भक्तबहादुर श्रेष्ठ
विश्वको आर्थिक र क्षेत्रीय विभाजन
एकाधिकार पुँजीपतिहरू आफ्नो देशभित्र मात्र खुम्चिएर बस्न सक्दैनन् । उनीहरूको अन्तर्राष्ट्रिय सङ्गठन पनि बन्छ, जसले कुनै विशेष क्षेत्रमा आफ्नो सत्ता स्थापित गर्दछ ।
जस्तो ‘ब्रिटिसडच’ ‘र्वायल डच सेल’ जसमा अमेरिकी, फ्रान्सेली, बेल्जियन र अरु एकाधिकारीहरूले पनि भाग लिएका छन् । यो बहुराष्ट्रिय कम्पनीको एउटा उदाहरण हो । अन्तर्राष्ट्रिय एकाधिकारको क्षेत्रमा अमेरिकीहरूको मुख्य स्थान छ । तर, हाल आएर अरु पुँजीवादी देशहरूका एकाधिकारवादीहरू, खासगरी पश्चिमी यूरोप र जापानी एकाधिकारीहरूले आफ्नो गतिविधि बढाउन थालेका छन् । तिनीहरूको अन्तर्राष्ट्रिय सङ्घहरूको अमेरिकी कन्सर्नहरूसँग भयङ्कर प्रतिस्पर्धा चलिरहेको छ र यो विकासोन्मुख देशहरूमा पैmलिरहेको छ ।
एकाधिकारी पुँजीपतिहरूले अरु देशका पुँजीपतिहरूलाई बजारबाट भगाउने कोशिस गर्दछन् । त्यसमा तिचनीहरूले वा देशहरूमा सस्तो दाममा आफ्ना मालहरूको थुप्रो लगाउँछन् । (यसलाई अङ्ग्रेजीमा डम्पिङ (म्गmउष्लन) भन्दछन् । उनीहरूले सस्तोमा माल बेचेर अरु देशका बजारबाट आफ्ना प्रतिद्वन्द्वहरूलाई भगाउँछन्, तर यस कामको बोझ आफ्ना देशका मजदुरहरूमा पर्दछ । सस्तो माल तयार पार्नका लागि मजदुरहरूको शोषण अरु झन् बढाउँछन् ।
यस्तो किसिमको विश्वको आर्थिक विभाजनमा एकाधिकारीहरूको सहायता सम्बन्धित देशका पुँजीवादी सरकारहरूले गर्दछन् । आफ्नो देशका पुँजीपतिलाई सुरक्षित राख्न सरकारले अरु देशबाट आयात गर्दा भन्सार कर बढाउँछ र निर्यात गर्दा कम गराउँछ । त्यसैले आयात करलाई संरक्षात्मक कर भनिन्छ । जुन देशहरूले यात करहरूमास कमी गरी विदेशी पुँजीपतिहरूलाई सहुलियत दिन्छन्, ती देशका पुँजीपतिहरू टिक्न सक्दैन् । यसो गर्नुको उद्दश्य ती देशहरूका सरकार माल पठाउने सरकारको दबाबमा झुकेका हुन्छन् र त्यहाँ आर्थिक उपनिवेश कायम गरिएको हुन्छ ।
एकाधिकारवादीहरूका बीच विश्वको आर्थिक बाँडफाँड गर्नका लागि क्षेत्रीय विभाजन पनि आवश्यक हुन्छ । यस्तो किसिमको आर्थिक बाँडफाँड गरी एकाधिकारी पुँजीको विकासका लागि उपनिवेशहरूको आवश्यकता पर्छ र उपनिवेशका लागि युद्ध अनिवार्य हुन्छ । युद्ध र एकाधिकारी पुँजीको घनिष्ठ सम्बन्ध छ । युद्धको तयारीबाट एकाधिकारीहरूलाई फाइदा हुन्छ । युद्धका बेला मजदुरलाई खुलेआम लुट्ने मौका पाउँछन् । सरकारवले मजदुर आन्दोलनमा बन्देज लगाइदिन्छ राष्ट्रवादको नाउँमा एकाधिकारी पुँजीपतिलाई शोषण गर्न खुला छुट दिइन्छ ।
प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध यसैको फल हो । एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका देशहरूमा ब्रिटिस, फ्रान्स, स्पेन, पोर्चुगल इत्यादि देशहरूका एकाधिकारी साम्राज्यवादीहरूले कब्जा जमाएका थिए । जर्मन, जापान, इटाली जस्ता देशहरूमा एकाधिकारी पुँजीको काफी मात्रामा विकास भइरहेको थियो । उनीहरूलाई पनि आप्ना मालहरू बिक्री गर्न आवश्यक परिसकेको थियो । सम्पूर्ण विश्वमा विभिन्न एकाधिकारीहरूले कब्जा जमाइसकेकाले उनीहरूलाई युद्धसिवाय अरु बाँच्ने उपाय थिएन । फलस्वरूप आप्mनो बजारको लागि उपनिवेश कामयम गर्न युद्धको शुरुवात गरे । प्रथम र द्वितीय विश्वयुद्धको प्रलयकारी आहुतिमा विश्वका जनताले ठूलो धनजन र कष्टको सामना गर्नुपर्यो । एकाधिकारी पुँजी रहुन्जेल विश्वका जनताले शान्तिको कल्पना गर्नु व्यर्थ हो र शान्ति निम्ति एकाधिकारी पुँजी तथा साम्राज्यवादको विनास अनिवार्य छ र त्यो समाजवादी सत्तामा मात्र सम्भव छ ।
साम्राज्यवादी युगमा एकातिर साम्राज्यवादी देशका पुँजीपति वर्ग तथा सर्वहारा श्रमिक वर्गका बीचको अन्तर्विरोध कायम रहन्छ, अर्कोतिर उपनिवेशका जनता र साम्राज्यवादी देशहरूका पुँजीपतिहरूका बीच पनि सङ्घर्ष चल्ने गर्दछ । एकाधिकारी पुँजीवादका सबै अन्तर्विरोधलाई ध्यानमा राखेर लेनिनले भनेका थिए–“साम्राज्यवादीलाई अकन्टक मान्नु हुँदैन । त्यो एउटा क्षणिक बेग हो, जसको पछि समाजवादी क्रान्तिको युग आउँछ । ”
नवउपनिवेशवाद
पहिले साम्राज्यवादी मुलुकहरूले अरु देशहरूलाई ठाडै आक्रमण गरेर कब्जा गरी आफै शासन चलाई त्यो देशलाई शोषण गर्दथे । शोषणको माध्यम कच्चा मालको आयात र तयारी मालको निर्यातको बजार बनाउँथे । दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलनको विकासले उपनिवेशवादी नीति बदनाम भयो । त्यसैले अब साम्राज्यवादको चरित्र बदलिएको छ । यस युगमा साम्राज्यवादले एउटा नयाँ जामा फेरेर आएको छ । उसले सोझै आक्रमण गर्नुवको साटो अप्रत्यक्ष दबाब र आफ्नो औपनिवेशिक योजनालाई कार्यान्वित गर्दछ । सैन्य रुपले आक्रमण नगरी आफ्ना दलालहरूद्वारा आफ्नो राजनीतिक, आर्थिक स्वार्थ पूरा गर्न अप्रत्यक्ष तरिकाहरू अँगाल्ने गर्दछ । नवउपनिवेशवादी नीति पिछडिएका देशमा मात्र लागु हुँदैन, यस नीतिको सिकार विकसित पुँजीवादी देश पनि हुन्छ ।
सोभियत सङ्घको पतनपछि अहिले विश्व एक ध्रुवीय अवस्थामा छ र एक मात्र अमेरिकी साम्राज्यवाद छाडा साँढेजस्तो भएको छ । उसले आफ्नो हैकमभित्र नआउनेलाई कुनै बहाना बनाई, स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देशमा राष्ट्रसङ्घको नीति विपरीत आक्रमण गर्न थालेको छ । तर पनि, अप्रत्यक्ष विरोधसिवाय प्रत्यक्ष विरोधको सामना गर्न कोही तयार देखिएको छैन । यसको शिकार अफगानिस्तान र इरान भएका छन् ।
नवउपनिवेशवादी नीति विकासोन्मुख देशहरूलाई विश्व पुँजीवादी प्रणाली अन्तर्गत राख्ने एउटा प्रयास पनि हो । नवउपनिवेशवादको आर्थिक आधार एकाधिकारी पुँजी र राजकीय एकाधिकारी पुँजीवादी प्रणाली हो । सामाजिक समर्थन प्राप्त गर्ने कोशिश गर्दै नवउपनिवेशवादले विकासोन्मुख देशहरूमा स्थानीय पुँजीपति वर्गसँग सम्झौता गर्छ र सरकारमा प्रतिक्रियावादी तत्त्वहरूलाई उपयोग गर्छ । विकासोन्मुख देशहरूलाई आर्थिक दृष्टिबाट उसको पहिलेको औपनिवेशिक मालिकसँग बाँध्ने कोशिश गर्दै नवउपनिवेशवादले उसलाई कृषि औद्योगिकमा मात्र परिवर्तन गर्ने कोशिश गर्छ र पुँजीवादी सम्बन्ध थोपरिदिन्छ ।
अविकसित देशहरूमा तथाकथित सहायताको रुपमा पुँजीको निर्यात नवउपनिवेशवादी नीतिको मूलभूत अङ्ग हो । नवउपनिवेशवादी ‘सहायता’ ले साम्राज्यवादीहरूले राजनीतिक र आर्थिक उद्देश्य पूरा गर्छन् । यो ‘सहायता’ ले धेरै जसो प्रतिक्रियावादी सरकार कायम राख्नमा खर्च गर्छन् अथवा सैनिक रणनीतिका उद्देश्यका लागि प्रयोग गर्दछन् र बाँकीले यो देशहअरुलाई साम्राज्यवादी एकाधिकारीहरूमा अरु झन् भर पर्ने पारिदिन्छन्, जसले गर्दा उनीहरूका शोषण कायम रहोस् ।
नवउपपिनवेशवादको अर्को विशेषता के हो भने अन्तर्रााष्ट्रिय आर्थिक सङ्गठन (अन्तरराज्यीय पुनर्निर्माण र विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष आदि) कायम गर्ने र मुक्त देशहरूलाई साझा मेसिन जस्तो अन्तरराज्यीय आर्थिक सङ्घहरूमा सामेल गर्नमा साम्राज्यवादी देशहरूको संयुक्त कारवाही हो ।
राजकीय एकाधिकारी पुँजी र राजकीय पुँजीवाद
पुँजीवादी सरकारले पनि केही उद्योगधन्दा राष्ट्रियकरण गरेको जस्तो देखाउँछ । यसबाट केही मानिसहरू भ्रममा पर्छन् । केही राष्ट्रियकरण गरेको देखाउँदैमा समाजवादको नाम दिन मिल्दैन, वास्तवमा यो राजकीय पुँजीवाद हो । केही उद्योगहरूको राष्ट्रियकरण गर्दैमा एकाधिकारी पुँजी खतम हुँदैन, बरु एकाधिकारी पुँजीमा राजकीय पुँजी मिलाइन्छ अनि पुँजीवादी सरकारले जनतासँग उठाएको कर एकाधिकारी पुँजीको हितमा खर्च गर्छ ।
राष्ट्रिय उद्योगहरू सरकारले एकाधिकारी पुँजीपतिलाई ठेक्कामा दिन्छ र ती उद्योगहरू राम्रोसँग चले भने सुविधाजनक मूल्यमा एकाधिकारी पुँजीपतिलाई नै बिक्री गरिदिन्छ । भनाईको मतलव के हो भने जुन उद्योगधन्दा लाभदायक छैनन, जसलाई एकाधिकारवादले चलाउजन नसक्ने स्थितिमा हुन्छ, त्यसलाई सरकारले लिन्छ, जुन उद्योगधन्दा लाभदायक छैन, त्यसलाई सरकारले लिन्छ । त्यसले गर्दा एकाधिकारी पुँजीपति घाटाबाट बँच्दछ । राष्ट्रियकरण गरेर फेरि फिर्ता पनि दिन सक्छ ।
पुँजीवादी देशहरूमा त्यहाँको राजसत्ता एकाधिकारी पुँजीपतिको हातमा हुन्छ र उसले सरकारबाट सहायता पाउँछ । त्यसैले उनीहरूसित विशाल पुँजी र सरकार दुवै शक्ति हातमा हुन्छ । मध्यम र निम्न पुँजीपति खस्कँदै जान्छन् र आखिरमा एकाधिकार पुँजीसँग सङ्घर्ष गर्न बाध्य हुन्छन् । यस परिस्थितिमा उनीहरूसँग मजदुर वर्गको संयुक्त मोर्चाको सम्भावना पैदा हुन्छ ।
राजकीय पुँजीवादलाई समाजवादको सत्ता दिन सकिदैन । किनभने समाजवादी व्यवस्थाको जन्म पुँजीवादी व्यवस्था अन्तर्गत हुँदैन । समाजवादको लागि सबभन्दा मुख्य कुरा हो मजदुर वर्गको सरकार र सर्वहारा वर्गको अधिनायकत्वको आवश्यकता । समाजवादी सोभियत रूसमा सत्तामा संशोधनवादको प्रवेश, जुन सारत: पुँजीवाद नै हो, यसले राजकीय पुँजीवादको विकास गर्यो र अन्त्यमा समाजवादी व्यवस्थालाई नै ढालेर आज यो गतिमा पुग्नुपर्यो ।
अविकसित देशका सरकारले आर्थिक व्यवस्थाको निर्माणको लागि राजकीय पुँजीवाद अँगालेका हुन्छन् । पुँजीवादी सरकारहरूले देशका सामन्ती तत्त्वहरूसँग सम्झौता गर्न कोशिश गर्छन् र विदेशी एकाधिकारी पुँजीपतिहरूसँग साँठगाँठ गर्दछन् अथवा देश र विदेशका पुँजीपतिहरूलाई मिलाएर संयुक्त उद्योग चलाउने अनुमति दिन्छन् । यो प्रवृत्ति खतरनाक हुन्छ र राजकीय पुँजीवादको प्रगतिशील पक्षलाई खत्तम पार्छ । यसको मुल नीति जनसङ्गठनहरू र जनआन्दोलनहरूमा खासगरी कम्युनिस्टहरूमाथि प्रहार गर्ने नीति हो ।
समाजवाद र पुँजीवादबीचको अन्तर
मानवसमाजमा हुने असमानता तथा समाजमा चलिरहने वर्गविरोधका पछाडि केही कारणहरू हुन्छन् । यसको कारण हो–उत्पादनका साधनमा व्यक्तिगत स्वामित्व । पुँजीवादी समाजले जन्माएको घोर असमानता, स्वतन्त्रता र भ्रातृत्व कायम गर्ने काम समाजवाद र साम्यवादले मात्र गर्छ । समाजवाद साम्यवादको पहिलो चरण हो । निजी स्वामित्वको उल्टो समाजवादी समाजको विशिष्टता हो– उत्पादनका साधनहरूमा सामाजिक स्वामित्व । यस समाजमा कसैले अरुको श्रमको शोषण गर्न पाउँदैन ।
समाजवादी समाजमा सबैले आफ्ना लागि र समाजका लागि काम गर्दछन् । श्रमजीवीहरूको आवश्यकताको पूर्ति सामाजिक उत्पादनको प्रेरक शक्ति बन्छ । यस आधारमा समाजका सबै सदस्यहरूको आर्थिक हितहरूको एकता कायम हुन्छ । यसमा धनी र गरिब मानिसमा समाजमा कुनै विभाजन हुँदैन र उनीहरू सामूहिक रुपमा मालिक हुन्छन् । कसैले कसैको शोषण गर्न पाउँदैन ।
कुनै पनि समाजमा उत्पादन गर्नुको मतलव मानिसहरूको आवश्यकता पूर्ति गर्नु हो । तर वर्गीय समाजमा उत्पादनकावे मुख्य उद्देश्य धनी वर्गतथा शासकवर्गको हितलाई पूरा गर्नु हुन्छ । पुँजीवादमा पुँजीपतिको उद्देश्य जतिसक्यो धेरै नाफा बटुल्नु हो र श्रमजीवीको शोषण गर्नु हो । समाजवादले समाजका सबै सदस्यको कल्याण र सर्वतोमुखी विकासलाई सुनिश्चित बनाउँछ । त्यसकारण यसमा वर्गविरोध कम हुँदै जान्छ ।
पुँजीवादको उल्टो समाजवादमा मालको सम्बन्ध उत्पादनका साधनहरूको निजी स्वामित्वमा होइन, सामाजिक स्वामित्वमा आधारित हून्छ । समाजवादी समाजमा उद्योगधन्दा समाजवादी उद्योगधन्दा हुन्छ । यसमा मालको सम्बन्ध पुँजीवादमा अन्तर्निहित विरोधबाट मुक्त हुन्छ र अरु मानिसको श्रमको शोषण बन्न जाँदैन । माल मुद्राको सम्बन्ध समाजवादी उत्पादन सम्बन्धहरूको ठोस अभिव्यक्ति हो, जसले मानिसहरूको आवश्यकताको वृद्धिलाई पुर्तिका लागि योजना अनुसार विकसित पार्दै लैजान्छ ।
समाजवादमा पनि प्रत्येक मालको एउटा उपयोग मूल्य र अर्को उत्पादन मूल्य हुन्छ । उपयोग मूल्य भनेको कुनै मालको विशिष्ट गुण हो, जसबाट मानिसको खास आवश्यकता पूरा हुन्छ । तर पुँजीवादी समाजभन्दा विलकुलै भिन्न हुन्छ । पुँजीपतिले केही उपयोग मूल्यहरूको उत्पादन के कारणले गर्छ भने त्यसमा मूल्य र अतिरिक्त मूल्य हुन्छ । आखिरमा उपयोगमूल्य नभई मूल्यको अस्तित्त्व हुन सक्दैन ।
सबैलाई थाहा भएकै कुरा हो, मूल मालमा भएको माल उत्पादकहरूको अमूर्त श्रम हो । पुँजीवादको विपरीत समाजवादी उद्योगहरूमा उत्पादन भएका मालहरूको मूल्य, मालहरूमा भएका मजदुरहरूको श्रम हो । यो स्वतन्त्र श्रम हो । मजदुरको हित उसको आप्mनो समाजको हित निम्तिको श्रम हो । समाजवादमा मूल्यको परिमाण मालको उत्पादनमा खर्च भएको श्रमको मात्राद्वारा निर्धारित हुन्छ । श्रमको मात्रा यसको अवधि अथवा श्रमकालद्वारा नापिन्छ ।
समाजवादको मुद्रा पुँजीवादी समाजको मुद्राभन्दा बिलकुल बेग्लै हुन्छ । पुँजीवादी समाजमा यसको उपयोग शोषणको एउटा साधनका रुपमा गरिन्छ । समाजवादमा मुद्रा पुँजी बन्न सक्दैन किन भने यस समाजमा कुनै पनि व्यक्तिले मजदुरको शोषण गर्नका लागि मजदुरलाई काम लगाउन सक्दैन । त्यस्तै मूल्यको नियमका बारेमा पनि व्यक्तिगत मूल्यका आधारमा होइन, सामाजिक मूल्यका आधारमा निर्धारित गरिन्छ । मूल्यहरूको नियोजनमा पूर्ति र मागलाई पनि ध्यानमा राखिन्छ र योजनाअनुुसार उत्पादन गरिन्छ त्यसैले पुँजीवादमा जस्तो आर्थिक सङ्कट आउन पाउँदैन ।
समाजवाद साम्यवादको पहिलो चरण हो । यसमा सम्पूर्ण रुपमा अन्तर्विरोध खतम हुँदैन, केही असमानता पनि कायमै रहन्छ । श्रमप्रति पनि मानिसहरूको पुरानो दृष्टिकोण अवशेषका रुपमा बाँकी नै रहन्छ । पुराना संस्कृतिहरू मासिइसकेका हुँदैनन् । मानिस अझै पनि श्रमलाई सुखसुविधा खोज्ने साधन मान्दछन् । त्यसैले यसलाई विकास हुन नदिन हमेसा ध्यान र सतर्कता अङ्गालिरहनुपर्छ । श्रम अझै मानिसको स्वाभाविक गुण बन्न जाँदैन । त्यसकारण प्रोत्साहन दिइरहनुपर्छ । पुराना संस्कृतिका विरुद्ध लडिरहनुपर्छ । यस्तो गर्नाले श्रमप्रति एउटा नयाँ दृष्टिकोण विकसित हुँदै जान्छ । श्रमलाई हेलाको दृष्टिले होइन, आदरको दृष्टिले हेरिन्छ । यसमा श्रम पुरस्कार पाउने आशाले गरिंदैन र सबैको हितका लागि काम गर्ने सचेत अनुभूति पैदा हुँदै जान्छ । त्यसकारण साम्यवादको पहिलो चरण समाजवादको सिद्धान्त हो –“हरेकले योजना अनुसार काम र उसको श्रम अनुसारको दाम । ”
समाजवादी समाज व्यक्तिले व्यक्तिको शोषण गर्ने माध्यम बन्दैन र वर्गविरोधहरू क्रमश: मसाङ्ग्रिँदै जान्छन् । प्रचुर मात्रामा उत्पादनको विकास हुन्छ र अन्तर्विरोध पूर्ण रुपमा समाप्त हुन्छ । भनिन्छ मानिसका अन्तर्विरोधहरू प्रकृति र समाजका बीच मात्र हुन्छन्, किनभने मानिसले आवश्यकता पूर्तिका लागि उत्पादनका चीजहरू प्रकृतिबाटै लिनुपर्छ । अनि उत्पादक शक्तिहरूको उच्च स्तर, भौतिक सम्पत्ति र सेवासुविधाहरू प्रशस्त हुन्छन् । श्रमप्रति मानिसहरूको कम्युनिस्ट दृष्टिकोण विकास भएपछि “हरेकबाट योग्यता अनुसारको काम, हरेकलाई आवश्यकता अनुसारको माम” को सिद्धान्तमा सङ्क्रमण बनाउँछ । एक दिन यस्तो पनि आउँछ, विश्व साम्यवादी व्यवस्थामा माल र मुद्रा लोप हुन्छ र मानिस मानिसमा प्रेम र सद्भाव विकास भई मानिसको नयाँ संसारको सपना साकार हुन्छ । क्रमश: