काठमाडौं । आज डिसेम्बर ९, भ्रष्टाचार विरुद्ध अन्तरराष्ट्रिय दिवस हो । हरेक वर्षक डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ डिसेम्बर ९ मा संयूक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । त्यसै दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिइएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, “युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ ! भोलीको इमान्दार समाज निर्माण गरौँ !!” भन्ने रहेको छ ।
भ्रष्टाचार विरुद्धको दिवसलाई संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
ू

