काठमाडौँ, १ पुष । मङ्सिर ३० गते निर्मल लामा स्मृति प्रतिष्ठानको दशौँ साधारणसभा काठमाडौँ बानेश्वर स्थित सहकारी प्रशिक्षणको हलमा सम्पन भएकोछ । निर्मल लामा स्मृति प्रतिष्ठान निर्मल लामा, अनुशिक्षण, अनुभव, बैचारिक ऐतिहासिक गरिमा र आन्दोलनको पैरवी गर्ने संस्था हो।
सबभन्दा कान्छो, सफल कमाण्डर र गभर्नरको रुपमा २००७ को क्रान्तिमा निर्मल लामाको योगदानको खोजी र दस्ताबेजिकरणको जिम्मेवारी उठाउन आबश्यक रहेको त्यस संस्था सम्बद्ध व्यक्तिहरुले बताएका छन् । कार्यक्रमको अध्यक्षता लीलामणि पोख्रेल, सन्चालन दिलसुन्दरले गरेकाथिए ।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन थिए ।
लामालाई नजिकबाट अध्ययन गरेका लेखराज रेग्मीले भनेका छन् हाँक टुडेसित कुरा गर्दै भने, “नेपाली काँग्रेस छोडेर कम्युनिष्ट दिशामा लागेका २००७ का योद्धा तथा अगुवा मुक्ति सेनाको इतिहास जोगाउनुपर्ने ऐतिहासिक दायित्व बेवारिस जस्तै छ। नेका उनीहरु कम्युनिष्ट दिशामा लागेका कारण सुरुदेखि नै उनीहरुप्रति त्यति जिम्मेवार रहेको महसुस गर्न सकिएको छैन । २००७ को क्रान्तिलाई धोखा भन्दै आएका तात्कालीन कम्युनिष्ट नेताहरुले २००७को क्रान्तिमा बाम धाराका मुक्ति सेना तथा आन्दोलनमा महत्वपूर्ण भूमिका हुनेहरुको इतिहास प्रति गौरवान्वित हुन नसकेको महसुस भैरहेको छ। निर्मल लामा संगै यी र यस्ता ब्यक्तित्वहरुको एउटै लयमा खोजीनीति गर्ने र इतिहासको जगेर्ना गर्ने काम प्रतिष्ठानको दायित्व भित्र पर्छ होला। आज आन्दोलनमा मासलाइन (जननीति) बारे सही समझदारीको बिकास हुन नसकेको र बिकृत परिभाषा स्थापित हुदै गैरहेको संदर्भमा निर्मल लामा, एकदेव आले, भीमदत्त पंत, रुपचन्द्र बिष्ट लाई एकिकृत ढंगले जननीतिको अभ्यासको ऐतिहासिकता सहित, सही समझदारी स्थापित गर्ने बौद्धिक बैचारिक दायित्व यस प्रतिष्ठानको कार्यक्षेत्रमा पर्छ । त्यस्तै मार्क्सवादलाई बुझ्ने र नेपाली माटोमा बस्तुनिष्ठ ढंगले लागु गर्ने सवालमा बहस बखेडा भन्दा कामलाई प्राथमिकतामा दिदै तात्कालिक आबश्यकताका आन्दोलनवारे सैद्धान्तिक निरुपण सहित कार्यान्वयनमा जाने निर्मल लामाका बानी र तरिका बारे नयाँ पिढीको बिचमा बहसको थालनी जो काम नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो कार्यभारका रुपमा लिन सकिरहेका छैनन,सूचना र बहसको थालनी सायद महत्वपूर्ण कार्य सूचिमा पर्छ होला ।”