वैज्ञानिक समाजवादी दृष्टिले भगवानको उत्पत्ति र अन्त

–लक्ष्मण उप्रेती

१. प्रस्तावना
भगवान र मानव चेतनाको प्रश्न
मानव सभ्यताको आरम्भदेखि नै मानिसले आफूभन्दा परका शक्तिहरूको खोजी गरेको छ। चट्याङ, बाढी, मृत्यु र रोगजस्ता प्राकृतिक घटनाहरूले उसलाई डर र जिज्ञासामा पार्थ्यो। जब विज्ञान र तर्क पर्याप्त विकसित थिएनन्, मानिसले ती रहस्यमय घटनाहरूको व्याख्या भगवानको रूपमा गर्न थाल्यो। तर वैज्ञानिक
समाजवादको दृष्टिले भगवान कुनै “अलौकिक सृष्टिकर्ता” होइन, मानिसकै चेतनाको उपज हो। भगवानको उत्पत्ति समाजका भौतिक र ऐतिहासिक अवस्थासँग जोडिएको छ।

२. आदिम समाज र भगवानको प्रारम्भिक कल्पना
आदिम कालमा मानवको चेतना सीमित थियो। प्रकृतिसँग उसको सीधा संघर्ष हुन्थ्ययो,जीवन र मृत्युबीचको दैनिक संघर्षवाट गुज्रनु पर्थ्यो। सूर्य, वर्षा, आगो, भुकम्प र चन्द्रमालाई उसले शक्ति र जीवनको स्रोत मानेर देवता बनायो।
त्यो बेला कुनै मन्दिर, धर्मग्रन्थ वा पुजारी थिएनन्। केवल श्रद्धा, डर र आशा थियो। त्यसैले प्रारम्भमा भगवान प्रकृतिको प्रतिबिम्ब थियो,मानव चेतनाको पहिलो तर्कहीन व्याख्या थियो।

३. उत्पादन, सम्पत्ति र वर्ग विभाजनको प्रारम्भ
जब मानिसले कृषि गर्न सिक्यो, पशुपालन र औजार बनाउन सिक्यो, उत्पादनमा अतिरिक्त ९कगचउगिक० आउन थाल्यो। यस अतिरिक्तको नियन्त्रणका लागि समाजमा नयाँ सम्बन्ध जन्मियो, स्वामित्व र शोषण। कसैले उत्पादन गर्‍यो, कसैले कब्जा गर्‍यो। यही वर्ग विभाजनले सामाजिक संरचना र चेतनामा गहिरो प्रभाव पार्‍यो।
अनि धर्म र भगवानको व्याख्या पनि बदलिन थाल्यो,धर्मले सत्ताको स्थायित्वका लागि प्रयोग हुने सिद्धान्तका रूप ग्रहण गर्न पुग्यो।

४.धर्म र शासक वर्गबीचको गठबन्धन
इतिहासमा राजा, पुजारी र शासक वर्गबीच सधैं गहिरो सम्बन्ध रह्यो।
राजाले शासन गर्‍योस पुजारीले भन्यो “ राजा भगवानको प्रतिनिधि हो।”
जनताले दुःख पायोस धर्मले भन्यो “ यो त तिम्रो कर्मको फल हो। ”
यसरी भगवान र धर्मले शासक वर्गको हितमा जनचेतनाको नियन्त्रण गर्‍यो।
लेनिनका शब्दमा, “ धर्म भनेको जनता माथिको आध्यात्मिक दबाबको सबैभन्दा शक्तिशाली औजार हो। ”

५. भगवानको वर्गीय चरित्र
भगवान कुनै अमूर्त सत्य होइनः ऊ हरेक समाजमा वर्ग–संरचनासँगै रूपान्तरण भएको छ। दास युगमा, भगवान राजा र सम्राटको स्वरूपमा देखा पर्‍यो।सामन्तवादमा, भगवान जमिन र परम्पराको रक्षक बन्यो। पूँजीवादमा, भगवानले बजार, धन र उपभोगको रूप लियो।
फायरवाखले भनेका थिए, “भगवान भनेको मानवका आदर्श गुणहरूको बाह्य प्रक्षेपण हो।” तर मार्क्सले देखाए, ”भगवानको अस्तित्वको सार समाजको भौतिक संरचनामा हुन्छः चेतना समाजको आर्थिक सम्बन्धले निर्धारण गर्छ।”

६. धर्म, भय र चेतनाको नियन्त्रण
धर्मले मानिसको चेतनामा “ भय ” स्थापन गर्छ,स्वर्गको आशा र नरकको डर देखाउछ।यस डरले प्रश्न सोध्ने क्षमतालाई निषेध गर्छ। जनतालाई तर्क होइन, विश्वास सिकाइन्छस विद्रोह होइन, स्वीकृति सिकाइन्छ।
यसरी धर्म र भगवानलाइ चेतनाको जेल बनाइन्छ। मार्क्सले ठिक यही कारणले भने “ Religion is opium for the people ”  “धर्म जनताका लागि अफिम हो ” यो वाक्य केवल आलोचना होइन, चेतनाको रोग पहिचान हो।

७. विज्ञान र तर्कको उदय
भगवानमाथिको प्रश्न
विज्ञानको विकासले धर्मका मिथकहरूलाई भत्कायो। ग्यालिलियोले देखाए पृथ्वी घुम्छस
डार्विनले प्रमाणित गरे मानिस सृष्टिको अद्भुत प्रयोग होइन, जैविक विकासको परिणाम हो। यी सबै खोजहरूले धर्मका आधारहरू हल्लायो। विज्ञानले संसार बुझ्ने नयाँ ढोका खोलेर भन्यो,“ सत्य प्रमाणमा छ, विश्वासमा होइन।” तर शोषक वर्गले धर्मलाई मर्न दिएन, किनभने धर्मले उसको सत्ता कायम राख्थ्यो।

८. वैज्ञानिक समाजवाद र भगवानको अन्त
वैज्ञानिक समाजवाद भन्छ, धर्म र भगवानको अन्त मानव चेतनाको मुक्ति हो। जब उत्पादनका साधन सामूहिक स्वामित्वमा आउँछन्, जब वर्ग–संघर्ष समाप्त हुन्छ, तव शोषण र डरको जरा उखेलिन्छ, त्यो समाजमा भगवानको आवश्यकता पर्दैन। समाजवाद केवल आर्थिक रूपान्तरण मात्र होइन, विचार र भावना दुवैको पुनर्जन्म पनि हो। त्यो अवस्थामा मानिसले “ स्वर्ग ” होइन, पृथ्वीमै समानता र न्याय सिर्जना गर्छ।

९ः समाजवादपछि ः मानवताको पुनर्जन्म
भगवानको अन्तले मानवता मर्दैन बरु मानिसले आफूभित्रको सृजनात्मक शक्ति पहिचान गर्छ। त्यो बेला पूजा “ श्रम ” हुनेछ, मन्त्र “ विज्ञान ” हुनेछ, धर्म “ समानता ” हुनेछ।“मन्दिर र चर्च ” होइन , “विद्यालय र प्रयोगशालाहरु ” नै पवित्र स्थान हुनेछन्। भगवानको मृत्युको अर्थ मानवताको पुनर्जन्म हो, भ्रमको अन्त र चेतनाको विजय।

१०. निष्कर्ष
भगवान होइन, मानिस भगवानको सृष्टिकर्ता हो ।
मानिसले भगवान बनायो, तर पछि भगवानका नाममा आफूलाई बाँध्यो। चेतना स्थिर हुँदैनस इतिहास सधैं परिवर्तित हुन्छ। जब मानिसले बुझ्छ कि उसकै श्रमले संसार निर्माण गर्छ, जब ऊ डर र अन्धविश्वासमाथि तर्कको विजय स्थापित गर्छ, तब भगवान स्वतःहराउँछ। त्यो दिन पृथ्वीमा साँचो स्वर्ग हुनेछ, जहाँ न पाप हुनेछ, न पुण्यस न शोषक, न शोषित। त्यो समाज वैज्ञानिक समाजवादको समाज हुनेछ, जहाँ मानिस नै सृष्टिको एक मात्र सृष्टिकर्ता र उत्तरदायी प्राणी हुनेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित