भारतस्थित नेपालीहरूको बीचमा महासचिव नेपाली

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्तबहादुर नेपाली भारत स्थित प्रवासी नेपालीहरूको भेटघाट र छलफल कार्यक्रममा सहभागी हुनु भएकोछ । गत नोभेम्बर २५ र २६ मा चेन्नै, डिसेम्बर २ र ३ मा बैËलोर, डिसेम्बर ९ मा भिवाडी, राजस्थान, डिसेम्बर १२ मा कानपुर र लखनउमा भएका छलफल र भेटघाट कार्यक्रममा महासचिव नेपाली सहभागी हुनु भएको थियो । प्रवासी नेपालीहरूले राखेका जिज्ञासाहरूलाई महासचिव नेपालीले स्पष्ट गर्नु भएको थियो ।

नेपालमा कम्युनिस्ट आन्दोलन किन अगाडि बढ्न सकेन भन्ने प्रश्नको जबाफमा नेपालीले कम्युनिस्ट आन्दोलनमा आएको संशोधनवादी तथा दक्षिणपन्थी भड्कावका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउनु भएको थियो ।

नेपालीले भन्नू भयो, “कम्युनिस्ट आन्दोलन एउटा नेता वा एउटा कम्युनिस्ट पार्टीको चाहनाले मात्र अगाडि बढ्ने होइन । समग्र परिस्थितिले सच्चा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सम्भव छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको शक्ति बलियो बनाउन हामीले संयुक्त मोर्चामा जोड दिइरहेका छौँ । विचार मिल्ने समुहको बीचमा पार्टी एकता पनि हुनु पर्दछ । एकता हुन नसकेका शक्तिहरूका बीचमा सहकार्य,कार्यगत एकता र संयुक्त मोर्चालाई बलियो बनाउनु पर्दछ ।”

नेपालीले थप्नु भयो, “राजावादीहरू राजतन्त्र फर्काउने कुचेष्टा गरेका छन् । त्यो जनताको सङ्घर्षलाई अपमान गर्ने गलत विचार हो । संसदवादी शक्तिहरूले “०८४ मिशन” बनाएर आगामी चुनाव जित्ने र देशलाई लुट्ने उद्देश्यमा लागेका छन् । संसदवादबाट देश र जनताको मुक्ति हुँदैन । देश र जनताको मुक्तिको लागि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै जानु आजको आवश्यकता हो ।”

प्रबाशी नेपालीहरूले भारतमा १९५० को सन्धि विपरीत नेपालीहरूले पाउनु पर्ने सुबिधा नपाएको, अहिले पनि नेपालीहरू माथि शोषण, दमन, अत्याचार भइरहेको, सिमानमा लुट्पाटको मारमा परेको पीडा महासचिव नेपालीलाई सुनाएका थिए ।

नेपालीले देशमा जनताको शासन नभइ दलाल पुँजीवादको शासन चलेकाले नेपालीहरू देशमा बस्ने वातावरण नभएको स्पष्ट गर्दै देशमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, देशलाई स्वाधीन बनाउने र जनतालाई स्वतन्त्रता र समानताको अनुभुति दिने व्यवस्था ल्याउन सङ्घर्ष गर्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित