‘वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको आयोजनामा शनिबार “वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहितको संघीयताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षता , महासचिव शिव श्रेष्ठको सञ्चालन नेता सुरेश श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेल हुनुहुन्थ्यो । अतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ, डा. महेशमान श्रेष्ठ र डा.केशवमान शाक्य र भाजु सुरेशकिरण मानन्धर हुनुुहुन्थ्यो । प्रमुख अतिथिले अहिले जेनजी विद्रोहपछि देशको अवस्था निकै भयावह रहेको बताउनुभयो । वहाँले देशमा एमसीसीको नाममा अमेरिकी सेना नेपाल आउन सक्ने खतरा रहेको भन्नुहुुन्दै एसपिपी गराउन पनि उनीहरु लागिपरेको धारणा राख्नुभयो । वहाँले नेपालमा आधार बनाएर अमेरिकाले चीनविरोधी गतिविधि गर्न खोजेको बताउनुभयो । जेनजी विद्रोह पछि बनेको सरकार साम्राज्यवादी र विस्तारवादीहरुको कठ्पुतली सरकार भएको भन्दै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि देशमा देशभक्त र क्रान्तिकारीहरुको स्वाधीन संयुक्त सरकारको गठन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै सीताराम तामाङले नेपालमा भाषिक उत्पीडनले गर्दा सबैजसोभाषाहरु भुुल्दै गएको अवस्था र भाषिक उत्पीडनले भाषालाई वेवास्ता गरेको अवस्थामा पनि नेवा समुदायका अतिथिहरुले राम्रोसँग नेवा भाषामा आफ्नो धारणा राखेकोमा हर्ष व्यक्त गर्नु भयो । अहिले अंग्रेजी भाषाको प्रयोग बढ्दोकारण भाषा नै भूल्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नु हुँदै वहाँले अझै चाइनिज भाषाको प्रयोग पनि बढ्दो स्थितिमा रहेकोले भाषाहरु अझै संकटमा रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्दै डा. महेशमान श्रेष्ठ र डा.केशवमान शाक्य र भाजु सुरेशकिरण मानन्धरले देशमा भ्रष्टाचार ,अन्याय ,अत्याचार ,महंगी बेरोजगारीका कारण जनताले भाद्र २३ गतेको विद्रोह गरेको बताउँदै यो विद्रोहलाई विदेशी शक्तिहरुले उपयोग गरेको र देशमा सेनाको भूमिकामा समेत प्रश्न उठेको धारणा राख्नुभयो । वहाँहरुले अहिले देशमा सबै शक्तिहरु राष्ट्रियता ,गणतन्त्र र धर्मनिपेक्षता जोगाउन र अग्रगामी परिवर्तनको पक्षमा लाग्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रम ललितपुरको कुपण्डोलस्थित सातोआकी पुस्तकालयमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रमको सुरुमा मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वक्ताहरुले यही कार्यपत्र प्रति सहमति जनाउँदै आ आफ्नो धारणा राख्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित