झलनाथ खनाल बुद्ध दर्शनको परीक्षा दिँदै

पौष ६, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले बुद्ध दर्शनमा एम.ए.को परीक्षा दिँदै छन । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको विश्व शान्ति विहार कलेज बानेश्वरबाट उनले परीक्षा दिदै छन् ।

परीक्षा दिएकोमा उत्साहित हुँदै नेता खनालले हाँक टुडेसित भने, “नेपालमा वाम खेमामा वुद्ध दर्शनको अध्ययन अत्यन्त कम भएकोछ । गोपी गुरुले अध्ययन गर्नु भएकोछ । बौद्ध दर्शनमा अत्यन्त कम अध्ययन भयो । राजावादीहरुले नेपालको इतिहास राजतन्त्रबाट सुरु भएको हो भनेर गलत कुरा पढाए । नेपालको इतिहास गणतन्त्रबाट सुरु भएको हो । बुद्ध दर्शनले हामीलाई नेपालको इतिहासको यथार्थता बोध गराउँछ ।”

खनालले भने, “विद्यार्थी बनेर पढ्दा अध्ययनमा नियमितता हुन्छ । पढ्नु भएर पढ्नुको फाइदा यो हो ।पढ्ने भनेको ज्ञान प्राप्त गर्न हो । ज्ञान प्राप्त गर्ने कुरा कहिलै पनि पूरा हुँदैन । “

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित