सबै सचेत बनौं

चक्रपाणी शर्मा
संसदीय ठेकदारहरुको रजगजले थलिएको नेपाल,जेन –जेड नामका नेतृत्वविहिन ,छद्मभेषी,होशगुम जमातले खरानी बनाएपछि नेपाली जनताको अवस्था ुुतावाबाट उफ्रेको माछा भुङ्ग्रोमाहुन पुगेको छ।आम जनताले देखिने र सुनिने गरि प्रत्यक्ष विदेशी योजनाको रिहर्सलमार्फत देशलाई खरानी बनाउने कसम खाएका विभिन्न आवरणमा देखिएका सडकछाप दलालहरुको प्रहार नेपालले भोग्नुपरेको छ।यो आन्दोलनको पछाडि मुलत –तीनवटा प्रवृत्ति जब्बररुपमा हावी भएको देखिन्छ –
१.आन्दोलन सामाजिक अन्तरविरोधमा केन्द्रित नभएर उमेर समुहमा केन्द्रित गरिएको पाइन्छ।यो रणनीतिकरुपमा वर्गीय आन्दोलनलाई निस्तेज पार्ने उदेश्य अनुरुप आएको छ।
२.आन्दोलनकारीहरुको ओरिनटेशन दलविरोधी छ।यसको पछाडि निरङ्कुशतावादी शक्तिको यथेष्ट साथ सहयोग देखिन्छ।
३.पुराना दलहरुलाई विस्थापन गर्न आएका नयाँ भनाउँदा दलहरु आन्दोलनको अग्रमोर्चामा बसेर विध्वंसकारी भुमिका पुरा गरेको देखिन्छ।
चुनावको नाटक मंचन त देखाउने दाँत मात्र हो। विदेशी योजनामा सरकार निर्माण, सडकमा मन्त्री खोज्दै हिंड्नुपर्ने अवस्था,गन्तव्यविहिन सरकार संचालनको रवैयाविरुद्ध सबै प्रगतिशील ,देशभक्त नेपालीहरुको ऐक्यबद्धता द्वारा सबैखाले दलाल ,खेताला र प्रतिक्रियावादीहरुलाई लखेट्नु अहिलेको राष्ट्रिय कार्यभार बनेको छ।
सुशीला कार्कीको सरकार त चटकेको खेल हो, खरानी बनेको देशमाथि नयाँ तमाशा ट्यापे,मुन्द्रे र आपराधिक पृष्ठभूमिका मन्त्री खोज्दै यिनको समय सकिन्छ।पर्दापछाडि बसेर नेपाल आगजनी गर्ने खलपात्रहरु क्रमशःबेनकाब हुँदैछन्।आ–आफ्नो स्वार्थको रोटी सेक्ने स्वार्थसमुहबाट देश जोगाउनु आम नेपालीको दायित्व हो। ‘बुढी मरि भन्दा पनि काल पल्केको ’अवस्था हाम्रो अगाडि छ।ख्याल गरौं,सचेत बनौं !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित