काठमाण्डौ, मंसिर २२ । गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बरामद भएको सुन तस्करी बारे छानविन गर्न भन्सार विभागद्वारा छानविन समिति गठन गरेको छ ।
त्रिभुवन विमानस्थलका भन्सार कार्यालय प्रमुख भन्सार अधिकृतक मणिराम पौडेलको नेतृत्वमा ६ सदस्सीय छानविन समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना रहेका छन् ।
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन राति ११ः४० मा भन्सार विभागको टोलीले बरामत गरेको थियो भने सुन सहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरिएको थियो । उनी फ्लाई दुबईको उडानबाट नेपाल आएका थिए ।उनीसँग बिस्कुट आकारमा सात थान सुन भेटिएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन पहिले सय किलोसुन बरामद भएको थियो । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीकोलागि तस्करले प्रयोग गर्दै आइरहेका छन् ।