जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका मागहरू यो व्यवस्था भित्र प्रत्यक्ष निर्वाचित कार्यकारी भएपनि पूरा हुँदैन ः सुवेदी

कपिलवस्तु। जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका मागहरू यो व्यवस्था भित्र प्रत्यक्ष निर्वाचित कार्यकारी भएपनि पूरा नहुने एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले बताउनु भएको छ । जेनजी विद्रोहकोको मुख्य कारक तत्व दलाल संसदीय व्यवस्थाको खराबी नै भएको दाबी गर्दै अबको सही राजनीतिक निकास दलाल संसदीय व्यवस्थाको घेरा भित्रबाट ननिस्कने हुनाले शुशिला कार्की नेतृत्वको विदेशी कठपुतली सरकार विघटन गरी क्रान्तिकारी , वामपन्थी , अग्रगामी शक्तिको संयुक्त सम्मेलन मार्फत स्वाधीन सरकार गठन गरेर अगाडि बढ्नुपर्ने कुरा नेता सुवेदीले बताउनु भएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुको आयोजनामा २०८२ असोज २५ गते गरिएको “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न ”विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सुवेदीले आधार पत्र प्रश्तुत गर्दै उक्त कुरा बताएउनु भएको हो । नेता सुवेदीले जेनजी विद्रोहको मुल मर्म सही रहेको तर , विद्रोहलाई साम्राज्यवादी तथा विस्तारवादी शक्ति केन्द्रहरुले उपयोग गरेको आर‍‍ोप लगाउदै वास्तविक जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका मागहरू यो व्यवस्था भित्र प्रत्यक्ष निर्वाचित कार्यकारी भएपनि पूरा हुँदैन भन्नु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका सचिव हिमलाल वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तु अध्यक्ष रामप्रसाद बेलवासे , नेकपा माओवादी ( केन्द्र ) कपिलवस्तु संयोजक सुकइ थारु , नेकपा केन्द्रीय सदस्य सुनील सी , नेकपा एमाले कपिलवस्तु उपसचिव देवीवहादुर पोख्रेल , नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सदस्य छविलाल नेपाली , वैकल्पिक राजनीतिक राष्ट्रिय एकता अभियानका प्रतिनिधि नारायण खनाल , अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल , जनता मावि प्राचार्य रमेश पन्थी , सिद्धार्थ क्याम्पस कपिलवस्तुका उपप्रध्यापक रोमकान्त घिमिरे , बाणगंगा मावि प्राचार्य कुलराज पौडेल , बाणगंगा नगर प्रज्ञाप्रतिष्ठान अध्यक्ष बालाराम ज्ञवाली , नागरिक अगुवा दोलख वहादुर पर्छाई लगायतले आधारपत्रमा टिप्पणी तथा आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो । । कार्यक्रममा पार्टीका ५ नम्बर व्यूरो सचिव जितामित्र सुनार , केन्द्रीय सल्लाहकार सदस्य पिताम्बर आचार्य र क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पौडेलको आतिथ्यता रहेको थियो। अन्तरक्रिया कार्यक्रमको संचालन दिपक पौडेल र स्वागत मन्तव्य कमल उप्रेतीको रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित