मनु वि.क. ••
उ जगवीर विटालुको श्रीमती पानमती हो उसको विहे भर्खर मात्र जगवीर सित भएको छ । गाउँभरि जगवीरले नयाँ दुलही ल्याएको कुराको हल्ला चलिरेहेको छ । जगवीर दुईटा श्रीमतीको लोग्ने हो । जगवीरको जेठी श्रमती बच्चा जन्माउन नसकेर मरी । अर्की ल्यायो । अर्की के भयो के ल्याएको छ महिना नपुग्दै भागी । अब जगवीरले पानमतीलाई भर्खर भित्र्यायो । भित्र्याउने बेलामा टिको लगाई दिन गाउँभरिका इष्ट्रमित्र सबै गएका थिए । “यिनी पनि कति दिनलाई हो ? भन्दै यिनी भन्दा पहिले यिनको दुइटा घरबार भैसकेको छ । अब तेस्रो घरबार हो दुवैको तेस्रो घरबार भएपछि बस्छन् कि मिलेर ”एउटाले खुसुक्क बोल्यो अर्कोले फेरी उही पारामा थप्यो “हो केरे हिड्ने बानी परेपछि के गर्ने ?”
फेरी अर्कोले थप्यो “ल्याउने बानी परेपछि पनि त्यस्तै हो । ”यस्तै कुरा हुँदा हुँदै टीका लगाउने बेला भयो सबैले टीका लगाई दिए । पालै पालो आर्शिवाद दिए । बुढापाकाले अझै राम्रो सË घर चलोस् भन्दै आशिर्वाद दिए । जगवीर निकै खुशी भयो । विवाहको सामान्य प्रसाद खाएर सबै सबै बोलाएका मान्यजन आ–आफ्नो घरतिर लागे । जगवीर र उसकी श्रीमती घरमै बसे जगवीरको घरमा अबेर सम्म बत्ती बलेन । गाउँभरिकाले स्वाभाविक रुपमा लिए । भोलिपल्ट बिहान जगवीर र उसकी श्रीमती पधेंरामा पानी लिन गए । पधेंरामा जगवीरकी श्रीमती थकित जस्तो देखिन्थिई । जगवीरको अनुहार पनि त्यति फूर्तिलो जस्तो देखिँदैन थियो । श्रीमतीले गाग्रीको मुखमा समातेर पानी भरिरही । पानी भरियो पनि । भरिएपछि दुवै जना घर गए त्यस्तै काममा जाने, रमाउने गर्न थाले । दुवै जना निकै हाँसी खुसी नै देखिन्थे
यस्तै गर्दा गर्दै धेरै महिना बित्यो । एक दिन पानमति पधेंरामा पानी लिन एक्लै गएकी थिई जगवीरले पाएर भ्याए सम्म पानमतीलाई छोड्दैनथ्यो । तर संधै त्यस्तै कहाँ हुन्छर ? एकदिन उ कामबाट आउन ढिला गर्यो पकाउने पानी नै थिएन । खान कसैले पानी मागे पनि दिने पानी नै थिएन । पानमती गाग्री टिपेर पँधेरामा गई । त्यहाँ श्यामलाल पनि पानी भर्दै थिए । पानमती हातमा गाग्री लिएर उभिइरहेकी थिई । श्यामलालको गाग्री भरियो । उसले गाग्री बोक्यो गयो । पानमती कुवामा गाग्री भर्न लाग्दै थिई । जगवीर टुप्लुक्क आई पुग्यो । जगवीर अरु दिन भन्दा अलि रिसायो । र भन्यो “किन एक्लै आउन परेको ? श्यामलाल आएको थाहा पाएर आईकी होस् ? ” पानमती बोल्दै बोलिन ।
कुवामा तैरिएका भ्यागुता हेरेर बसीरही । जगवीरले नै पानमतीको हातबाट गाग्री खोसेर पानी भरिदियो । उ नबोलेर बसी । पानी भरियो । जगवीरले गाग्री बोक्यो पानमती पछि पछि लागि । त्यो दिनबाट पानमती र जगवीरको खैंचाखैंची शुरुवात भयो । जगवीरको शङ्काले लङ्का जलाउन थाल्यो । जता जहाँ पनि पानमतीको पछि पछि हिड्न सक्ने कुरा भएन । जगवीरले जहिले पनि पानमती र श्यामलाल सङ्गै भएको मात्र मनमा खेलाईरहयो । दुवै जना सङ्गै भएको मात्र देख्न थाल्यो । मन मनमा अनेक थरी कुराहरू खेलाउन थाल्यो । उ भित्र भित्रै जल्न थाल्यो । वन डढेको सबैले देख्छ मन डढेको कसैले देख्दैन । हुँदा हँदा जगवीरको सपनामा पनि श्यामलाल र पानमती सङ्गै भएको देखिन आयो ।
एकदिन उ झल्याँस्स बिउँझियो पानमती त्यही उसकै छेउमा छ । पानमतीको अनुहार हेरेर उ एकापट्टि पल्टियो । एका पट्टि कोल्टो पारेर निदाउने कोशिस गर्न थाल्यो । अब झन पानमती माथि जगवीरको कुनै विश्वास नै रहेन । कति बेला श्यामलाल सË जान्छे भन्दै मनमा कुरा खेलाउन थाल्यो । काममा जाँदा पनि सकेसम्म सङ्गै लिएर जान्थ्यो । कसै उपाय नलागे बस्न भन्दै सिकाउँथ्यो । जति गरेपनि पानमती यसो यताउति गर्नै पर्यो । यसो गर्दा दिनमा कोही न कोही केटामान्छे सँग भेट हुँन्थ्यो । पानमती भरिसक्य कोही केटामान्छेको नजिक नै पर्न खोज्दिन थिई । तर यसरी संभव हुने कुरा भएन । कोही नकोही सË त भेट भैहाल्थ्यो । जगवीरको आँखा नपरेहुन्थ्यो भन्थी । नराम्रो काम गरेर त होइन । किन मलाई यसो गरिरहेको छ ? भनेर मनमनमा सोंच्दथी । तर जगवीरको जगजगीले छोडेन । पानमती लाई कामबाट घर आएपछि दिउँसो कस कस सित भेटिस ? कुरा गरिस् ? भन्दै जगवीरले दिनहुँ सोधिरहन्थ्यो ।
पानमतिले शुरु शुरु त नढाँटेरै सुनाई । पछि पछि यो यस्तै हो भनेर केही कुराहरू सुनाउन छोडी । बोलेर के गर्ने ? सुनाएर के गर्ने ? बोल्यो कि गाली खायो, सुनायो कि गाली खायो, हुने अवस्था आएपछि पानमती धेरै कुराहरू बोल्न छोडिदिई । राम्रो काम गरेपनि जगवीरलाई नराम्रो लागिहल्थ्यो । त्यसैले पानमती पनि बाठी भएकी थिई । परिस्थितिले मान्छेलाई बनाउँदै लैजान्छ भन्ने कुरा पानमतीमा पनि लागु हुने नै भयो । अब दुई जना मात्र पनि कुरा कम हुन थाल्या,े बोलचाल कम हुन थाल्यो । दुवै जनाको मुख अँध्यारो हुन्थ्यो । जगवीर भने मनमनै अत्यन्त पीरमा परेको थियो । भएको एउटी बुढीलाई पनि कसैले लगिदेला कि कसैले आँखा लाईदेलाकि ? भन्ने परिरहन्थ्यो । अब जगवीरले पानमतीको साना साना कुरामा पनि धेरै चियो गर्न थाल्यो । अविश्वास यति बढ्न थाल्यो कि दुवै जना को कुरा हुन छाड्यो । सुत्दापनि दुवै जना एकातिर फर्किएर सुत्न थाले पानमती पनि भित्र भित्रैपिरलोमा परिरहेरेकी थिई ।
पहिलो दोस्रो घरबार जम्न नसकेको पानमतीको अब यसरी त जगवीर सङ्ग पनि घरबार जम्न नसक्ने निष्कर्षमा पुग्न लाईसकेकी थिई । जति गर्दा पनि जगवीरलाई सम्झाउन गाह्रो भइरहेको थियो । एक दिन जगवीर ‘पल्ला डाँडामा पर्खाल लगाउने काममा जान्छु’ भन्ने एक बचन बोलेर हिँडिहाल्यो । पानमती त्यसै नि अँध्यारो देखिरहेकी थिई । जगवीरलाई पर सम्म हेरिरहेकी थिई । जगवीरले फर्केर हेर्दै हेरेन । खै के सोचिरहेको थियो । पानमतीको मनमा अनेक हुन्डरी चल्यो । यो मान्छेले किन म माथि यसरी नराम्रो सोच्यो ? भनेर चिन्ताले भित्र भित्र खाईरहेको थियो । उसले सोची कसैलाई भनुँभने कसैले कुरा सुनिदिने होईन । खासै चिने जानेका पनि कोही छैनन् । श्यामलालको अनुहार त्यही पानी भर्ने बेलामा देखेको हो भन्ने मनमा कुरा खेलाउँदा खेलाउँदै घरबाट नै हिड्ने विचार गरी ।
अर्कै बाटो जुन बाटो कसैले थाहा पाउन सक्ने थिएनन्, हिँडीहाली पनि । सबै छोडेर हिड्दा उसलाई अलिकता नराम्रो त लागेको हो तर पनि हिड्ने मान्छेले नरमाईलो माने पनि के गर्ने हिड्नु नै थियो । हिड्दा हिड्दै पानमतीले सोची जगवीर आउँछ मलाइ पाउँदैन, के गर्ला ? अब सोचेर हुने वाला थिएन । मन मनै सोची मलाई जस्तै विवाह गरेर घरवार चलाउला वा नचलाउला ? मनमनै सोची जे सुकै गरोस् । मसË त जगवीरको व्यवहार राम्रो हुन सकेन । भन्दै कल्पँदै बाटो काट्दै रही । हिड्दा हिँड्दै घाम लाग्यो पानी पर्यो, भोक लाग्यो, तिर्खा लाग्यो । सबै कुरा पार गर्दै हिँडिरही पानमती । वन जËलको वीचमा भालुको ठूलो डर थियो बाघको ठूलो डर थियो । तरपनि मुटु ढुक ढुक पार्दै हिँडीरही । साँझ पर्दा रुखमा चढेर बास बसी । चरा जस्तै निदाउन खोजी । निदाउने कुरा भएन ।
विगतका कहानीले एक एक गर्दै मनमा डोरो बाटिरहृयो । मन मार्नु थियो मन बाँध्नु थियो बाँध्नु पर्यो । बिहान चराहरूले गीत गाउन थाले चराहरूले उठाए । चराको चिरविराट सँगै पानमती उठी । फेरी रुखबाट ओर्लिएर हिड्नु थियो जाने ठाउँ कही नभएपनि हिडेको मान्छेले के सोच्न सक्छर ? हिड्ने त हो फेरी हिड्न थाली हिँड्दा हिँड्दै बाटामा एक हुल मान्छेहरू आईरहेका थिए । उनै मान्छेहरूले आफूलाई ध्यान दिउन भनेर विरहका गीत गाउन थाली । ती मान्छे मध्येको अलि पाको उमेरको केटा मान्छेले उसलाई ध्यान दिन खोज्यो । उसलाई अलिकता खुशी लाग्यो । त्यो केटा मान्छेले सोध्यो तिमीएक्लै कहाँ हिडेको ? अरु तीन जनाले उसलाई हेरिरहेका थिए “ कहि पनि हैन” पानमती बोली । घर कहाँ हो ? त्यो मान्छेले फेरी सोध्यो । “घर छैन ” । पानमती बोली । त्यो लोग्ने मान्छेलाई पानमती प्रति दया लाग्यो । र भन्यो“ यो बाटो धेरै जङ्गल छ । बीचमा जङ्गली जनावरको धेरै डर छ । त्यो भन्दा पनि बढि डाँकु चोरहरूको डर छ । जङ्मगलमा तिमी केटी मान्छे केही गर्लान । ” त्यो लोग्ने मान्छेको कुरा सुनिसकेपछि पानमती केही बोल्न सकिन । मात्र दुइटा कुरा बोली ‘मारुन डाँकुहरूले, खाउन बाघहरूले । ’ हिँड्दा हिड्दै उनीहरूले अलिकता बाटो काटिसकेका थिए । तर त्यो लोग्ने मान्छेले भन्यो ‘हामीसË जाउँ । आज विहानै छ । हामी हिडेर धेरै टाढा शहरमा कामको खोजीमा जान लागेको हामी सँगै हिंड । ’पानमतीले भन्न थाली के म पनि काम पाउँछुर ? त्यो केटा मान्छेले जबाफ फर्कायो– हामी जे काम गर्छाैं तिमीपनि त्यही काम गर्ने त हो नि । हामी जेकाम गछौँ त्यही काम मा लगाउँला सानो तिनो । त्यसरी काम लागेपछि तिमीलाई भैहाल्छ ।
उसको कुरा पानमतीलाई धेरै मन पर्यो । यसो हेर्दा ती मान्छेहरू अलि राम्रा जस्ता लाग्यो । उ उनीहरू सँगै पछि पछि लागी । पाँच जनाको टिम बन्यो गफ गर्दै गर्दै हिँडिरहे । पानमती भने भने बोल्न सकिन किनकि अस्ति देखि भोको थिई । पानी पाउँदा बाटामा पानी खाई । उनीहरू सँगै हिडिरही । हिँड्दा हिँड्दै गाडी लाग्ने ठाउँमा पुगियो । उसलाई दिन भरि गाडी लाग्यो । उसलाई तिनै मान्छेहरूले ल्याएको खाजा पनि खान दिए उसले अˆठ्यारो मानी मानी खाई । नखाने हो भने धेरै दिनको भोको थिई त्यही पनि खान पाएकोमा खुशी भई ।
गाडीमा आँखा बन्द गदै हिडिरही गाडीमा भाडा तीनै मान्छेहरूले तिरीदिए । साँझमा मात्रै उनीहरू पुग्नु पर्ने ठाउँमा पुगे । सबैलाई थकाई लागेको थियो । पछि पानमतीलाई थाहा भयो यो ठाउँ उनीहरूलाई पनि नयाँ नै रहेछ । बस्ने बास मागे । सबै बास बसे । रुखो सुखो जे छ खान खाए । उनीहरू चार जना एकापट्टि सुते भने पानमती एउटा कुनामा आफैले ल्याएको रुमाल ओढेर सुुती । भुसुक्क निदाइ । कसैको याद पनि आएन । भोलिपल्ट उनीहरू कामको खोजीमा निस्किए उ पनि सँगसँगै पछि पछि लागि । चार जना सँगै लागेकाले उसलाई कसैले नरामो आँखाले हेर्न पाएनन् । उनीहरूले काम पाए । उ पनि आफूले सकेको काम गर्न थाली ।
तीन जना केटाहरूले पानमतीलाई दिदी भन्थे । शुरुमा जो बोलेको थियो उसले बहिनी भन्थ्यो । र राम्रो व्यवहार गर्दथ्यो । पानमतीले राम्रो वातावरणमा खुशी पनि भई । मान्छेको जात सिर्जनाको निरन्तरता‘ उनीहरू जहाँ बसेका थिए त्यही सामानहरू जोडिँदै गए । काम चलि नै रहृयो त्यो काममा उनीहरू मात्र थिएनन्, अन्यत्रबाट आएका अरु मजदुरहरू पनि थिए । उनीहरूसँग पनि पानमती झ्यामिदै गई । सबैले उसलाई सम्मान गर्दथे । त्यहाँ मजदुरको एकता भन्ने एउटा सङ्गठन बनाउने उनीहरूमा विचार आयो । त्यसलाई सबैले राम्रो रुपमा लिए । सँगठनमा पानमती पनि बसी । खासमा पानमतीलार्ई सËठन भनेको केहो ? भन्ने थाहा त थिएन तर नि बसी । काम गर्दा गर्दै पानमतीले केही सिक्दै गई । मजदुर एकता भन्ने सËठनले कामदारका समस्याको बारेमा बोल्दथ्यो । पानमतीको समस्यामा पनि सबैले ध्यान दिए । पानमती ले पनि सËठनका सबैको ख्याल गर्दथिई । पानमतीलाई यो संसार निकै रमाइलो लाग्न थाल्यो । सामुहिक समस्याको हल सामुहिक तरिकाले नै गर्ने चलन त्यो संगठनमा रहेका सदस्यको बीचमा भयो । मजदुर एकताले सबैको भलो गर्यो । पानमतीको पनि भलो भयो । पानमती संगठन र काममा रमाउन थाली ।