।भन्ने यसले शिक्षा दिएको छ । क्राीन्तकारी किसान महासंघ नेपालका सहसंयोजक तथा अभियान टोली नं ४ का सदस्य धनैश्वर पोख्रेलले किसानहरको आफ्नै ठाउँबाट बेदखल हुनु परेको अवस्था छ भन्नु भयो । सरकारले किसानहरुको जग्गा कब्जा गरेर कर्पोरेट फार्मिङ लागू गर्न खोजेको बताउनु भयो । आफूहरु त्यसका विरुद्धमा लागिरहेको उहाँको भनाइ थियो ।
क्रान्तिकारी टे«डयुनियन महासंघ नेपालका संयोजक इश्वर तिमिल्सिनाले १८८६ मई १ देखि अमेरिकाको शिकागोमा ८ घण्टा श्रमको माग गर्दै आन्दोलन शुरु भएको ,७ जनाले शहादत प्राप्त गरेका,े १८९० देखि मई १ दिवस मनाउन थालिएको इतिहास स्मरण गर्नु भयो र मजदुर आन्दोलनको क्रान्तिकारी परम्परालाई अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।
क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुडभरीले महिलाहरुको कामलाई कामका रुपमा राज्यले गणना गर्न नसकेको बताउनु भयो । ४८.९ प्रतिशत महिलाहरु आर्थिक उपार्जनको कार्यमा सहभागी नभएको भन्ने कुरा बताउनु भयो । सरकारको यो प्रतिवेदनले नै पनि महिलाहरु कति उत्पीडनमा छन् ,घरेलु दास भएका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, रक्तिमकी केन्द्रीय सदस्य प्रतिभा पौडेल ,सामना परिवारका अध्यक्ष असल पाख्रिन ,जनकलाकार सन्ध्या जिएम लगायतले जनवादी गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । पार्टीका केन्द्रीय सल्लाहकार सालिकग्राम भण्डारीलाई पनि आसन ग्रहण गराइएको थियो ।

वैशाख १८ गते नै सहिद मित्रमणि आर्चायको पनि २०४२ सालमा चितवनको रामपुर कृषि क्याम्पसमा तत्कालीन पञ्च नेपाली कांग्रेसका गुण्डाहरुले निर्ममतापूर्वक हत्या गरेको दिन पनि हो ।कार्यक्रममा मित्रमणि आचार्य प्रति श्रद्धाञ्जली अर्पण सहित ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।कार्यक्रमको शुरुमा अन्तर्राष्ट्रिय गीत गाइएको थियो । कार्यक्रम शुरु हुनभन्दा पहिले जुलुस प्रदर्शन गरिएको थियो ।जुलुस कुपण्डोलबाट थापाथली आइ पुनः कुपण्डोलमा नै पुगेर सभामा परिणत भएको थियो । १३६औं मई दिवश सफल पारौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद ।दलाल संसदीय व्यवस्था मुर्दावाद , क्रान्तिकारी ट्रेडयुनियन महासंघ जिन्दावाद , मालेमावाद जिन्दावाद भ्रष्टाचारीलाई कारवाही गर , मजदुर एकता जिन्दावाद ,हायर एण्ड फायर र नो वर्क नो पे को नीति बन्द गर लगायतका नाराहरु लगाइएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित