काठमाडौ, ३ पुष । चीनको उत्तरपश्चिमी गान्सु प्रान्त र छिङहाइ प्रान्तमा ६ म्याग्निच्युडको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु र २०० बढी घाइते भएको चीनी समाचार माध्यम सिन्हाले जनाएको छ ।
सिन्ह्वाका अनुसार गान्सुको जिशिशान काउन्टीमा गएको शक्तिशाली भूकम्पका कारण गान्सुमा ९६ र छिन्घाइमा १२४ जनाभन्दा बढी घाइते भएका छन् ।
सोमबार राति ११ बजेर ५९ मिनेटमा १० किलोमिटर गहिराइमा भूकम्प गएको युएसजीएसले जनाएको छ । प्रारम्भिक रूपमा ६ म्याग्निच्युडको भूकम्प गएको देखाइएको छ ।
भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।
उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको समाचारमा उल्लेख छ।