दिल्लीमा एकता समाजको नगर संगठन समिति गठन

दिल्ली, १५ भाद्र । अखिल भारत नेपाली एकता समाज दिल्ली अन्तर्गत रिठाला विजयनगरमा कार्यरत नेपाली बिच अगस्त ३० मा भेला सम्पन्न भई नगर संगठन समिति गठन भएको छ ।

भेलाले खुम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नगर संगठन समिति गठन गरेको छ । जसको उपाध्यक्ष देब थापा, सचिव लालुमाया थापा, सहसचिव दिपा थापा, कोषाध्यक्ष ज्योति सिन्जाली र सदस्यहरूमा झबिन्द्र सिन्जाली, ममता नेपाली, राम नेपाली, बिक्रम तिवारी, तिलक पाथक रहेका छन् भने एक स्थान रिक्त राखिएको छ ।

केन्द्रीय सचिव नारायण शर्मा, केन्द्रीय सदस्य थम्मन थापा, कुमारी थापाको उपस्थितिमा खुम बहादुर थापा र लालुमाया थापाको पहलमा दिल्लीको रिठाला बिजयनगरमा कार्यरत नेपालीहरू बिच भेला सम्पन्न भएको हो ।

अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

भेलाको अध्यक्षता खुम बहादुर थापा, उदघाटन केन्द्रीय सचिव नारायण शर्माले गरेका थिए । शर्माले आफ्नो मन्तव्यमा अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य, आगामी १०–१२ सेप्टेम्बर २०२३ मा हुन गइरहेको अखिल भारत नेपाली एकता समाजको आठौँ सम्मेलनबारे चर्चा गरेका थिए ।

नव गठित समितिलाई थम्मन थापा र कुमारी थापाले बधाई दिएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित