६ किसान संगठनद्वारा पत्रकार सम्मेलनको आयोजना गरिदै

जेष्ठ– ४,काठमाडौँ । आज विहान ११ बजे ६ किसान संगठनले सरकारद्वारा संसदमा प्रस्तुत भूमि विधेयकका सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पत्रकार सम्मेलन काठमाडौं अनामनगर स्थित संवाद डबलीकोहलमा हुन थालेको हो । सरकारले सार्वजनिक जग्गाको हदभन्दा बढी रहेको जग्गा बिक्री गर्न दिने जस्ता विवादित विषय समावेश गरेर भूमिसम्बन्धी विधेयक जेष्ठ २ गते संसदमा पेश गरेको थियो । भूमि विधेयकको विरोध गर्दै आएका ६ किसान संगठनहरुले त्यसका विरुद्ध विरोधको कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

यस मोर्चामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी किसान महासंघ नेपाल, नेकपा (मसाल) सम्बद्ध अखिल नेपाल किसान महासंघ अप्फा,लोकनारायण सुवेदीले नेतृत्व गरेको नेकपा सम्बद्ध अखिल नेपाल किसान यूनियन, नेकपा (माओवादी केन्द्र ) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्रं), नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल किसान महासंघ र नेकपा (मा ले ) सम्बद्ध अखिल नेपाल प्रगतिशील किसान संघ रहेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित