गोवा घटनाका पीडितलाई क्षतिपूर्ति माग

भारत । अखिल भारत नेपाली एकता समाजले गोवा घटनाका पीडितलाई क्षतिपूर्ति माग गरेको छ । समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले एक वक्तव्य जारी गरी क्षतिपूर्ति माग गर्नु भएको हो । नाइट क्लवमा दिनांक ६ डिसंबर २०२५ का दिन राती १२ बजेको समयमा ग्यास सिलिन्डर पड्केर आगलागि हुँदा करिव २५ जना स्टाफको जलेर ज्यान गएको थियो भने ६ जना सक्त घायल भएका थिए। मर्ने २५ जना मध्ये ५ जना नेपाली मजदूरहरू थिए । ९ डिसंबर २०२५ मा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष आनन्द थापाले जारी गरेको वक्तव्य यस प्रकार छ :

“भारतको पर्यटकीय राज्य गोवाको अर्पोरा ईलाकामा अवस्थित नाइट क्लवमा दिनांक ६ डिसंबर २०२५ का दिन राती १२ बजेको समयमा ग्यास सिलिन्डर पड्केर आगलागि हुँदा करिव २५ जना स्टाफको जलेर ज्यान गएको थियो भने ६ जना सक्त घायल भएका थिए। मर्ने २५ जना मध्ये ५ जना नेपाली मजदूरहरू रहेको कुरा गोवा सरकारले पुष्टी गरेको विषय प्रति अखिल भारत नेपाली एकता समाजको ध्यान आकर्षण भएको छ। उक्त आगजनी घटनामा मृत्यु हुने नेपालीहरूको बारेमा नेपाली दूतावस नई दिल्लीमा अखिल भारत नेपाली एकता समाजले बुझ्दा प्रथम सेक्रेटरी दिपक घिमिरेले दिएको जानकारी अनुसार १. चुर्न बहादुर पुन, घोराही ३ दाङ, २. मान बहादुर जोधा, बागेस्वरी १, डडेलधुरा, ३. लिला बहादुर कटवाल, लादभिर २, सिन्धुली, ४. सुदिप गुरूङ, झापा जिल्ला र ५. सविन वि क पनि झापा जिल्लाका रहेका छन। चुर्न बहादुरको शब दिनांक ८ दिसंबरको घोराही पुगेको छ भने बाकीको पार्थीव शरीर आफन्त समक्ष पुराउन दूतावासले समन्वय गरिरहेको छ।

उक्त आगजनी घटनमा परी मृत्यु तथा घाइते हुनहरूका पीडित परिवारलार्इ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलार्इ रु २ लाखका दरले र घाईतेहरूलाइ रू ५० हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेका छन् भने गोवा राज्य सरकारले मृतकाक परिवारलाइ रू ५ लाख र घाइतेहरूलार्इ रू ५० हजारका दरले सहयोग दिने घोषणा गरेको छ । नाइट क्लब र ग्यास कम्पनिको तर्फबाट पनि मृतक र घाइतेलाइ सहयोग मिल्न सक्छ। पीडितलाइ क्षतिपूर्ति दिलाउने विषयमा सहजीकरण गर्न नेपाली दूतावास र अखिल भारत नेपाली एकता समाजले पहल गरिरहेको छ । गोवा सरकारले सबै होटल, नाइट क्लव र रेष्टुरेन्टमा ग्यासका सिलिन्डर के कसरी राखिन्छ भन्ने विषयमा छानविन गर्ने र सबैलाइ सजक गराउने विषयमा पनि पहल जारी राखेको छ। नाइट क्लवमा डान्स गर्नेहरूको संख्या उक्त दिन धेरै भीड भएको र किचनमा काम गर्ने कामदारहरू खाना वनाउन ब्यस्त रहेको अवस्थामा अचानक राती १२ बजे ग्यास सिलिन्डर ब्लास्ट हुदा धेरै किचनमा काम गर्ने स्टाफको ज्यान गएको थियो। गोवामा आगजनी घटमा परी नेपाली मजदूरहरू जलेर दुखद निधन भएकोमा अखिल भारत नेपाली एकता समाजले मृतकहरू प्रति गहिरो दुख्ख ब्यक्त गर्नुका साथै र शोकाकूल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै पीडितहरूको लागि क्षतिपूर्ति विनारोकटोक अविलम्ब भुक्तान गर्न भारत सरकार संग माग गर्दछ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित