आजको अवस्थामा पार्टी एकताको प्रसंग

–नरेन्द्रबहादुर थापा
पार्टी एकताको कुरा झट्ट सुन्दा राम्रो लाग्छ ।आज नेपालमा राजनीतिक दलहरू तीन धारमा विभाजित छन् । ती हुन् अग्रगामी , यथास्थितिवादी र प्रतिगामी । अलगअलग धारको बिचमा एकता हुँदैन । तिनीहरु मध्ये त्यो एकता कसको हो ? अग्रगामी क्रान्तिकारीहरुको वा यथास्थितिवादी वा प्रतिगामीहरुको ? अग्रगामीहरुको क्रान्तिकारी एकता मात्र राष्ट्र ,राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको पक्षमा हुन्छ । त्यसैले देशभक्त, जनतान्त्रिक ,वामपन्थी र जनवादी क्रान्तिकारीहरुको एकता नै अहिलेको राष्ट्रिय आवश्यकता हो । यथास्थितिवादी र प्रतिगामीहरुको एकता उनीहरूको आफ्नै निजी स्वार्थमा हुन्छ र जनविरोधी हुन्छ ।यस्तो एकताको देश र जनताको लगि कहिल्यै आवश्यकता हुँदैन ।
राजनीतिक संक्रमणका प्रत्येक चरणमा इतिहासले एउटा कुरा बारम्बार दोहोराएको छ । जब जब जनताको चेतना जागृत हुन्छ, तब तब अवसरवादीहरू डराउँछन्। आज पनि यही परिदृश्य पुनः दोहोरिदै छ। जनताको अधिकार, समानता र प्रणालीगत रूपान्तरणको लागि अघि बढेका क्रान्तिकारी शक्तिहरूको अग्रगामी कदमबाट तर्सिएर दक्षिणपन्थी अवसरवादी तथा प्रतिक्रियावादी शक्तिहरू पार्टी एकताूको नारा उठाएका छन् । तर त्यो एकता कुनै राष्ट्रिय आवश्यकता होइन, अग्रगमन रोक्ने यथास्थितिवादी षड्यन्त्र हो।
१.एकताको मुखुण्डो, यथास्थितिको जालो
आज जुन यथास्थितिवादीहरुबाट एकता भएको प्रचार भइरहेको छ, त्यो वर्गीय दृष्टिकोणले क्रान्तिको विरोधमा खडा भएको प्रतिक्रियावादी षड्यन्त्र हो । जनताको आन्दोलन, युवाको विद्रोह र परिवर्तनकारी चेतनाबाट विचलित ती शक्तिहरूले आफूलाई बचाउनको लागिस्थिरता र सहमतिको नाममा एकताको कुरा गरिरहेका छन्।कतिपयले एकता सम्पन्न भएको घोषणा पनि गरिसके । तर वास्तविकता के हो भने स्थिरता होइन, स्थिर भ्रष्टाचार कायम राख्ने उनीहरूको अभिप्राय छ ।
२.क्रान्तिकारी कदमहरूप्रति भय र भ्रम
जब देशमा नयाँ पिँढीले प्रश्न गर्छ, जब सडकमाथि अन्याय विरुद्ध स्वर उठ्छ, जब युवाले परिवर्तन चाहन्छन्, पुराना संरक्षकहरू विचलित हुन्छन् । उनीहरूका लागि क्रान्तिकारी विचार कुनै अराजकता होइन , तिनको अधिकार र विशेष अधिकारमाथि खतरा हो। त्यसैले अहिले उनीहरु राजनीतिक ूपुनः संयोजनू भनेर क्रान्तिकारी आन्दोलनलाई निष्क्रिय पार्ने षड्यन्त्रमा उत्रिएका छन्।
३ .जनताको अग्रगमनलाई रोक्ने असफल प्रयास( इतिहासका सबै असफल एकताहरूले यही प्रमाणित गरेका छन्। विचारबिनाको एकता स्थायित्व होइन, पतनको प्रारम्भ हो। जब सिद्धान्त ,नीति ,कार्यक्रम, दर्शन, वर्गीय हित फरक हुन्छ, त्यस्तो एकता केवल सत्ताको व्यापार बन्न जान्छ । आज अवसरवादी एकता पनि त्यही पुरानो रोगको नयाँ रुप हो  सत्ता बाँडफाँडको स्वार्थी मेलमिलाप।
४. क्रान्तिकारीहरुको पहल र नयाँ पुस्ताको चेतनाले असफल बनाउनेछ यो षड्यन्त्र
आजको समाजमा नयाँ पुस्ताको चेतना, वर्गीय विश्लेषण र सामाजिक समानताको आह्वान तीव्र हुँदैछ। यस्तो समयमा कुनै पनि कृत्रिम एकता टिक्दैन । क्रान्तिकारी लगायत युवा पुस्ताले यथास्थिति होइन, न्याय खोज्छन्। उनीहरूलाई केवल शान्ति होइन, समानता र स्वतन्त्रताको वास्तविक रूपान्तरण चाहिन्छ।
५.अवसरवाद होइन, अग्रगमनको बाटोमा दृढ रहौं
यो समय शान्तिपूर्वक मिलेर बाँच्नु मात्र होइन, यही क्रान्तिकारी विचारमा दृढतापूर्वक संघर्ष गर्दै अघि बढ्ने समय हो। दक्षिणपन्थी अवसरवादीहरूको गठबन्धनले केही समयका लागि भ्रम सिर्जना गर्न सक्छ, तर इतिहास हरेक पटक क्रान्तिकारीहरुकै पक्षमा उभिएको छ ।जनताको संघर्षको बाटो लामो हुन्छ, तर दिशाहीन कहिल्यै हुँदैन ।त्यसैले ( अग्रगमनको बाटोमा दृढ रहौं, दक्षिणपन्थी अवसरवादको झुटो मुखुण्डो च्यातौं । यथास्थिति होइन, रूपान्तरण नै हाम्रो लक्ष्य हो।
मितिः२०८ कार्तिक २५ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित