दाङ, ३ भाद्र । अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) र अखिल नेपाल युवक संघ दाङ जिल्लाको संयुक्त भेला २ भाद्र २०८० मा दाङमा सम्पन्न भएको छ ।
भेला अन्टुकका जिल्ला संयोजक गोपाल नेपालीको अध्क्षतामा र नेकपा (मशाल) जिल्ला सचिव राम बहादुर जिएमको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।
भेलालाई शुभकामना दिने वक्ताहरूमा नेकपा (मशाल) का जिल्ला सदस्य लिला बहादुर पुन (लालध्वज), अखिल नेपाल किसान महासंघका जिल्ला उपाध्यक्ष मिनु प्रसाद सुवेदी रहेका थिए ।
भेलाले गोपाल नेपाली अध्यक्ष रहेको ९ सदस्यीय अखिल नेपाल ट्रेडयुनिय महासंघ (अन्टुक) जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष रोम बहादुर मरासिनी, सचिव बालाराम कालाथोकी, कोषाध्यक्ष रुद्र भण्डारी रहेका छन् भने सदस्यमा शेरबहादुर पुन, गिरबहादुर बिक, केशरबहादुर पुन, रुक बहादुर रिजाल र बसन्त कुमाल रहेका छन् ।
त्यसैगरी भेलाले मंंगल बहादुर घर्ती अध्यक्ष रहेको ९ सदस्यीय अखिल नेपाल युवक सङ्घ जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्ष भक्त बहादुर केसी, सचिव संदेश पुन, कोषाध्यक्ष बसन्त भुसाल रहेका छन् भने सदस्यमा अशोक महरा, टोपबहादुर केसी, तेजेन्द्र पुन र मीन बहादुर घर्ती रहेका छन् । एक स्थान रिक्त राखिएको छ ।
बालाराम कालाथोकीको स्वागत मन्तव्य, शहीदहरुप्रति एक मिनेट माैनधारणबाट अघि बढेको कार्यक्रमको संचालन मंगल बहादुर घर्तीले गरेका थिए ।