मार्क्सवादी राजनैतिक अर्थशास्त्र-१०

भक्तबहादुर श्रेष्ठ

सामाजिक पुँजीको पुनरुत्पादन र आर्थिक सङ्कट
पुँजीवादी अर्थव्यवस्थालाई बुझ्नका लागि पुँजीको निजी तथा सामाजिक स्वरूपलाइृस मिलाएर हेर्नुपर्छ । समाजको विभिन्न उद्योगहरूमा जुन निजी पुँजी लागिरहन्छ, सामाजिक पुँजी कुल सामाजिक उत्पादनको पुनरुत्पादनमा सम्मिलित हुन्छ । व्यक्तिगत पुँजीको कुल जोड सामाजिक पुँजीहो । कुल सामाजिक उत्पादन कुनै निश्चित अवधिमा सामान्यत: एक वर्षभित्र उत्पादन भएका भौतिक सम्पत्तिहरूको एक मुष्ट मात्रा हुन्छ । मूल्य अनुसार यी तीन भाग अचल पुँजी, चालु पँजी र अ.मू. मा बाँडिन्छ । पहिलो भाग अचल पुँजी, सामाजिक उत्पादनको निर्माणमा प्रयोग गरेको उत्पादनका साधनहरूमा लागेको मूल्य हो । यो मूल्य मूर्त श्रमद्वारा नयाँ वउत्पादनमा सुरक्षित रहन्छ र स्थानान्तरित हुन्छ । दोस्रो र तेस्रो भाग नयाँ उत्पादन भएको मूल्य अथवा अमूर्त श्रमको परिणाम हो । यसरी माल र कुल सामाजिक उत्पादन दुवैको मूल्य (अचल+चल+अ.मू.) को बराबर हुन्छ । जम्मा मिलाएर सामाजिक उत्पादनमा नयाँ उत्पादन भएको मूल्यलाई राष्ट्रिय आया भनिन्छ ।

सामाजिक उत्पादनमा दुई प्रकारका क्षेत्र हुन्छन् : उत्पादनका साधनको उत्पादन र उपभोक्ता वस्तुहरूको उत्पादन । उत्पादनको साधन उत्पादन अन्तर्गत विभिन्न मेसिन निर्माण गर्न आवश्यक चीजहरू उत्पादन गर्छ । यसमा पनि साधारण र विस्तारित दुई क्षेत्र हुन्छन् ।

साधारण पुनर्उत्पादनको होइन तापनि यो विस्तारित पुनरुत्पादनको अनिवार्य सङ्कटको अङ्ग हो । माक्र्सले प्रस्तुत गरेको यस सम्बन्धी सामान्य स्वरूपबारे विचार गरौँ । यसमा उत्पादनको साधन उत्पादन गर्ने क्षेत्रमा र उपभोक्ता सामान उत्पादन गर्ने क्षेत्रमा दुवै गरी १५००० को सामाजिक पुँजी बराबर लागेको छ । य समध्ये १०००० को पुँजी उत्पादनको साधन उत्पादन गर्ने क्षेत्रमा र ५००० उपभोक्ता सामान्य उत्पादन गर्ने क्षेत्रमा लागेको छ । उत्पादनका साधन उत्पादन गर्ने क्षेत्रमा लगाएको १०००० मध्ये ८ हजार अचल पुँजीमा र २ हजार चल पुँजीमा लगाइएको छ । त्यस्तै उपभोक्ता सामान उत्पादन गर्ने क्षेत्रको ५ हजारमध्ये ४ हजार अचल पुँजीमा र १ हजार चल पुँजीमा लगाइको छ । यदि अ.मु.को दर १०० प्रतिशत भयो भने कुल सामाजिक उत्पादन १९ हजार बराबर हुन्छ ।

जस्तो, उत्पादनका साधन उत्पादनमा : ८०००अ. पु. +२००० अ.मु. = १२००० रुपैयाँ उपभोक्ता वस्तु उत्पादनमा : ४००० अ.पु. + १००० च.पु.+१००० अ. मु.= ६००० उत्पादनका साधन उत्पादनको १२ हजार मध्येबाट ८००० उत्पादनका खक्रमा लगाएको अचल पुँजीमा लगाउनु पर्छ बाँकी २००० चल र अ.मु. को असुली त्यसै क्षेत्रमा हुुन सक्दैन । यस क्षेत्रको उपयोग मजदुर र पुँजीपतिहरूको निजी उपभोक्ताको लागि गर्न सकिंदैन । त्यसकारण उत्पादनका साधन उत्पादनको अचल र अ.मु. को विनिमय उपभोगको वस्तुहरूसँग हुनुपर्छ ।

उपभोगका वस्तुहरू उत्पादनको क्षेत्रमा चल पुँजी र अ.मू. को २००० को असुली हुन्छ । तर बाँकी ४००० को असुली हुन सक्दैन किनभने त्यसको विनिमय उत्पादनमा लागेको पुँजी उत्पादनको साधनसँग हुनुपर्छ । त्यसकारण उत्पादनका साधन उत्पादन गर्ने चल पुँजी र अ.मू. को विनिमय उपभोगका वस्तु उत्पादनको अचल पुँजीसँग हुनुपर्छ ।

यसरी साधारण पुनरुत्पादनअन्तर्गत कुल सामाजिक उत्पादन असुल हुनको लागि आवश्यक पहिलो सर्त उत्पादनको साधन उत्पादनको चल पुँजी र अ.मू. बराबर उपभोगका साधन उत्पादनको अचल पुँजी हो । त्यसकारण, उत्पादनका साधन उत्पादन क्षेत्रमा उत्पादन साधनहरूको उपभोग ८८०० को बराबर हुन्छ । अब असुल नगरिएको उत्पादनको ३२०० (च.प.+१००० अ.मु) बच्दछ, जसको विनिमय उपभोगका वस्तुहरूसँग हुन्छ ।

उपभोगका वस्तु उत्पादनको क्षेत्रमा खर्च भएको अचल पुँजी (३०० अ.पु.) उत्पादनका नयाँ साधनहरूद्वारा प्रतिस्थापन हुनुपर्छ । यसबाहेक, उत्पादनका साधन उत्पादनको क्षेत्रको विनिमयमा उपभोगका वस्तुहरूको र २०० एकाइको आवश्यकता हून्छ । यसले उत्पादनका साधन उत्पादनका क्षेत्रका लागि सञ्चयको व्यवस्था गर्छ । उत्पादनका साधन उत्पादनको अ.मु.को खर्चबाट २०० र एकाईहरू अचल पुँजीमा जोडिन्छन् । त्यसकारण उत्पादनको साधन उत्पादनको क्षेत्र अचल पुँजी हुन्छ : ३०००+३२०० बराबर ।

यसका लागि उत्पादनका साधनका क्षेत्रमा चल पुँजी बढाउनुपर्ने आवश्यकता हुन्छ । त्यसको साङ्खीय संरचना २÷१ (३००० अ.पु.÷१५०० अ.पु.) भएपछि चल पुँजीमा अ.मु. बाट प्राप्त ५० एकाइहरूको वृद्धि हुुनुपर्छ । त्यसको परिणाम, उत्पादनका साधन उत्पादन क्षेत्रमा ३०० अ.मू. सञ्चितमा प्रयोग गरियो र १२०० अ.मू. पुँजीपतिको निजी उपभोगका लागि छुट्याइन्छ ।

कुल सामाजिक उत्पादनको असुलीको लागि मुख्य सर्त के हो भने उत्पादनका साधनको उत्पादनको चल पुँजी र अतिरिक्त मूल्य, उत्पादनका साधन उत्पादनको अचल पुँजीभन्दा बढी हुनुपर्छ, नत्र भने उत्पादनका साधन उत्पादन क्षेत्रमा अ.मू. जोडेर पुँजीमा वृद्धि गर्न सकिंदैन । उत्पादनका साधन उत्पादन क्षेत्रको कुल उत्पादन दुवै क्षेत्रका खर्च अचल पुँजीको कुल राशिभन्दा बढी हुनुपर्छ र सम्पूर्ण नयाँ उत्पादित मूल्य, उत्पादनका साधन उत्पादन क्षेत्रको उत्पादनको मूल्य भन्दा बढी हुनुपर्छ ।

त्यसकारण सामाजिक उत्पादनको विशेषता के हो भने यसको सबै अंश परस्पर जटिल ढङ्गबाट गाँसिएको हुन्छ । यसले उत्पादनका साधनहरूको उत्पादन तथा उपभोगका वस्तुहरूका बीच केही सन्तुलन खोज्दछ । तर, पुँजीवादी समाजमा व्याप्त उत्पादनमा प्रतियोगिता र अराजकताको कारणबाट यो सन्तुलनले मालहरूको बिक्रीलाई कठिन बनाएका कारण यो हमेसा बिग्रिरहन्छ ।

पुँजीवादी अर्थव्यवस्थामा बराबर आर्थिक सङ्कट भइरहन्छ । त्यसको कारण के हो भने यस व्यवस्थामा जति सक्यो बढी नाफा कमाउने उद्देश्यले उत्पादन गरिएको हुन्छ । यो स्व:स्पूmर्त ढङ्गबाट विकसित हुन्छ र अराजकताको एकछत्र प्रभावमा पर्दछ । त्यसले गर्दा बारम्बार सन्तुलन बिग्रन्छ । त्यसको कारण के हो भने उत्पादनमा अराजकता हुने हुनाले र उत्पादनसम्बन्ध व्यक्तिगत भएको हुनाले उत्पादनमा ज्यादा वृद्धि हुन्छ । मागभन्दा पूर्ति ज्याला हुन्छ । त्यससले गर्दा बिक्री बन्द हुन्छ । अनि मालहरू बिक्री नभई स्टक बस्न जान्छ र मालको दाम खस्न थाल्छ । मालको दाम खसेपछि पुँजीपतिलाई नोक्सान हुन्छ । मजदुरलाई बेतन दिन सक्दैन र मजदुर छाँट्नुपर्छ । अनि कारखानाहरू बन्द हुन थाल्छन् । उदाहरणको रुपमा भनौँ, समाजमा १ करोड मिटर कपडाको आवश्यकता छ र कपडाको उत्पादन २ करोड मिटर भयो भने १ करोड मिटर बिक्री हुँदैन र भाउ सस्तो हुन्छ । यसरी सस्तो भएपछि घाटा लाग्न थाल्छ र मजदुरलाई बेतन दिन सक्दैनन्, त्यसकारण मजदुर निकाल्नुपर्छ, अनि कारखाना बन्द हुन्छ । यसलाई पुँजीपतिहरू बढी उत्पादनको कारण बताउँछन् ।

यस्तो हुनुको कारण के हो भने पुँजीवादी उत्पादनको सामाजिक स्वरूप तथा सम्पत्ति बीचको अन्तर्विरोध, उत्पादन र उपभोक्ता सामाजिक हुन्छ र पुँजीपतिमा परस्पर सम्पत्तिको अन्तर्विरोध अर्थात् व्यक्तिगत सम्पत्तिको प्रतिस्पर्धाले माग भन्दा उत्पादन बढी भई त्यसले सामाजिकताको रुप नलिएकोले यस व्यवस्थामा बारम्बार आर्थिक सङ्कट भइरहन्छ । पहिलो औद्योगिक सङ्कट ब्रिटेनमा १८२५ मा मुख्य उद्योगहरूमा पुँजीवादी मेसिन उत्पादन हावी भएपछि भयो । एकाधिकारी पुँजीवादको विकास हुनुभन्दा पहिले १०÷११ वर्षमा सङ्कट आउँथ्यो भने त्यसको विकासपछि ७÷८ वर्षमा आउन थाल्यो । १९२०–१९२१, १९२९–१९३३ र १९३७–१९३८ को सङ्कट, जुन सङ्कटको सुरुवात पुँजीवादमा आम सङ्कट आउनासाथ भयो ।

दोस्रो विश्वयुद्धपछि पूर्वी यूरोपमा पोल्याण्ड, चेकोस्लोभाकिया, रुमानिया, हङ्गेरी,बुल्गेरिया, अल्बानिया, पूर्वी जर्मनी अनि कोरिया, भियतनाम, चीन, एसियामा क्रान्ति शुरु भई मजुरवर्गको सरकार कायम भएपछि, विश्वको ३ भागको १ भागमा एकाधिकार पुँजीपतिलाई अनियन्त्रित रुपबाट प्रवेश गर्न असुविधा भयो ।

औपनिवेशिक देशहरूमा साम्राज्यवादबाट मुक्ति प ाउन स्वाधिनताका आन्दोलनहरू एकपछि अर्को गरेर बढ्दै गए र साम्राज्यवादी पन्जाबाट ती देशमुक्त हुँदै गए । आज पनि साम्राज्यवादी तथा प्रभुत्ववादीअन्य पुँजीवादी देशहरूका एकाधिकारहरूका बीच प्रतिस्पर्धा चलिरहेको छ । उनीहरूले सहायताको ढोङ्ग रचेर अझ पनि स्वतन्त्र देशहरूलाई लुट्ने कोशिश गरेर पुँजीको निर्यात गर्दैछन् र विकासोन्मुख देशहरूलाई शोषण गर्दैछन् ।

उनीहरूले आर्थिक सङ्कटबाट आफूलाई बचाउन, सेनामा खर्च बढाउन, विभिन्न हातहतियार बनाउन एकाधिकारी पुँजीपतिहरूलाई आदेश दिन्छन् । केही कारोबार चल्न थाल्छ, मानिसहरूले काम पाउन थाल्छन्, तर पनि सङ्कट हट्दैन । कृत्रिम माग त पैदा हुन्छ, तर क्रयशक्ति घटेको हुन्छ र वास्तविक मागहरू घटेर जान्छन् । सैनिक शक्तिमा खर्च गर्न जनतालाई करको बोझ बढेर जान्छ र मुद्राप्रसार झन् भीषण सङ्कटमा पुग्छ । अनि उनीहरूभित्र अन्तर्विरोध बढ्छ । प्रथम र दोस्रो विश्वयुद्ध यसैको परिणामस्वरूप भएको हो ।

दोस्रो विश्वयुद्धपछि अमेरिकामा यस्तो सङ्कट बारम्बार आयो । १९५७ मा विकसित पुँजीवादी देशहरू यसको चपेटामा परे । १९७४–१९७५ मा विश्व आर्थिक सङ्कट शुरु भयो । पुँजीवादी अर्थव्यवस्थाको एउटा सङ्कटदेखि अर्को सङ्कटमा प्रवेशलाई औद्योगिक चक्र भनिन्छ । मालहरूको सापेक्ष उत्पादन हुन्छर ती मालहरू मुस्किलले बिक्री हुन्छन् र मुस्किलले बिक्री हुनाको कारण सबै मानिसको आवश्यकता पूरा भएकोले होइन, यसको कारण हो, आम जनताको क्रयशक्ति उत्पादनको विकास भन्दा पछि पर्छ, सङ्कटको बेलामा उत्पादन घट्छ, बेरोजगारी बढ्छ, साना उत्पादकहरू बर्बाद हुन्छन् । उत्पादनको सङ्कटले उद्योग र मुद्रा प्रणालीको सङ्कटलाई बढाइदिन्छ र उधारोको भुक्तान रोकिन्छ । बैङ्कहरूमा धन जम्मा गर्ने काम कम हुन्छ । त्यसबेला व्याज दर बढ्छ । यस्तो सङ्कटले श्रमजीवी जनतालाई नराम्रो असर पर्छ । पुँजीपतिले व्यापक बेरोजगारीको फाइदा मजदुरीमा कटौती गर्नका लागि गर्दछन् । यसरी मजदुर वर्गको स्थिति सापेक्ष र निरपेक्ष दुवै रुपबाट बिग्रन्छ ।

एउटा सङ्कट र अर्को सङ्कटबीच कैयौँ चरणहरू हुन्छन् । पहिलो क्रम ह्रासको स्थिति हो । यसमा आर्थिक सङ्कटको तीव्रतामा कमी हुन्छ । पुँजीपतिहरूले यस्तो अवस्थामा मजदुरहरूलाई कम तलब दिएर बढी काममा लगाउँछन् र सस्तो दाममा बिक्री गर्ने उद्देश्यले मेसिन तथा प्राविधिक प्रणालीमा सुधार गर्छन् । त्यसबाट स्थिति क्रमश: पहिलेकै अवस्थामा आइपुग्छ । यसपछि जुन दोस्रो अवस्था आउँछ, त्यसलाई सुधारको स्थिति भनिन्छ ।

तेस्रो अवस्था भनेको प्रचुर मात्रामा उत्पादनको अवस्था हो । उत्पादन चरम अवस्थामा पुग्छ भने पुँजीपतिको बीचमा परस्पर होडबाजी चल्छ । यसले गर्दा प्रथम सङ्कटकालको भन्दा उत्पादन झन् बढेर जान्छ र उन्नतिको क्रम ओर्लेर जान्छ । यस्तो किसिमको पुँजीवादी आर्थिक व्यवस्थाले गर्दा मजदुरको मात्र होइन, कृषिमा पनि खेत मजदुरको अवस्था खस्कँदो हुन्छ, बेकारी बढ्छ र महङ्गीको वृद्धि हुन्छ । यस्तो स्थितिमा पुँजीपति वर्ग पनि बर्बाद हुन पुग्छ । जसको हातमा उत्पादनको साधन केन्द्रित हुन्छ, त्यसलाई मात्र फाइदा हुन्छ, साना पुँजीपतिहरूको विनास हुन्छ ।

एकाधिकार पुँजीवाद र साम्राज्यवाद
पुँजीवादको विकासको साथै मजदुरवर्गको सङ्ख्यात्मक वृद्धि हुँदै जान्छ र पुँजीपति र मजदुरवर्गका बीचमा सङ्घर्ष चल्न थाल्छ । यी दुवै पुरस्पर विरोधी वर्ग हुन् र यिनीहरूको हित एक अर्कोको हितसँग टकराउँछ । त्यस्तै परस्पर होडबाजीले गर्दा पुँजीपति पुँजीपतिमा पनि अन्तर्विरोध हुन्छ र सस्तो मूल्यको वस्तु पैदा गर्न प्रतियोगिता चल्छ । यस्तो पुँजीपति वर्गको आपसी सङ्घर्षमा जोसँग धेरै पुँजी छ र बढी मात्रामा उत्पादनको साधन छ, त्यही पुँजीपति टिक्न सक्छ । प्रतियोगितामा टिक्न नसक्ने पुँजीपतिहरू खत्तम हुँदै जान्छन् र उत्पादनहरू केन्द्रीकरण हुन थाल्छन् । यही केन्द्रीकरणले एकाधिकारी पुँजीको रुप लिन्छ ।

पुँजीपतिहरूको होडबाजीमा अडिनका लागि एक एक गर्दै एकाधिकारी पुँजीका सङ्गठनहरू बढ्दै जान्छन् । एकाधिकारी पुँजीको सङ्गठन यसप्रकारको हुन्छ–कार्टेल, सिन्डिकेट, ट्रस्ट र कन्सर्न । कार्टेलका सदस्य पुँजीपतिहरूले आ–आफ्नै बनाउँछन्,तर भएका पुँजीपतिहरूले कार्टेलको बजार भाउ कुनकुन बजारमा बिक्री गर्ने भनेर मात्र तय गर्दैनन्,यसका साथै कच्चा मालहरू एकै भाउमा खरिद गर्छन् र उत्पादित वस्तुहरू पनि त्यही सिन्डिकेटद्वारा बक्रिी हुन्छन् । कुनै उद्योगका पुँजीपतिहरूले आ–आफ्नो पुँजी एकै ठाउँमा मिलाउँछन्, सबै आफ्नो कारोबारको स्वामित्व ट्रस्टको हातमा दिन्छन् र नाफा र हिस्सा खाने मात्र हुन्छन् । कन्सर्न एकाधिकारी पुँजीपतिको सबभन्दा ठूलो सङ्गठन हो । त्यसले एउटै उद्योगको मात्र होइन, विभिन्न प्रकारका उद्योगहरू र बैङ्कहरू,बिमा कम्पनीहरू आदि अथवा ट्रस्टहरूलाई एकै ठाउँमा सम्मिलित गर्छ र ती उद्योगहरूमा प्रभुत्व कायम गर्छ ।

एकाधिकारी पुँजीवादमा मजदुर र पुँजीपतिहरूका बीचमा मात्र अन्तर्विरोध हुँदैन, पुँजीपतिहरूका बीचमा पनि टक्कर पर्छ । एकाधिकारी पुँजीपतिहरूले आफ्नो विशेष उद्योगबाट अरु पुँजीपतिहरूलाई बाहिर निकाल्ने कोसिस गर्छन् र कसले नियन्त्रण गर्ने भन्ने कुरामा सङ्घर्ष चल्न थाल्छ । यस सम्बन्धमा लेनिनले भनेका छन् : “एकाधिकारी पुँजीपतिहरूमा सबैभन्दा ठूलो सङ्घर्ष कच्चा मालको बजारको लागि हुन्छ । तिनीहरूमध्ये हरेकले कच्चा मालको बजारमा आफ्नो अधिकार कायम होस् भन्ने चाहन्छन्, जसले गर्दा सस्तो दाममा कच्चा माल खरिद गर्न सकियोस् । ”

एकाधिकारी पुँजीपतिले जतिसक्यो आफ्नो मुनाफाको रकम बटुल्न किसानहरूलाई पनि लुट्न थाल्छ । किसानसँग जतिसक्यो सस्तो मोलमा कच्चा माल खरिद गरेर जतिसक्यो महङ्गो मोलमा बिक्री गर्छ । यसले गर्दा किसानहरू पराधिन र गरिब हुँदै जान्छन् र जमिन बिक्री गर्न थाल्छन् । यसले गर्दा जमिन पनि केन्द्रीकरण हुन थाल्छ र सर्वहाराको सङ्ख्यामा वृद्धि हुन थाल्छ । पुँजीपतिहरू त्यही सर्वहाराको अतिरिक्त श्रमबाट अतिरिक्त मूल्य प्राप्त गरी झन्झन् मोटाउँदै जान्छन् ।

पुँजीवाद जब एकाधिकारवादको अवस्थामा पुग्छ,त्यसले साम्राज्यवादको रुप लिन थाल्छ । किनभने उसले अतिरिक्त उत्पादन गर्न थाल्छ । त्यसले गर्दा आफ्नो देशमा मात्र खपत हुन सक्दैन र अरु देशहरूलाई कब्जामा पारी उपनिवेश बनाउन थाल्छ । यही नै साम्राज्यवादी रुप हो । साम्राज्यवादको मुख्य लक्षणको बारेमा लेनिनले भनेका छन्:

१) उत्पादन तथा पुँजीको केन्द्रीकरण विकसित भएर यस्तो उच्च शिखरमा पुग्यो कि त्यसले एकाधिकारी पुँजीपतिहरूलाई जन्म दियो, जसको आर्थिक जीवनमा निर्णायक भूमिका हुन्छ, (२) बैङ्कहरूको पुँजी र उद्योगहरूको पुँजी एकाकार भएको छ र यस ‘वित्तिय पुँजी’ को आधारमा एउटा वित्तिय अन्तर्देशको रचनाभएको छ (३) पुँजीको निर्यात, जुन मालको निर्यातभन्ना भिन्न छ, असाधारण महत्त्व धारणा गरेको छ, (४) अन्तर्राष्ट्रिय एकाधिकारी पुँजीवादी सङ्घहरूको निर्माण भएको छ, जसले विश्वलाई आपसमा बाँड्छ र (५) सबैभन्दा ठूला पुँजीवादी शक्तिहरूकाबीच पूरै विश्वकवो क्षेत्रीय विभाजन हुन्छ ।

पुँजीको निर्यात
पुँजीलाई एक देशबाट अर्को देशमा स्थानान्तरण गर्नु विश्व पुँजीवादी अर्थव्यवस्थाको एउटा मौलिक लक्षण हो । अरु देशहरूमा उत्पादन भएका अ.मू. लाई प्राप्त गर्न साम्राज्यवादले मूल्य निर्यात पहिले पनि गर्दथे, तर साम्राज्यवादमा सङ्क्रमण आउन थालेपछि यो स्थायी बन्न गयो र यसको आकार पनि बढ्दै गयो । पुँजीको निर्यात गर्नु साम्राज्यवादको सबैभन्दा आधारभूत आर्थिक आधार हो ।

उद्योगपति, बैङ्कहरूले व्यक्तिगत उद्योगहरूका साथै सरकारलाई पनि ऋण दिन्छन् र प्रत्येक साल व्याज असुल गर्छन् । यसमा सर्त निश्चित गरिएको हुन्छ र त्यसबाट जुन उद्योग खुल्छ, त्यसको लाभबाट निश्चित ऋण पुँजीपतिहरूले पाउँछन् । पुँजीको निर्यात उत्पादकक पूँजीको रुपमा पनि गर्छन् । अरु देशमा उद्योग खोल्ने उद्देश्यले आफ्नो देशमा कम्पनीहरू खोल्छन् र विदेशमा पुँजी निर्यात गरेर आफ्नो देशका मजदुरहरूसँग बढी सुविधापूर्वक सौदा गर्छन् । एकाधिकारवादीहरूलाई विदेशमा पुँजी लगाउन अनिवार्य हुन्छ । यसरी विदेशमा पुँजी लगाउन पाएनन् भने उनीहरूलाई बाँच्न मुस्किल पर्छ । कुनै पुँजी निर्यातकलाई पुँजी निर्यात गरेका देशमा आफुले नै जोखिम उठाएर व्यापारमा लगाउन कुनै आवश्यकता पर्दैन । प्राय: गरेर उसले आफ्नो पुँजी विदेशी उद्योगपतिहरू र सरकारहरूलाई ऋण दिन्छ । यस विषयमा ऋण पुँजीको निर्यात् हुन्छ । ऋण पुँजीको निर्यात एउटा निर्धारित व्याज प्राप्त गर्नका लागि गर्दछन् र दीर्घकालीन, अल्पकालीन दुवै रुपमा ऋण पुँजी निर्यात हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित