एसीसी यू-१९ एसिया कप क्रिकेट – नेपाल र भारतबिच खेल आज हुँदै

काठमाडौ, २६ मंसिर । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतबिच खेल हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेल्दैछन् ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान ११.१५ बजे सुरु हुनेछ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल महत्वपूर्ण रहेको छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ ।
नेपालले भने अहिलेसम्म कुनै खेल जितेको छैन । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।
यू-१९ नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा रहेका छन् ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित