प्यालेस्टाइन माथि पाशविक जाति–हत्या जारी

अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादको विश्वब्यापी विरोध
काठमाडौँ । अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायली विस्तारवादले प्यालेस्टाइन माथि लगातार पाशविक रूपमा जाति हत्या गरिरहेकोछ । गाजा क्षेत्रमा इजरायलले अन्धाधुन्ध बमबारी गरिरहेको छ । हालसम्म १८ हजार प्यालेष्टेनीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । गाजामा ज्यान गुमाउनेहरू ७० प्रतिशत भन्दा बढी महिला र बालबच्चाहरू छन् । गाजा क्षेत्रमा रिपोर्टिङ गरिरहेका पत्रकार तथा मानवअधिकारवादीहरू पनि आक्रमणमा निधन भइरहेका छन् । इजरायलको आक्रमणमा परी अहिले सम्म ५७ हजार घाइते भएका छन् र १९ लाख भन्दा बढीको विस्थापन भएको छ । इजरायलले अस्पताल, शरणार्थी शिविर, आवास क्षेत्र, अध्ययन संस्था, सबै प्रकारका भौतिक संरचनाहरू ध्वस्त पारिरहेको छ । उपचाररत विरामी, बालबच्चा, शराणार्थीहरूलाई मारिरहेको छ । अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादको प्यालेस्टाइन माथिको जाति हत्यालाई सर्बत्र विरोध भइरहेको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायल माथि आक्रमण गरेको र आफ्ना २ सय नागरिक अपहरण गरेर लगेको भन्दै इजरायलको नेतन्याहुँको सरकारले गाजामा निरन्तर आक्रमण गरिरहेको छ । इजरायलले गाजा क्षेत्रमा जमिन, समुद्र र आकाशबाट हमला गररिहेको छ । सर्वसाधारण नागरिकलार्ई गाजा क्षेत्र खाली गर्न भन्दै आइरहेको छ । उसले लाखौँ प्यालेस्टाइनीलाई “खुला कारागार” मा राखेर आक्रमण गरिरहेकोछ । गाजामा युद्ध जारी रहेको आज ६६ दिन पुगिसकेको छ ।
यसबीचमा नोभेम्वर २५ देखि नोभेम्वर ३०सम्मका लागि अस्थायी युद्धविराम भएको थियो । त्यस युद्धविरामको समयमा दुवै पक्षले केही नियन्त्रणमा रहेका बन्दीहरूलाई छोडेका थिए । तर युद्धविराम लामो समय हुन सकेन । स्थायी युद्धविराम नभएपछि फेरि निर्मम तरिकाले युद्ध भइरहेको छ । इजरायलले अमेरिकाको सहयोगमा प्यालेष्टिनीहरूमाथि आक्रमण गरिहेको छ । त्यहाँ मानवीय सहयोग हुन सकिरहेको छैन । मानवीय सहायताका लागि गरेका प्रयासहरू असफल भएका छन् । प्यालेष्टाईनीहरू पानी, खाना, औषधि उपचार नपाएर तड्पिरहेका छन् । बालबच्चाहरू रोइरहेका छन् । आमा, बा, आफन्तीहरू कतिबेला मर्छन्, कतिबेला मारिन्छन् भन्ने त्रास बोकेर बाच्न विवश बनाइएको छ । सडकहरू रक्ताम्य पारिएको छ । यस अवस्थामा शान्ति स्थापनाको लागि कुनै पहल प्रयास हुन सकेको छैन । भएका प्रयास असफल भएका छन् ।
शुक्रबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुइटेरेसले मानवीय सहायताका लागि गाजामा तत्काल युद्धविराम हुनुपर्छ भन्ने प्रस्तावमा छलफल गराए । तर अमेरिकाले भिटो प्रयोग गरी प्रस्तावलाई असफल बनायो । सुरक्षा परिषदमा रहेका स्थायी सदस्यहरू मध्ये एकले प्रतावको विपक्षमा मत जाहेर गरेमा प्रस्ताव असफल हुने प्रावधान छ । त्यसकारण गुटेरेसको प्रस्ताव सफल हुन पाएन । अन्तर्राष्ट्रिय क्षेत्रबाट युद्धविरामको लागि दिइएको दबावको वेवास्ता गर्दै अमेरिकाको वाईडेन प्रशासनले इजरायललाई हतियार र खरखजाना, ट्याÍहरू उपलब्ध गराइरहेको छ । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुँले जोन बाईडेनलाई हातहतियार, खरखजाना उपलब्ध गराउने अमेरिकाका राष्ट्रपति बाईडेनलाई धन्यवाद दिएका छन् ।
युद्ध अझै लम्बिने देखिएको छ । इजरायलले अमेरिकाको सहयोगमा निहत्था जनतामाथि आम नरसंहार मच्चाएको छ । यो नरसंहारबाट अझै कति प्यालेष्टाईनीको ज्यान जाने हो? भन्न सकिने अबस्था छैन । युद्ध अझै अरु देशतर्फ पनि सर्ने होकि भन्ने आशÍा बढिरहेको छ । गाजामा अपराध नरोकिएमा गाजाको युद्धले क्षेत्रीय रुप लिनसक्ने पनि आशङ्का गरिएको छ । इरानका विदेश मन्त्री होसिन अमिर अब्दुलाहले चिनियाँ विदेश मन्त्री वाङ यी सँग कुरा गर्दै गाजा क्षेत्रमा जारी युद्ध नरोकिएमा पश्चिम एसिया पनि युद्धको शिकार हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । उनले वेञ्जामिन नेतान्याहुले अमेरिकाको डिजाईनमा युद्ध रोक्ने बारे केही सोच्न नसकेको बताएका छन् । यो युद्ध तत्काल रोक्नु पर्नेमा जोड दिएका छन् ।
यसरी गाजा क्षेत्रमा जारी युद्धले अनेक शङ्काहरू जन्माएको छ । अमेरिकाले स्थायी शान्तिको लागि भन्दै हातहतियार सहयोग गरिरहेको छ । मानवीय सहयोग नपाएर प्यालेस्टाइनी जनता छटपटाइरहेका छन् । घाईतेहरूको लागि औषधि, उपचारको अभाव भइरहेको छ । युद्ध सम्बन्धी अन्तरास्ट्रिय नियम अनुसार युद्धमा आमने सामने भएर हतियार द्वारा लडाइमा सहभागी बाहेक कसैलाई पनि मार्न पाइँदैन । लडाइँमा सहभागी भएकालाई पनि आत्मसमर्पण गरेमा हत्या गर्न पाइँदैन । उसको मानव अधिकारको रक्षा हुनु पर्दछ । उसले बाँच्न पाउने अधिकार सुरक्षित गर्नु पर्दछ ।
अहिले संसारभरिका शान्तिपृय जनताले प्यालेस्टाइन माथिको अमेरिका– इजरायल आक्रमणलाई विरोध गरिरहेका छन् । दोस्रो विश्व युद्ध पछिको सबैभन्दा भयानक युद्ध अमेरिकी– भियतनाम युद्ध हो । आठ वर्षसम्म चलेको त्यो युद्धमा मरेका अमेरिकी सेनाहरूको लास बोक्दै अमेरिकी जनता युद्धको विरोधमा उत्रिए पछि बाध्य भएर अमेरिकी साम्राज्यवाद भियतनामबाट भाग्नु परेको थियो । जनताको न्यायपूर्ण आवाजको जीत हुनेछ । प्यालेष्टाईनीहरूको जीवन रक्षार्थ सबैले आवाज उठाउनु पर्दछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित