मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला सम्पन्न

कपिलवस्तु, पौष ७ । राष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला २०८० पौष ७ गते कपिलवस्तुको जितपुरमा सम्पन्न भयो । कार्यक्रम संचालन प्रमोध धितालले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पी.बी.एम. सदस्य सल्मान खानले गर्नु भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिलसाद अहमद खानले स्वागत गर्नु भएको थियो ।

ब्यानरमा लिखित अक्षरहरुको वाचन गरी नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिब सन्त बहादुर नेपालीले भेलाको उद्घाटन गर्नु भएको थियो । नेपालीले देशको रक्षाका निम्ति देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरुको मोर्चा जरुरी भएको स्पष्ट पार्नुभएको थियाे ।

 

भेलालाई शुभकामना राख्नु हुने मार्क्सवादी बिचार मंचका केन्द्रीय सचिब बिन बहादुर कुवँरले यो मोर्चाको लक्ष र आजको देशको बस्तुगत अबस्थालाई अध्ययन गरेर आफ्नो तर्फ़बाट सम्पूर्ण रूपमा साथ सहयोग रहने बताउनु भयो। आज पनि हाम्रो देशमा सामन्तवाद दलाल पूँजीवाद नौकरशाही ब्यवस्थाको अन्त्यको लागि अब एक हुने समय आयो । नेपाली जनतामा एउटा भ्रम छरिएको छ त्यो हो नेपालमा जनवादी क्रान्ति सम्पन्न भै सक्यो भनेर एमाले, समाजवादी, माके, बिप्लवहरूको काम रहेको छ यो भ्रमबाट नेपाली बामपन्थी र नेपाली जनता भ्रममुक्त हुनु पर्छ भन्नु भयो ।

अर्का बक्ता नेकपा मशालका पी.बी.एम. सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख कृष्ण पौडेलले देशमा ६५-७०% वामपन्थी जनमत भएको मूलुकमा साम्राज्यवादी र सामन्त नौकर शाही, दलाल पूँजीवादी शक्तिको हालीमुहाली भएको छ। अब हामी साना साना दलमा सीमित रहेर जनताको अधिकार सुरक्षित हुने छैनन त्यसैले देश भित्र रहेका सम्पूर्ण प्रजातन्त्रवादी, जनवादी, देशभक्त, रास्ट्रवादी, प्रगतिशील, किसान, मजदूर एक भएर प्रतिगामी शक्ति तथा प्रतिक्रियावादी दलाल नोकरशाही दलाल पूजीवादी ब्यबस्थाको बिकल्प खोज्नु पर्ने अबस्था आयो। त्यसैले हाम्रो यो मोर्चालाई अझ व्यापक बनाउँदै यथास्थितिलाई चिरेर जनवादी ब्यवस्थाको बाटोमा अघि बढ़ौ भन्नु भयो।

क्रान्तिकारी मोर्चाले बन्द भएका उद्योग कलकारखाना पुनसुचारू गरी देश मैं रोजगारीको ब्यबस्था गर्नु पर्ने, कृषिमा आधुनिकीकरण गर्नु पर्ने, उत्पादनमा ब्यापक वृद्धि गराउन सरकारको ध्यानआकर्षण गराई हाम्रो तर्फ़बाट पनि गाउँगाउँमा किसानका समस्याबारे सचेतना जगाउने काम गर्ने छ । बिदेशी शक्तिले हाम्रो देशमा हाम्रो भाषा भेष संस्कृति माथि व्यापक हमला भएकोले सशक्त आन्दोलनको खाँचो भएको वक्ताहरूले स्पष्ट पार्न भएको थियो ।

कार्यक्रममा मोर्चाको तर्फ़बाट प्रमोद धितालले क्रान्तिकारी मोर्चाको कार्यदिशा पढ़ेर सुनाउनु भएको थियो ।

भेलाले प्रमोद धितालको संयोजकत्वमा १३ सदस्य प्रदेश समिति गठन गरेको छ। जसमा सदस्यहरू दीपक पौडेल, मेघराज भट्टराई, बिमला सापकोटा, बी शंकर, कृष्ण केसी, सल्मान खान, खल्लू चौधरी, दिलशाद खान र अमृत बिक रहनु भएको छ भने दुई स्थान रिक्त राखिएको छ । – मेघराज भट्टराई, कपिलवस्तु

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित