मंसिर २९, काठमाडौँ । सन् २०२३ मा कोइलाको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहेको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको प्रतिवेदनले बताएको छ । कोइलाको माग अब अन्तर्राष्ट्रिय बजारमा घट्दै जाने पनि प्रतिवेदले बताएको छ ।
बजारमा सन् २०२३ मा ८.५ विलियन टनको माग रहेको छ । सन् २०२६ सम्ममा कोईलाको मागमा कमीआउने प्रतिवेदनले बताएको छ ।
कोइला बिजुली निकाल्न र अन्य कामको लागि प्रयोग हुँदै आइरहेको छ । कोइलाको माग चीन पछि भारतमा बढी रहेको प्रतिवेदनले जनाएको छ ।
कोइलाको ६० प्रतिशत भाग बिजुली उत्पादनमा खर्च हुन्छ ।
कोइलाले विश्वमा कार्वन उत्सर्जन गरिरहेको हुन्छ । यसको प्रयोग घटाउनमा ध्यान दिनु पर्नेमा जोड दिएको छ ।
Comments