काठमाण्डा, १४ भदौ । अमेरिकी सहयोग परियोजना नाम दिईएको मिनिलियम च्यालेन्ज कर्पोरेशन एमसीसी खारेज गराउन २०८० भदौ १३ गते काठमाण्डौमा देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले प्रदर्शन गरेका छन् । एम.सीसी सम्झौता कार्यान्वयन गराउनका लागि नेपालमा आएका एमसीसीका उपाध्यक्ष क्यामरुन एलकोर्ड नेपाल आएका र एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा जान लागेको विरोधमा आयोजित कार्यकममा देशका कम्युनिष्ट पार्टीहरु नेकपा(मशाल) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,नेकपा विप्लव समुह,नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम माईतीघरबाट शुरु भएको थियो ।
जुलुश शुरु भएपछि एमसीसी सम्झौता खारेज गर । वैदेशिक हस्तक्षेप बन्द गर ,गो व्याक अमेरिका अमेरिकी सहयोग धोका हो । अमेरिकी साम्राज्यवाद मुर्दावाद । दलाल सत्ता मुर्दावाद । दलालहरु होसियार ।भन्ने जस्ता नाराहरु लगाउँदै काठमाण्डौ जिल्ला प्रशासन कार्यालय अगाडि बबरमहलमा पुगी सभामा परिणत भएको थियो । सभामा वक्ताहरु नेपाल कम्युनिष्ट पार्टी (मशाल) का पोलिटव्यूरो सदस्य चिन्तामणि शर्मा , क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला, नेकपाका ऋषि कट्टेल, नेकपा विप्लव समुहका नेत्र विप्लब चन्द वैज्ञानिक कम्युनिष्ट पार्टीका गोकुल राईलगायत रहेका थिए । वक्ताहरुले अमेरिकी सहयोग परियोजना इण्डोप्यासेफिक रणनीतिको अंग भएकाले यो क्षेत्रकै लागि घातक रहेको, सहयोगको नाममा अमेरिकी हस्तक्षेप भएको, दलाल नेतृत्वले विदेशीको दलाली गरेर देश बेचेको, यो परियोजना कुनै पनि अवस्थामा नेपालमा लागू हुन दिन नहुने बताएका छन् ।
वक्ताहरुले एसीसी लागूभएमा देश अफ्गानिस्तान, इराक युक्रेनको अवस्थामा पुग्ने, देशभक्त जनताले यसलाई कुनै पनि हालतमा लागूहुन दिनु नहुने भन्दै सहयोग कार्यान्वयन गराउन आएका क्यामरुनले कार्यान्वयन हैन खारेज गरेर जानु पर्ने धारणा राखेका थिए । उनीहरुने आम नेपालीहरुलाई एमसीसीको विरोधमा उत्रिन अनुरोध पनि गरेका छन् । वक्ताहरुले ज्यूदा र सचेत नेपालीहरु देशमा वैदेशिक हस्तक्षेप बढेको यो अवस्थामा सबै उठ्न पनि आह्वान गरेका थिए । वक्ताहरुले आफूहरु विकास विरोधी नभई बैदेशिक हस्तक्षेप विरोधी भएको पनि स्पष्ट पारेका थिए । कार्यक्रममा वेला बेलामा देशभक्तिपूर्ण गीत तथा गजल पनि प्रस्तुत गरिएको थियो ।