मशाल काठमाडौँको वनभोज तथा रक्तिमको जिल्ला समिति गठन

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (मशाल) काठमाडौँ जिल्ला समितिको आयोजनामा मङ्सिर १६ गते चोभार पार्कमा एक वनभोज कार्यक्रम सम्पन्न भएकोछ । वनभोज कार्यक्रमका बेला नेकपा ( मशाल) काठमाडौँको सांगठनिक तथा आर्थिक अभियान समिति र रक्तिम साँस्कृतिक अभियान जिल्ला समिति गठन गरिएको छ ।

मशालले मंसिर र पौष दुई महिना आर्थिक तथा सांगठनिक अभियान सन्चालन गरिरहेको छ । मशाल काठमाडौँ जिल्ला प्रवक्ता बलिभद्र शर्माको संयोजकत्वमा  दुई रिक्त सहित ९ सदस्यीय आर्थिक तथा सांगठनिक अभियान समिति गठन गरेको हो । जसको सहसंयोजक याम प्रसाद शर्मा, कोषाध्यक्ष सागर भण्डारी र  सदस्यहरु टेकहरी न्यौपाने, सकस नायक, सिमा नेपाली र  लिलाबल्लभ शर्मा रहनु भएकोछ ।

वनभोज कार्यक्रमको दाैरानमा नै प्रतिभा पौडेलको अध्यक्षतामा एक रिक्त सहित १५ सदस्यीय रक्तिम साँस्कृतिक अभियान काठमाडौं जिल्ला समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष पम्फा बन्जाडे, सचिव केशब राना, कविता के.सी. सहसचिव, राजेश नेपाली कोषाध्यक्ष  र सदस्यहरु सीमा श्रीस, कृति पुन, गिनिज बुढा, बेली सिन्जाली, एलिसा मगर, टेकम पन्थी, आषिका रिजाल, निहारिका भण्डारी, बिभिषा घिमिरे र सल्लाहकारहरु सागर भण्डारी, शोभा राणा, गणेश थापा रहनु भएकोछ ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति काठमाडौँको प्यानल अभियानका महासचिव लक्ष्मी रिजाल उदयलेले, सन्चालन रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले गर्नु भएको थियो । नेकपा (मशाल) का केन्द्रीय प्रवक्ता रामबहादुर बुढाले काठमाडौँको सांगठनिक तथा आर्थिक अभियान समिति र रक्तिम साँस्कृतिक अभियान जिल्ल्ला समितिलाई बधाई दिनुभएको थियो ।

कार्यक्रममा रक्तिमका कलाकारहरुले प्रगतिशील गीत र नाच प्रस्तुत गरेका थिए । टेकम पन्थीले हाँस्यब्यङ्ग गीत, सीमा नेपाली (गुल्मी) ले अभाव शीर्षकको  गीत र प्रशान्त बस्नेत (काठमाडौँ) ले हामी नेपाली शीर्षकको गीत तथा साना बालबालिकाले  गीत र नृत्य प्रस्तुत गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित