नागरिक आन्दोलनका अगुवाहरु पक्राउ

मङ्सिर-२९, काठमाडौँ । माइतीघर मण्डलामा निषेधाज्ञा तोड्ने नागरिक अगुवाहरुलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकोछ । दुर्गा प्रसाईले चलाएको आन्दोलन र एमालेको युवा संघले चलाएको आन्दोलनकोबिचमा झडप हुन सक्ने खतरा देखाउँदै सरकारले माइतीघर मण्डला, रत्नपार्क क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको थियो ।

दुवै समूहको आन्दोलन साम्य भइसक्दा पनि निषेधाज्ञा अन्त्य गरिएकोछैन । निषेधाज्ञाले भेला हुन पाउने, बोल्न पाउने नागरिक अधिकार हनन भएको भन्दै नागरिक अगुवाहरु आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौ प्रहरी प्रशासनले रत्नपार्कमा बस्दै आएका मिटर ब्याज पीडितहरुलाई हट्न दवाव दिँदै आएकोछ । निषेधाज्ञाको खारेजीको मागका साथै मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका नारा पनि जुलुसमा लगाइएको थियो ।

प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, शिशिर उप्रेती, वोधकुमारी, निर्ग नवीन, गोविन्द छन्त्याललगायत २८ जनालाई गिरफ्तार गरि पुलिस क्लबमा राखिएको राष्ट्रिय क्रान्तिकारी मोर्चाका सचिवालय सदस्य पुष्कर गौतमले हाँक टुडेलाई जानकारी गराउनु भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित