तस्करहरुका संरक्षकले घेराबन्दीमा पार्न खोज्दैछन् ःगृहमन्त्री

काठमाडौं १ भाद्र । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करहरुका संरक्षकलेआफूहरुलाई घेराबन्दीमा पार्न खोजेको बताएका छन् । आफूहरुले चलाएको भ्रटाचार विरोधी, तस्करीविरोधी अभियानमा तस्कर तथा भ्रष्टाचारीलेका संरक्षकले अफ्ठ्यारोमा पार्न खोजेको तर आफूले सत्ताबरु छाड्ने अभियान नछाड्ने बताएका छन् ।
आज अजिरकोट गाउँपालिका(२ स्थित भच्चेकमा ुभच्चेक आधारभूत अस्पतालुको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए । उनले गाउँपालिकाले राम्रो काम गर्दै गएकामा खुशी पनि व्यक्त गरेका छन् ।
पछिल्लो समय देश निकै अफ्ठेरोमा परेको छ । तस्करहरु समातिएका छन् तर संसद चल्न पाएको छैन । संसदमा गतिरोध कायमै छ ।प्रमुख प्रतिपक्षले गृहमन्त्रीको राजिनामा माग गरिरहेको छ । सत्ता र प्रतिपक्षको आ आफ्नै अडान कायमै रहेको छ । यस्तो अवस्थामा गृहमन्त्रीको यो भनाई आउनु निकै महत्वपूर्ण रुपमा हेरिएको छ । कहिँ सत्ता डगमगाउन त लागेको होईन भन्ने भईरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित