विश्वभरि हरेक मिनेट सडक दुर्घटनाका कारण २ जनाको ज्यान जान्छ : विश्व स्वास्थ्य सङ्गठन

मंसिर २९ काठमाडौँ । विश्वभरिमा हरेक मिनेटमा सडक दुर्घट्नाको कारण २ जनाको ज्यान जाने कुरा विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । प्रत्येक दिनमा ३२०० को सडक दुर्घट्नामा मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले यो कुरा बताएको छ ।

सडक दुर्घट्नामा अत्यधिक पर्ने उमेर समुहमा पाँच वर्षदेखि माथि २९वर्षसम्मका बढि रहेको छ । सडक दुर्घटनामा पर्नेहरूमा जथाभावी बाटो काट्ने, पैदल यात्रीहरू, साईकलको प्रयोग गर्नेहरू देखाईएको छ ।

सडक दुर्घट्नाको सङ्ख्या भने विगतमा भन्दा घटेपनि सन्तोषजनक नभएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका १०८ सदस्य राष्ट्रहरू मध्ये १० राष्ट्रहरूले सडक दुर्घट्नाको दर केही घटाउँदै लगेको देखाईएको छ ।

१० राष्ट्रहरूले ५० प्रतिशत भन्दा बढि सडक दुर्घट्नालाई कम गर्न सफल भएको देखाईएको छ ।

सडक दुर्घट्नाबाट हरेक वर्ष १० लाख १९हजारको ज्यान जाने गरेको बताइएको छ । सडक दुर्घट्ना विकसित देशमा भन्दा कम विकसित देशमा बढि रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित