जनसम्बन्ध विस्तार अभियानमा बटुलिएका अनुभव

चन्द्रहरी सुवेदी
पोलिटव्यूरो सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तथा अभियान टोली नं. १ का सदस्य


शुरुवाती दिनदेखि म पाँचथरको चियोभञ्ज्याङबाट अभियानमा जोडिएँ । सिराहाबाट म छुटें । वैशाख १ गते रौतहटको गौरबाट म फेरि अभियानमा जोडिएँ । रामसिंहजीहरु फागुन २९ गते नै काठमाडौंबाट हिंड्नु भएको हो । चैत्र ४ गतेबाट अभियानको थालनी भएको हो तर अभियान उद्घाटनको तयारी बाटो म्याद जोड्दा यो अभियान ५० दिनको अभियान हो । हामी अलि मनोगतवादी भयौं कि भन्ने लागेको छ । हरेक टिममा ३÷३ ज ना कलाकार हुनुपर्ने, हरेक टिममा स्वयंसेवकहरु हुनुपर्ने र २०÷२० जनाको टिम बनाउनु पर्दछ भनेका थियौं । त्यो सोंचे अनुरुप हुन सकेन । यस टिममा रामसिंह श्रीस, शारदा महत र दोर्जी शेर्पा नियमित एक दिन पनि नछुटाइकन हिंड्नु भयो । साथीहरु टिममा जोडिने र छुट्टिने क्रम चलिरह्यो । २० जनाको नियमित टिम हिंड्न नसके पनि स्थानीय साथीहरुसित समेत गरी करिव १४ जना हामी टिममा हिंड्यौं ।
धनुषादेखि पर्सासम्म मच्छेडले साथीहरुलाई असाह्य हैरान पा¥यो । गर्मी समय आएकाले मधेशमा गर्मी हुने नै भयो । वैचारिकरुपले तयार भएपछि समस्याहरु सित जुध्ने प्रतिरोधात्मक क्षमता पनि बृद्धि हुँदो रहेछ । हाम्रा गुरु फ्रेडरिक एंगेल्सले भने झैं कम्युनिष्ट पार्टी भनेको भविष्यको पार्टी हो । हामीलाई थाहा छ हाम्रो पार्टी अहिले कमजोर छ । संसदवादी पार्टीहरुले भने झैं जनतामा गएर हामीले आकाशका तारा झारिदिन्छौं भनेका छैनौं । कम्युनिस्ट आन्दोलन भनेको लामो आन्दोलन हो । हामी नआत्तिइकन, हरेस नखाइकन लगातार संघर्ष गर्दै जानुपर्दछ । भविष्य हाम्रो हो । हामीले जनतालाई बनावटी, कृत्रिम कुरा गरेका छैनौं । जनतालाई स्थितिको सही ढंगले अवगत गराएका छौं । जनताले कुरा नबुझेसम्म क्रान्ति सम्पन्न हुन्न । हाम्रा कुरा जनताले अवश्य पनि बुझ्दछन् ।
यो अभियानमा हिंड्ने क्रममा कैयौं प्रेरक प्रसंग पनि छन् । अभियान टोलीलाई लिएर हिंड्ने एउटा चालक हाम्रा कुरा सून्दासुन्दा खास पार्टी त यो रहेछ भनेछन् । हाम्रो टोलीले एक सय पचास भन्दा बढी कोणसभा सम्पन्न ग¥यो । हामीले विरोधी र हाम्रो शक्ति कति छ भन्ने थाहा पाइराख्नु पर्दछ । हामी कमजोर भएकाले प्रतिगामी शक्तिहरुले टाउको उठाउन खोजेका हुन् । यदि क्रान्तिकारी शक्तिहरु बलियो भएर जाने हो भने पश्चगामी र यथास्थितिवादीहरु मिलेर हाम्रा विरुद्धमा आउँछन् । अझै हाम्रो त्यो शक्ति तयार भएको छैन । हामीले जनताको बीचमा गएर नै त्यो शक्ति आर्जन गर्नुपर्दछ ।

अम्विका मुडभरी
केन्द्रीय संयोजक क्रान्तिकारी महिला संगठन नेपाल र अभियान टोली नं. ३ को सदस्य )


म गड्डाचौकीबाट अभियानको उद्घाटन भएदेखि नै टोली नम्बर ३ मा आबद्ध भएको हुँ । बाँकेबाट म केही दिन अभियानबाट छुट्नु प¥यो। म फेरि तनहुँबाट अभियानमा जोडिएको छु । यस अभियानमा हामीले विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, जनयुद्धका घाइते अपांग तथा शहीद परिवार सित भेटघाट गरेका छौं । जनयुद्धका अपांग घाइते तथा शहीद परिवारका सदस्यहरुले हामीलाई तपाईहरुले शहीदको सपना प्रतिक्रियावादी सत्ता स्वार्थका लागि बेच्ने काम गर्नु भएको छैन भनेर हाम्रो पार्टीको सह्राना गरेका छन् । सहिदको सपना साकार पार्न हामीलाई उत्साहित बनाएका छन् । सहयोग गर्ने वाचा गरेका छन् ।

चक्रपाणि शर्मा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अभियान टोली नं. ३ का सदस्य


म गड्डाचौकीदेखि सुर्खेतसम्मको अभियान टोलीमा सामेल भएँ । केही समय म अभियानबाट छुटें र कास्कीदेखि तनहुँसम्म फेरि जोडिएँ । राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका विचार, दृष्टिकोणलाई जनतामा प्रचार गर्ने दृष्टिकोणबाट हेर्दा यो अभियान उपलब्धिमूलक नै रहेको छ । यस अभियानबाट सांगठनिक हिसावले हाम्रो ग्राउण्ड रिअलिटी, नेता, कार्यकर्ताहरुको सैद्धान्ति–राजनैतिक स्थिति जान्न बुझ्न, एकले अर्काका बारेमा बुझ्न सम्भव भयो । फिल्डमा गइसकेपछि मास फ्रस्टेशन कुन हदसम्म छ भन्ने पनि थाहा भयो । हामीले सोंचे अनुरुप संगठन परिचालन हुन सकेको छैन । यो अभियान पछि पार्टी नेताहरु घर घर गएर बस्ने होइन । साना साना समूह बनाएर केन्द्रबाट नै जिम्मेवारी लिएर फेरि फिल्डमा जाने कार्यक्रम बनाउनु पर्दछ ।

शारदा महत
(सहसंयोजक क्रान्तिकारी महिला संगठन केन्द्रीय समिति तथा अभियान टोली नं. १, सदस्य)


पाँचथरको चियोभञ्ज्याङबाट नै म यो अभियानमा जोडिएँ । वक्ता, पर्चा वितरण, नारा जुलुशदेखि भान्छाको काम सम्हाल्नेसम्म जिम्मा पूरा गर्नु प¥यो । संगठनको कामले म धेरै ठाउँ पुगेको छु । पाँचथरु, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ मेरा लागि नयाँ ठाउँ थियो । अभियानमा हिंड्दा कैयौं दुःख, कष्टहरु हुन्छन् । तर ती दुःख कष्टलाई सहन र सामना गर्न तयार भएरै हिंडेकाले हामी कष्टमा पनि रमाउने बानी भइसकेको छ । तराई झर्दा गर्मी शुरु भइसकेको थियो । मच्छेडको समस्याले हामीलाई रातीमा सुत्न गाह्रो भएका कैयौं रातहरु रहे । दिनमा फेरि काममा खट्नु पर्दथ्यो । यो अभियानले आन्तरिक कमिटीलाई मजबुत बनाउनु पर्दछ र पार्टी कार्यकर्ताहरु जनताकै बीचमा जानु पर्दछ भन्ने शिक्षा दिएको छ ।

नारायण शर्मा
अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान तथा केन्द्रीय सदस्य क्रा.क.पा.ने. र अभियान टोली नं. २ को सदस्य


म चैत्र ४ गते देखि काँकडभिट्टादेखि सिराहासम्म टिममा रहे । केही दिन छुटें । ओखलढुंगा जान पाइन । म फेरि सिन्धुलीदेखि जोडिएँ । विगतमा पनि यस्ता अभियानमा म हिंडेको थिएँ । म विगतमा गएका जिल्लाका पनि नयाँ ठाउँहरुमा पुग्ने अवसर मिल्यो ।यस अभियानमा मलाई साथीहरुले दिएको जिम्मा पूरा गरे जस्तो लाग्छ । मैले वालपेन्टिङ गरेन । तर भिडियो बनाउने, सभा तथा कोणसभा संचालन गर्ने, वक्ताको भूमिका निर्वाह गर्ने, गीत गाउने सबै काम पूरा गरियो । यस अभियानमा हाम्रो टोलीले करिव ५० वटा छोटा भिडियोहरु तयार ग¥यो । ती भिडियोहरुलाई फेसबुक र टिकटक मार्फत् जनतामा लैजाने काम गरियो । भिडियोहरु निर्माण गर्नमा कामरेड शोभा सेन्चुरीको विशेष भूमिका छ । फेसबुक र टिकटकका कुनै भिडियो २० हजारसम्मले हेरेका छन् भने कतिपय भिडियो ५०÷६० हजारसम्मले हेरेका छन् । एउटा भिडियोलाई ५०÷६० हजारले हेर्नु भनेको राम्रै प्रचार हो ।
कार्यक्रममा जहाँ पुगिन्छ त्यहाँको परिस्थिति अनुसार गीत रोजेर भिडियो बनाउने काम गरियो । क्रान्तिकारी, देशभक्ति, समाज रुपान्तरण, शहिदको सम्मान आदि भाव दिने प्रगतिशील, जनवादी गीतहरु छानेर हामीले भिडियो बनायौं । ठाउँ परिवेशलाई पनि हेरियो । तराई मधेशतिर गएपछि मौथिली र थारु गीतमा भिडियो बनाइयो ।
कार्यक्रममा हिंड्दा दुःख, सुख सबै बेहो¥यौं । तर जनताका बीचमा जाँदा ती सबैलाई हामीले सहजै पचायौं । रमाइला क्षणहरु पनि प्रशस्तै छन् । कतिपय ठाउँमा हामी खसी बोक्ने गाडीमा पनि हिंडियो । एउटा कार्यक्रम बनायो, यसो झुल्कियो अनि हरायो गर्नु हुँदैन । फेरि कार्यक्रम बनाएर लगातार जनतामा जानुपर्दछ । मुख्य कुरा फेरि जनतामा जाने कार्यक्रम बनाउनु पर्दछ ।

क्षेत्रबहादुर थापा
केन्द्रीय सदस्य, क्रा.क.पा. ने. तथा अभियान टोली नं. २ का सदस्य


म काँकडभिट्टादेखि नै यो अभियानमा जोडिएँ । सिन्धुलीमा व्यवहारिक कारणले म छुटें । बाँकी सबै ठाउँमा टोलीसितै छु । यो सिंगो अभियानमा मेरो मुख्य जिम्मा नारा लेख्ने थियो । व्यूरोहरुले गरेको वालपेटिङ छोडेर हाम्रो केन्द्रीय अभियान टोली नं. २ ले मात्र यो डेढ महिनामा १४ सय वटा नारा लेख्यो । हाम्रो टोलीका कृष्णदेव, रंगविर दोङ, जितमानजी, विवि राई लगायतका साथीहरुले पनि भित्ते लेखनमा राम्रो भूमिका निभाउनु भयो ।
विगतमा पनि यसप्रकारको अभियानमा हिंडेको अनुभव म सित छ तर राष्ट्रियस्तरको अभियानमा हिंडेको यो मेरो लागि पहिलो अवसर हो । यस अभियानले नयाँ नयाँ ठाउँको भूगोल, संस्कार, संस्कृति, चालचलन, जनताको आर्थिक अवस्था, जीवनशैली बुझ्न अवसर मिल्यो । पार्टीले मलाई यो अवसर जुराइदिएकोमा म खुशी छु ।

नविन खड्का
केन्द्रीय कार्यालय सदस्य, अनेरास्ववियु क्रान्तिकारी तथा टोली नं. ४ का सदस्य


म डडेल्धुरादेखि अभियानको टोली नं. ४ मा जोडिएँ । मलाई व्यवस्थापकीय काममा बढी लाग्नु प¥यो । प्यूठान, अर्घाखाँची, रुपन्देही जस्ता जिल्लाका हाम्रा पार्टीहरुले अभियानको व्यवस्थापन गरेर हामीलाई सजिलो भयो । कतिपय जिल्लाले केही हदसम्म व्यवस्थापन गर्नुभयो र कुनै कुनै ठाउँमा त टीमबाट नै व्यवस्थापनको कार्यमा पूरै ध्यान दिनुपर्ने अवस्था हाम्रो टिमलाई आइप¥यो । गाडीमा हिंड्दा लाग्ने तेल खर्च, खाना नास्ता ती हाम्रा दैनिक खर्च थिए । यो अभियानमा अभियानको कार्यक्रमको रिपोर्ट मिडियालाई दिनुपर्ने मेरो अर्को जिम्मेवारी थियो । प्रत्येक दिनको समाचार मिडियामा पठाउनुपर्ने मेरो जिम्मा थियो । त्यो मैले पूरा गरें । त्यसबाहेक वक्ताको भूमिका, पर्चा वितरण लगायतका काम मैले टिमका साथीहरुसित सल्लाहमा गर्नु प¥यो । डडेल्धुरा, डोटी, अछाम, दैलेख मेरालागि नयाँ ठाउँ थिए । यो अभियानमा हिंड्दाखेरिका कतिपय भूल्नै नसकिने पलहरु छन् । सहिद परिवारका दुःख, जटिलता, घाइते अपाङ्गका कारुणिक कथाहरुले निकै भावुक बन्नु परेको, जिन्दगीमा कहिलै नदेखेको अनकन्टार भीर पहराहरु, जनताले देखाएको हामीप्रतिको असीम माया मेरो लागि सदा स्मरणीय रहनेछन् ।
यो अभियानबाट हामीले पार्टीको नामलाई स्थापित गर्न सफल भयौं । हाम्रो पार्टीको नीति जनतालाई सुनायौं । संघर्ष, संगठन, विचार सबै जनतामै छ । त्यसैले अब हामी जनताकै बीचमा जानुपर्दछ । यस अभियान पछि हामीले जनतामा जाने गरी जवस मोर्चा र पेशागत संघ÷संगठनहरुलाई बढी क्रियाशील बनाउनेतिर ध्यान दिनुपर्दछ ।

शेरबहादुर देउवा
पिविएम, क्रा.क.पा.ने., अभियान टोली नं. ३ का सदस्य )

चैत्र ४ गतेदेखि कञ्चनपुरको गड्डाचौकीबाट म यस अभियानमा जोडिएको हुँ । जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुम, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, नुवाकोट यी सबै नयाँ ठाउँहरु मेरा लागि नयाँ अनुभव हो । फरक फरक ठाउँमा नयाँ भूगोल, नयाँ संस्कृति, नयाँ संस्कारको अनुभव हुने नै भयो ।
यो लामो अभियानमा जनतामा राजनीतिप्रति निकै ठूलो वितृष्णा पाइयो । जनताले हामीलाई धेरै ठाउँमा कम्युनिष्टहरु किन फुटेको भनेर प्रश्न गरे । राजनीतिक कार्यदिशाको अन्तर्वस्तु, रणनीति र कार्यनीतिको अर्थ जनताले बुझ्न सक्दैनन् । यी त नेता र कार्यकर्ता लेभलमा प्रशिक्षित भएपछि थाहा पाउने कुरा हुन् । तथापि, हामीले सरल भाषामा जनतालाई बुझाउने कोशिश ग¥यौं । हामीले तीन वटा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाएको सन्देश सुनाउँदा जनताले खुशी प्रकट गरेका छन् । तपाईहरुको पार्टीले देश र जनतालाई धोका नदिएको पार्टी हो भनेर जनताले हाम्रो पार्टीलाई मूल्यांकन गरेको पायौं ।
हामीले जनतालाई निराशा समस्याको समाधान हैन । निराशाले जीवनको प्रतिनिधित्व गर्दैन भन्ने कुरा बतायौं । मुख्य कुरा कार्यदिशाको विषय हो । दलाल पुँजीवादी शोषणका विरुद्धमा हामी संघर्षरत छौं । हामीले निरन्तर क्रान्तिमा विश्वास गर्दछौं भन्ने कुरा बतायौं ।
राजनीतिप्रति जतिसुकै वितृष्णा भए पनि जनताले हामीलाई उत्साह र प्रेरणा पनि दिएका छन् । हामीलाई अभियानमा खान, बस्न, हिंड्न सहयोग गरेका छन् । यस अभियानले हामीलाई आगामी दिनमा अगाडि बढ्न हौसाला प्रदान गरेको छ ।

दिपक विष्ट
(अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य तथा अभियान टोली नं. ३ का सदस्य)


म चैत्र ८ गतेदेखि कैलालीबाट यो अभियानमा जोडिएको हुँ । म रुकुम पूर्वसम्म निरन्तर अभियानमा क्रियाशील रहें र केही दिन त अभियानबाट काम विशेषले छुट्नु प¥यो । म वैशाख ५ गतेबाट फेरि अभियान टोलीमा जोडिएको छु । यस अभियानमा मैले वक्ता, भित्तेलेखन, युट््युव निर्माण, मिडियाको कार्य लगायतको भूमिका निर्वाह गरेको हुँ । जीवनमा म यसभन्दा पहिले पनि विद्यार्थी अभियानमा हिंडेको थिएँ । तर यस अभियानमा नयाँ अनुभव लिने अवसर प्राप्त भयो । रोल्पाको थवाङ हामी साँझ ६ बजे मात्र पुगेका थियौं । थवाङमा हाम्रो पार्टी कमजोर भए पनि हामीलाई त्यहाँका जनताले माया गरेर सहयोग गरे । बेलुकी पुगेर गाउँमा माइकिङ गरियो । छोटो प्रचारमै मानिसहरु जम्मा भए । मेस चलाएर खाना खायौं । राति ९ बजेसम्म हामीले कार्यक्रम ग¥यौं । जनताले हाम्रो कुरा सुने ।
यस अभियानबाट पार्टीको वस्तुगत अवस्था र जनतासित पार्टीको सम्बन्धको अवस्थाबारे बुझ्ने अवसर प्राप्त भयो । जनताको बुझाईको स्तर के छ भन्ने कुरा पनि यस अभियानबाट थाहा भयो । हामीले यस अभियानबाट देशको राजनीतिक र सामाजिक तथा स्थानीयस्तरको अध्ययन अनुसन्धान गर्ने अवसर प्राप्त ग¥यौं । अब अभियान चलाएर यत्तिकै छाड्नु हुन्न ।
यस अभियानबाट प्राप्त अध्ययन अनुसन्धानका आधारमा नयाँ कार्यक्रम बनाउनु पर्दछ । केन्द्रीय कमिटीका २÷२ जना साथीहरुलाई कमसेकम पनि १ महिनाका लागि जिल्ला जिल्लाको जिम्मा दिएर संगठन परिचालनको जिम्मा दिनुपर्दछ भन्ने लाग्दछ । थप समीक्षा गरेर आगामी कार्यक्रम बनाउँदै जानुपर्दछ ।

शरदकुमार खड्का
(पि.वि.एम. क्रान्तिकारी कम्युिनस्ट पार्टी नेपाल र अभियान टोली नं. ३ सदस्य)

केन्द्रीय अभियान टोलीलाई पर्वत र कास्कीको सिमानामा स्वागत गरेदेखि म यो केन्द्रीय टोलीमा सहभागी भएको छु ।
७ नं. व्यूरो अन्तर्गतका जिल्लाहरुमा वालपेन्टिङ, कोणसभा, अन्तक्र्रिया, पत्रकार सम्मेलन,विभिन्न गाउँपालिका र नगरपालिकामा भइरहेका कार्यहरुको अध्ययन, छलफल गर्ने र विभिन्न मिडियामार्फत् नेतृत्वका साथीहरुलाई अन्तर्वार्ता गराएर पार्टीको विचार प्रचार गर्ने काम भएको छ । यो अभियानले पार्टीलाई जनतामा स्थापित गर्ने काम गरेको छ ।

अनु निरौला
केन्द्रीय सदस्य, क्रा.क.पा.ने. तथा अभियान टोली नं. १ सदस्य

म पाँचथरको चियोभञ्ज्याङबाट तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ हँुदै सिराहासम्म आएँ र केही समयका लागि काठमाडौं फर्कनु प¥यो । म फेरि मकवानपुर र ललितपुरको सिमाना थिङन भन्ने ठाउँमा अभियानकर्मी साथीहरुलाई भेट्न आइपुगें । अभियानमा मेरो जिम्मा मिडियालाई समाचार सम्प्रेषण गर्ने थियो । अभियान टिममा रहँदासम्म मैले निरन्तर समाचार सम्प्रेषण गरेको हुँ ।
चियो भञ्ज्याङको अभियानको उद्घाटन एउटा स्मरणीय दिन थियो । त्यहाँ असाध्य हावा चल्दो रहेछ । यति जोडले हावा चल्दोरहेछ कि हामीले लिएर गएको गाडीको आड लागेर उद्घाटन कार्यक्रम सम्पन्न गर्नु परेको थियो । चियो भञ्ज्याङबाट पूर्वतिर भारतको सिक्किमको निकै सुन्दर दृष्य देखिन्थ्यो । धेरै टाढा क्षितिजसम्म पूर्वतर्फ देखिन्थ्यो । स्थानीय साथीहरुले हामीलाई निकै टाढा उत्तर तर्फको भूभाग ‘त्यो चीन हो’ भन्दै हुनुहुन्थ्यो ।
हामीले समाजमा श्रीमान र परिवारबाट निकै पीडा भोगेका महिलाहरुलाई भेट्यौं । हिजो मात्र यो ललितपुरको दक्षिणतर्फको गाउँ बुखेलमा एउट महिला भेटायौं । उनको नाम सुकमाया तामाङ हो । उनका सन्तानहरु काठमाडौं बस्दा रहेछन् । श्रीमान काठमाडौं बस्दा रहेछन् । सम्बन्ध राम्रो रहेनछ । घर आएर डेरीसम्म बेचेर पैसा लिएर गएछ भन्दै थिइन ।
जनयुद्धको समयको जनसम्बन्धलाई यो अभियानले ताजगी बनायो । अब यो नै विकल्पको पार्टी हो भनेर फेरि जनतामा जानुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित