जाडोमा पनि डेङगुको जोखिम कायमै

काठमाडौँ । जाडोमा पनि डेङगुको जोखिम कायमै रहेको छ । जाडो महिनामा डेङगु सङ्क्रमण नहुने हो तर जाडो महिनामा पनि डेङगुको सङ्कमण न्युन हुन सकेको छैन ।

तराई, पहाड, हिमाल जता सुकै डेङगुको सङ्क्रमण रोकिएको छैन । नेपालका ७७ वटै जिल्लामा डङगुको सङ्क्रमण रहेको छ । यस वर्ष ५१हजार ९४जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

डेङगुको सङ्क्रमणका कारण यसवर्ष २० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोशीमा ५०प्रतिशत भन्दा माथिको सङ्क्रमण देखिएको छ । गण्डकीमा २४.७प्रतिशत वागमतीमा १५ प्रतिशत सङ्क्रमण रहेको छ । सुनसरीमा सबैभन्दा धेरै डेङगुको सङ्क्रमण रहेको छ ।

यसरी जाडो मौसममा पनि डेङगुको सङ्क्रमण रहनु वा हिमाली जिल्लाहरूमा पनि फैलिनुमा जालवायु परवर्तनको कारण भएको विज्ञहरूको भनाई रहेको छ । नेपालमा १९ वर्ष पहिले डेङगुको सङ्क्रमण पुष्टि भएको थियो । यस सम्बन्धी विस्तृत खोजी अझै हुन नसकेको जानकार बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित